वैद्य समूह आपराधिक कार्यमा
२८ कार्तिक २०७०
•
१३ मिनेट पाठ
वैद्य समूह आपराधिक कार्यमा
काठमाडौं— खिलराज रेग्मी सरकार र सुरक्षा संयन्त्रले जनतालाई बम हानेर घाइते बनाउने र निर्वाचनपूर्व त्रास फैलाउने काम अरू कसैले नभएर नेकपा–माओवादी (वैद्य समूह) ले गरेको र यस्तो आपराधिक कार्य गर्नेलाई कडा कारबाही गर्ने बताएका छन्।मन्त्रिपरिषद अध्यक्ष रेग्मीसहित बिहीबार बसेको सुरक्षा बैठकले पछिल्लो समय बन्दका नाममा 'विस्फोटक पदार्थ प्रहार गर्नेलगायत कार्य आपराधिक प्रकृतिको भएको र ती बन्दकर्ताबाटै गरिएको' निष्कर्ष निकालेको छ । हिंसालाई कडा शब्दमा निन्दा गर्दै अध्यक्ष रेग्मीको निजी सचिवालयले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ भने नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर बन्दमा भएका 'आतंककारी घटनामा' वैद्य समूह नै संलग्न रहेको बताएको छ ।




प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार भएको बैठकले 'बन्दकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गर्छु भनी दाबी गरे पनि आमजनसमुदायले बन्दको स्वस्फूर्त अवज्ञा गरेपछि उनीहरूलाई नै लक्ष्य गरी विस्फोटक पदार्थ प्रहार गर्ने आपराधिक कार्य गरेकाले भ्रममा नपर्न' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

संविधानसभा निर्वाचन बहिष्कार गर्ने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायत ३३ दलले बन्द आह्वान गरेका हुन् ।

'हिंसात्मक क्रियाकलापमार्फत शान्ति र सुव्यवस्थालाई प्रभावित पार्ने कार्यको कानुनी दायित्व अन्यथा प्रमाणित नभएसम्म बन्द आह्वान गर्ने समूहको नै हुनेछ,' मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बिहीबार बेलुकी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्द क्रममा हिंसात्मक घटनाहरू आफ्नो समूहले नगरेको भनी बन्दकर्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसामु दाबी गरे पनि त्यस्तो भ्रममा कोही नरहेको बैठकको विश्लेषण रहेको विज्ञप्तिमा छ ।

आसन्न संविधानसभा निर्वाचनलाई अवरोध पु¥याउन उद्यत बहिष्कारवादी समूहले गरेको कार्य राजनीतिक चरित्रको नभई विशुद्ध आपराधिक प्रकृतिको भएको निष्कर्ष निकाल्दै बैठकले 'यसप्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने' निर्णय लिएको छ ।

सरकारले बन्द आह्वान गर्ने समूहका क्रियाकलापलाई सूक्ष्म निगरानी गरेको र त्यस क्रममा आपराधिक कार्य गर्न आदेश दिनेलाई समेत कानुनी कारबाही गर्ने विज्ञप्तिमा जनाइएको छ ।

रेग्मीले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाप्रति संवेदनशील हुँदै समग्र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन र हिंसात्मक कार्य नियन्त्रण गर्न सबै सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन् । उनले बन्दकर्ता समूहबाट भएका हिंसात्मक घटनाबाट कत्ति विचलित नभई धैर्य, संयम र आत्मविश्वाससाथ निर्वाचन कार्यक्रममा अग्रसर हुन सबैलाई आह्वान गरेका छन् ।

'मुलुकलाई शान्ति, स्थायित्व र विकासको पथमा अघि बढाउने निर्विकल्प माध्यमका रूपमा रहेको संविधानसभा निर्वाचन कार्यक्रम बहिष्कार गर्दै आह्वान गरेको भनिएको हडतालको आम जनसमुदायबाट भएको स्वस्फूर्त अवज्ञाबाट विक्षिप्त भई उद्योगी, व्यवसायीलगायत आम जनसमुदायविरोधी, गैरकानुनी क्रियाकलाप भएको' सुरक्षा बैठकको निष्कर्ष छ ।

बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, मुख्य सचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरवशमशेर राणा, गृहसचिव जनार्दन नेपाल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ, कार्यबाहक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत सुरक्षासँग सम्बद्ध अधिकारी थिए ।

यसैबीच, नेपाल प्रहरीले 'नक्कली बम राखेर आतंक फैलाउने र यात्रुबाहक सवारी साधनमा पेट्रोलबम हान्ने कार्यमा नेकपा–माओवादी र उसँग आबद्ध ३३ दल संलग्न रहेको' ठोकुवा गरेको छ ।

प्रहरी र गृह मन्त्रालयले बन्दबारे जानकारी दिन बिहीबार छुट्टाछुट्टै गरेको पत्रकार सम्मेलनमा कात्तिक २४ यताको सुरक्षा अवस्था र बन्दकर्ताको गतिविधि सार्वजनिक गरिएको हो ।

पक्राउ परेका अभियुक्त, उनीहरूबाट फेला परेका सामग्री र उनीहरूले अभियोग स्वीकार गरेको बयानसहित बिहीबार बिहान ११ बजे महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित प्रहरीले नक्कली बम राखेर त्रास फैलाउने काममा 'अज्ञात समूह नभई संविधानसभा निर्वाचनको विपक्षमा उभिएको नेकपा–माओवादी र उसँग जोडिएका ३३ दल संलग्न रहेको' ठोकुवा गरे ।

आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले 'अज्ञात समूह' भन्ने शब्द प्रयोग नगरी 'वैद्य समूह' लेख्न आग्रह गर्दै भने, 'नक्कली बम राखेर त्रास फैलाउने र पेट्रोल बम हान्ने अज्ञात समूह होइन, वैद्य समूह हो । म सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा वैद्य समूह लेख्न आग्रह गर्छु ।'

बिहीबारै बेलुकी साढे ४ बजे गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता शंकर कोइरालाले बन्द क्रममा देशभर परेको प्रभाव र सुरक्षा अवस्थाबारे सञ्चारकर्मीलाई जानकारी दिए पनि त्रास फैलाउने अज्ञात समूहबारे प्रस्ट खुलाएनन् ।

अज्ञात समूहबारे सञ्चारकर्मीले पटकपटक सोधेको जिज्ञासामा उनी 'अनुसन्धान जारी रहेको' भन्दै पन्छिए । प्रहरीले भने बन्द क्रममा भएका गतिविधिमा नेकपा–माओवादी नेतृत्वको ३३ दलको संलग्नताको प्रमाणसमेत सार्वजनिक गरेको थियो । प्रहरीले 'चक्काजामका आयोजकहरू बिस्तारै आतंककारी गतिविधितिर सक्रिय भएको' टिप्पणीसमेत गरेको थियो ।

आयुक्त कार्यालयका अनुसार चार दिन अवधिमा काठमाडौं, ललितपुर र भक्तपुरमा ४२ वटा शंकास्पद वस्तु फेला परेका थिए । नेपाली सेनाको बमनिरोधक टोलीले 'डिस्पोज' गर्ने क्रममा सबै नक्कली रहेको देखियो ।

बिहीबारै कीर्तिपुर, नेपालटार र खुमलटारमा शंकास्पद वस्तु फेला परेको थियो । कीर्तिपुरको प्रवेशद्वारनजिकै राखिएको कालो झोला डिस्पोज गर्दा ब्यागमा टेपले बाँधिएको पेट्रोलबम, नेपालटारमा फेला परेको शंकास्पद झोलाको सिसामा पेट्रोलबम र खुमलटारमा कागजमा 'खतरा' लेखेर राखिएको शंकास्पद सामग्रीमा केही फेला नपरेको प्रहरीले जनाएको छ ।

एसएसपी पालका अनुसार कात्तिक २४ देखि २८ सम्म पक्राउ परेकामध्ये चारजना नक्कली बम राख्नेहरू नै छन् । उनीहरूलाई सार्वजनिक अपराधमा हिरासतमा राखेर कारबाही अघि बढाइएको छ । कारबाही प्रक्रियामा रहेका अन्य २६ जनाको बयानबाट समेत उपत्यकामा भइरहेका घटनामा वैद्य समूहको संलग्नता पुष्टि भएको उनले जानकारी दिए ।

पक्राउ परेकामध्ये नेकपा–माओवादी नेवा राज्य समितिका दुई सदस्य अर्जुन रम्तेल र सुरेन्द्र महर्जनको बयानसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । उनीहरूले 'पार्टीले आह्वान गरेको बन्द अवज्ञा गरिएकाले ट्याक्सी फुटाएको, पार्टीको नीतिअनुसारै त्यस्तो काम गरेको र आफूहरूलाई नेकपा–माओवादीका केन्द्रीय सदस्य पवनमान श्रेष्ठले निर्देशन दिने गरेको' बताएका थिए ।

प्रहरीको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुबोध घिमिरेले आन्दोलनमा रहेका समूहको गतिविधि बिस्तारै अपराधभन्दा (आतंककारी कार्य) माथि उठेको विश्लेषण गरे । नौजना घाइते हुनेगरी बुधबार सामाखुसीमा गुडिरहेको माइक्रोबसमा भएको पेट्रोलबम आक्रमण 'आतंककारी गतिविधिको परिभाषामा पर्ने' उनले बताए ।

चक्काजामका आयोजकहरू यसअघिका आन्दोलनकारीभन्दा भिन्न रूपमा छापामार शैलीमा सक्रिय रहेको उल्लेख गर्दै उनले प्रहरीले समेत बुधबारदेखि आफ्नो कार्यशैली संशोधन गरी इन्टेलिजेन्समा आधारित अप्रेसन सुरु गरेको जानकारी दिए ।

'हामी अहिले त्यति एग्रेसिभ भएका छैनौं,' उनले पत्रकार सम्मेनलमा भने, 'आन्दोलनकर्ताहरू यसैगरी अगाडि बढ्ने हो भने सुरक्षाकर्मीले पनि त्यहीअनुसारको व्यवहार गर्छ ।' घिमिरेले बन्दमा क्षति पु¥याउन अपनाइएको छापामार शैलीमा पूर्वलडाकुहरूसमेत संलग्न रहेको जानकारी दिए ।

'अमानवीय र आतंकारी गतिविधि गराउने दलका नेताहरू भने खुल्लै छन् नि' भन्ने जिज्ञासामा घिमिरेको जवाफ थियो, 'प्रहरी प्रमाणसहित जान्छ, आपराधिक गतिविधिमा संलग्न कसैलाई कानुनले छाड्दैन ।'

उता, गृह प्रवक्ता कोइरालाले सार्वजनिक गरेको तथ्यांकअनुसार चार दिन अवधिमा धनुषा, सप्तरी र जाजरकोटमा आठवटा हतियार र गोली फेला परेका छन् । गोली हानेर एकजनाको हत्या गरिएको छ भने एकजना घाइते छन् । २० स्थानमा मतदाता शिक्षा सामग्री लुटिएको, ३१ आगजनी र तोडफोड, १० स्थानमा पेट्रोल बम प्रहार, १२ ठाउँमा विस्फोट र ३८ स्थानमा विस्फोटक पदार्थ फेला परेको उनले जानकारी दिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस