काठमाडौं— सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवामा बहाल रहेका एवं पेन्सन सुविधा पाएर विभिन्न मुलुकको नागरिकता र स्थायी बसोबास अनुमति (पीआर) को हैसियतमा विदेश पलायन भएका कर्मचारीको खोजी थालेको छ। मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै त्यस्ता कर्मचारी आफैँ वा जानकार व्यक्तिहरुलाई विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो।सरकारका मन्त्रालय, आयोग र सचिवालयहरुलाई निर्देशनात्मक सूचना जारी गर्दै सामान्यले कर्मचारीको ताजा विवरण उपलब्ध गराउन भनेको छ। 'मन्त्रालयले आफू अन्तर्गतका कर्मचारीहरुको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा (राजपत्रांकित) मा पठाइ सो को बोधार्थ निजामती किताबखानामा समेत पठाउनु', मन्त्रालयको सूचनामा भनिएको छ। निर्देशन बमोजिम विवरण उपलब्ध नगराउने कर्मचारी एवं निकायलाई कारवाही चेतावनी समेत मन्त्रालयले दिएको छ।
सामान्यले विदेशमा लामो समय बसेर फर्केका, अध्ययन गर्न गएका कर्मचारीहरुको पनि विवरण संकलन थालेको छ।
तीन साता अघि मन्त्रिपरिषद कार्यालयले विदेशको नागरिकता एवं पीआर लिइ विदेश पलायन हुने कर्मचारीप्रति कारवाही प्रक्रिया थालेको थियो। सरकारको निर्णयअनुसार सामान्य प्रशासनले मंगलबार सूचना जारी गरेको हो।