माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै सबै सदस्यहरुलाई बैठक नजान आग्रह गरेका हुन् ।
‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ’, उनले विज्ञप्तिमा भनेका छन्।
अध्यक्ष प्रचण्डले सरकारसँग बैठक स्थगित गर्न आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने भएकोले सो बैठक सहभागी नहुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बोलाएका छन् । प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान सदस्यहरुलाई अपील गरिसकेका छन्।