ओली तेस्रोपटक प्रधानमन्त्री: गठबन्धन सरकारको प्रयास विफल
३१ वैशाख २०७८
•
५ मिनेट पाठ
ओली तेस्रोपटक प्रधानमन्त्री: गठबन्धन सरकारको प्रयास विफल
गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकार गठनका लागि पहल गरेका थिए। तर सत्ता गठबन्धनका लागि निर्णायक जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष वैकल्पिक सरकार गठनका लागि तयार नहुँदा राष्ट्रपतिले दिएको समयभित्र संयुक्त सरकार गठन हुन नसकेको हो।




बिहीबार राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिएकी थिइन्। तोकिएको समयमा दलहरूले दाबी प्रस्तुत गर्न नसकेपछि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए। तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त ओलीले शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको सपथ लिने तय भएको भट्टराईले बताए।  

तोकिएको समयमा गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि दाबी नपरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री बनेका ओली २०७४ को आम निर्वाचनपछि सोही सालको फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। दुवै पटक माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले सोही दलले समर्थन फिर्ता लिएपछि वैशाख २७ गते  संसद्मा विश्वासको मत गुमाएका थिए।

ओली नेतृत्वको सरकार विस्थापित गर्न एमालेकै नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका थिए। उनीहरूको प्रयास असफल भएको छ। दुई पार्टी एकीकरण भएर बनेको नेकपा अस्तित्वमा हुँदैदेखि ओलीलाई पदबाट हटाउन नेपाल र दाहाल सक्रिय भएका थिए। यही कारण एकीकरणको तीन वर्ष नबित्दै नेकपा फुट्न पुगेको थियो। अदालतले एकीकरणलाई रद्द गरेपछि साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिन पुगेका थिए।  

दाहाल र नेपालले असहयोग गरेपछि त्यसैलाई कारण देखाएर ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए, जसलाई पछि सर्वोच्च अदालतले बदर गरेको थियो। प्रतिनिधिसभा पुनस्र्थापित भएपछि पनि ओलीलाई विस्थापित गर्ने प्रयास जारी रह्यो। यसै बीच ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका थिए। नेता नेपालसहित एमालेकै २८ सांसद अनुपस्थित हुनुका साथै माओवादीले पनि समर्थन नदिंदा ओलीले विश्वास गुमाएका थिए। त्यसपछि पनि विकल्प दिन नसक्दा यति बेला ओली अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका हुन्। कम्युनिस्ट पार्टीबाट तीनपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन्। ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुअघि राष्ट्रपति कार्यालयले साँझ ९ बजेसम्म धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी नपरेको जनाएको थियो।  

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गरेको भए पनि जसपाभित्रको विवादले परिणाम निस्कन दिएन। जसपाभित्रको विवादका कारण संसद्मा बहुमत नपुग्ने स्पष्ट भएपछि कांग्रेस पदाधिकारी र माओवादी स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको दाबी गर्न नजाने निर्णय गरेका हुन्। जसपाका उपेन्द्र यादवसहितका नेताहरू नयाँ सरकारको पक्षमा उभिए पनि ठाकुरसहितका नेताले असहमति जनाएसँगै प्रतिनिधिसभामा गठबन्धन सरकारका पक्षमा बहुमत नजुट्ने अवस्था बन्न पुग्यो। एमालेको असन्तुष्ट पक्षबाट पनि अपेक्षित सहयोग नपाउँदा कांग्रेस–माओवादी प्रयास सार्थक बन्न सकेन।

राष्ट्रपतिले दिएको समयभित्र आफ्नो पक्षमा बहुमत साबित गरेर प्रधानमन्त्री दाबी गर्न एमाले अध्यक्ष ओलीले पनि प्रयास गरेका थिए। पार्टीभित्रको विवाद केही मत्थर बनाएपछि बिहीबार साँझ उनले जसपा अध्यक्ष ठाकुरलाई बालुवाटार बोलाएर उक्त दलको समर्थनमा संयुक्त सरकार गठनको पहल गरेका थिए। ठाकुरले भने आफ्नो पार्टीभित्र विवाद कायमै रहेको भन्दै समर्थन गर्न अस्वीकार गरेका थिए। कांग्रेस, माओवादीसहितका दलहरूले जसपाका ठाकुरसहितका नेताको समर्थन नभए पनि एमालेको असन्तुष्ट पक्षको समर्थन वा राजीनामाको बलमा नयाँ प्रधानमन्त्री दाबी गर्ने तयारी गरेका थिए। 

नेपाल पक्षका सांसदले राजीनामा वा समर्थन दुवै नगर्ने भएपछि कांग्रेस र माओवादीका नेता नयाँ सरकार गठनको दाबी नगर्ने निष्कर्षमा पुगेका हुन्। बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग ६३ (तिनमा दुईजना निलम्बित) र माओवादी केन्द्रसँग ४९ सांसदमात्र छन्। जसपाका ३४ सांसद (दुई निलम्बित) को समर्थन पाएको भनए कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना थियो। जसपा दुई समूहमा विभाजित बनेपछि ओली निर्विकल्प बन्न पुगे।  

बिहीबार जसपाका अध्यक्ष ठाकुर र नेता महतोले कांग्रेस सभापति देउवालाई भेटी सरकार गठनका लागि सहयोग गर्न नसक्ने बताएका थिए। आफूहरूको सहर्थनबिना प्रधानमन्त्री दाबी गर्न नजान सुझाउँदै उनीहरूले अर्का अध्यक्ष यादव पक्षलाई मात्र साथ लिएर राष्ट्रपतिकोमा गए त्यसलाई अस्वीकार गर्न पत्र पठाइसकेको जानकारी गराएका थिए। ठाकुर र महतोसँगको भेटपछि देउवाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको निकटकालाई बताएका थिए। त्यसलगतै पार्टी पदाधिकारी बैठक बोलाएका देउवाले ठाकुरसहितका नेताहरू वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएका थिए।

ओली नेतृत्वको सरकारले आफ्नो पार्टीका माग पूरा गरिरहेको भन्दै ठाकुरले वैकल्पिक सरकार गठनमा सहयोग गर्न नसकिने बताएको देउवाले बैठकलाई जानकारी गराएका थिए। त्यसअघि कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष दाहालसँग पनि छलफल गरेका थिए। त्यसलगत्तै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार गठनका लागि बहुमत जुट्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस