काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिको बैठकले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची बुझाउने म्याद १ हप्ता थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। यो निर्णयपछि शीर्ष नेताहरु निर्वाचन आयोग जाने कार्यक्रम छ।
बैठकपछि नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भने, 'अब कुनै दल संविधानसभामा आउँदैन कि भन्ने शंकाको निवारण भएको छ।' उनले संविधानसभाको बैठक बस्नुअघि नै महत्वपूर्ण विषयमा सहमति गरेर अगाडि बढ्ने बताए।
'दलबीचमा छलफल चलिरहेकाले भोलीको मिति देखि १ हप्ता म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेका छौं,' तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, 'अन्य विषयमा पनि छलफल जारी छ।'
आइतबार बसेको समितिको बैठकले राजनीतिक समितिलाई निरन्तरता दिने निर्णय गरेको थियो।
निर्वाचनमा 'धाँधली' भएको विषयमा छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एमाओवादीलगायत साना दलको माग राख्दै आएका छन्। छानविन समिति गठन नभए समानुपातिक सूचि नबुझाउने भनिरहेका उनीहरुको मागलाई कांग्रेस–एमालेले अस्वीकार गरेका छन् भने एमाओवादी संसदीय समिति गठन गर्न सकिने विषयमा लचिलो हुँदै गएको छ। आजको बैठकले दलहरु सहमतिको नजिक पुगेको महामन्त्री सिटौलाले जानकारी गराए।