ओली सरकारको भूलैभूलको रवैया
०४ जेष्ठ २०७८
•
६ मिनेट पाठ
ओली सरकारको भूलैभूलको रवैया
प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन। उनले संसद् सदस्यको रूपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन्। गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी।  




संसद्मा उपस्थित भएर बोल्दा संसद् र सांसदको अपमान गर्ने काम पनि धेरै गरेको उनीमाथि आरोप छ। कोरोना भाइरसको विषयमा पनि प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते संसद्मा ‘बोल्दै बेसारपानी खाए कोरोना लाग्दैन’ भन्ने अभिव्यक्ति दिए। उनले नेपालीको ‘इम्युनिटी’ क्षमता बढी भएको बताउँदै नेपालीले कोरोनालाई जित्छन् समेत भने। ‘नेपालीमा प्रतिरोधात्मक क्षमता धेरै राम्रो छ, अरू देशको तुलनामा मृत्यु हुनेको संख्या पनि कम हुनेछ, मृत्यु नहोस् भन्ने कुरामा ध्यान दिएका छौं, उपचारको प्रबन्ध पनि राम्रो छ,’ उनले भनेका थिए। प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो भन्दै प्रश्न गर्दा त्यसको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘भर्खरै सुन्नुभो नि, मैले भनेको।’  

ओलीले नेपाली खानामा बेसार, नुन, जिरा, अदुवालगायत औषधिजन्य समेटिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गरेका थिए। प्रधानमन्त्री जस्तो व्यक्तिले गतवर्षको कोरोनाबाट मृत्यु भएका व्यक्तिलाई अरू रोगले मरेका हुन् भन्ने अभिव्यक्ति दिँदै विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार मरेको भन्नुपरेको समेत बताए। ‘१५ जनाको निधन भएको छ, त्यो कोरोनाकै कारणले मात्र होइन, कतिपय अरू कारणले अत्यन्तै सिकिस्त भएका व्यक्तिमा कोरोना सरेको अथवा बाँच्ने स्थिति नरहेका व्यक्तिमा कोरोना सरेको हो, पहिले उपचाररत रहँदा कोरोना फेला नपरेको र निधनपछि कोरोना संक्रमित फेला परेको खालको स्थिति हो’ भनेर उनले संसद्मा भनेका थिए। 

यस्तो कुरा गर्ने प्रधानमन्त्री ओलीले केही दिनअघि भने आफूले विगतमा भनेको कुरालाई सत्य नभएको स्वीकार गर्नुपर्‍यो। शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो ‘इम्युन सिस्टम’ धेरै ‘स्ट्रङ’ छ। त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन। तर यो तहमा वृद्धि भयो। सामान्य ‘इम्युन सिस्टम’ ले पनि यसलाई ‘रेसिस्ट’ गर्न सक्दो रहेनछ।’  

प्रधानमन्त्रीले यसो भनिरहँदा कतिपयले सामाजिक सञ्जालमा गलत प्रचार गरेकाले कोरोनाबाट मृत्यु हुनेको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन्। सरकारका कामका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएका प्रश्नको जवाफ दिँदा गत वर्षको बर्खे अधिवेशनमा ‘निम्छरा’ शब्द भन्दै उनीहरूले उठाएका कुराको अपमान भएको बताएका थिए। त्यसको संसद्मा विरोध भएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘निम्छरा’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिए पनि अझै त्यो शब्द हटाइएको छैन। ‘यो शब्द त्यतिबेला हट्ला, जब ओली प्रधानमन्त्रीबाट हट्लान्’ भन्ने सबैको विश्लेषण छ। शक्तिको आडमा ओलीले हरेक निकायलाई तर्साइराखेका छन् भन्ने गरिएको छ। संसद्मा प्रधानमन्त्री र सांसदको प्रश्नोत्तर कार्यक्रम निकै अलोकप्रिय हुनपुगेको पनि प्रधानमन्त्री उनीमाथि आरोप छ। 

हुँदाहुँदा सरकारका मन्त्रीले पनि संसद्लाई टेर्न छाडेको संसदीय समितिका सभापतिहरू बताउने गर्छन्। संसद्भित्र ओली पक्षकै सांसद बढी हुँदा नै उनले संसद्लाई अपमान गर्न पुगेको आँकलन छ। संसद् अधिवेशन अन्त्य गर्दा सभामुखसँग सल्लाह हुने गर्दैन। पार्टीभित्रको विवाद हुँदा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन नै गरिदिए। त्यति मात्र कहाँ हो र ? राष्ट्रिय सभाको अधिवेशन १० दिनमै अन्त्य गरिदिए। उनले सांसद सदस्य नै नरहेका डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री बनाए। त्यसपछि फेरि मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएर ‘डिफ्याक्टो’ अर्थमन्त्रीको भूमिकामा उभ्याए। त्यत्तिले पनि नपुगेर उनलाई पुरस्कार स्वरूप अमेरिकाको राजदूत बनाएर पठाएको एमालेकै नेताको भनाइ छ।

ओली सरकारले विश्वासको मत नलिई बजेट पेस गर्न खोजेको हो कि भन्ने आशंका एकातिर देखिएको छ भने यस्तो अवस्थामा विपक्षीहरूले संसद्मा अवरोध गर्नसक्ने पनि देखिन्छ। अध्यादेशबाटै बजेट ल्याउने तयारी भएको पनि अनुमान छ। यसलाई पनि ओली सरकारको भूलैभूलको रवैया भन्दै विश्लेषकहरू टिप्पणी गर्न थालेका छन्।
संसद् विघटन गर्नुअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर तीनजना सदस्य प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्षको निर्णयले संवैधानिक निकायमा ३८ जनाको नियुक्ति गर्दै संसद् विघटनको सात मिनेटअघि संसद्मा सुनुवाइका लागि उनीहरूको नाम पेस गरियो। सर्वोच्चले फागुन ११ गते प्रतिनिधिसभा ब्युँताइदिएपछि मात्र संसद्ले जीवन पायो। सर्वोच्च अदालतले अर्को फैसला फागुन २३ गते गरेको थियो। त्यो फैसलाले नेकपा पार्टी खारेज गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा पुर्‍याइदियो। फागुन २३ गतेपछि ओली सरकार संविधानको धारा ७६(१) बाट धारा ७६(२) मा पुग्यो। संविधानविद्हरूले ओली अर्को धाराबाट प्रधानमन्त्री हुन पुगेकाले एक महिनाभित्र अर्थात् चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बताए।  

‘तर, संसद् अविधेशन फागुन २३ बाट सुरु भयो, विश्वासको मत लिने कुरा त कता हो कता उनी एक दिन पनि संसद्मा उपस्थित भएनन्,’ एकजना संविधानविद्ले भने। उनले आफूखुसी वैशाख २७ गते विश्वासको मत लिए। विश्वासको मत लिनका लागि अधिवेशन नै बोलाइदिए। अधिवेशन चलिरहेको बेला आफूले कुनै दिन विश्वासको मत लिन्छु भन्न पाइने भए पनि ओलीले यहाँ पनि पेलेरै गएको विश्लेषण छ। विश्वासको मत लिनुभन्दा अघि पनि उनले संवैधानिक निकायमा अध्यादेशबाट तीन जनाको निर्णयले पदाधिकारी नियुक्त गरे। बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त पदमा नियुक्ति सिफारिस गरेको छ। वैशाख २७ गते विश्वास गुमाएपछि उनी प्रधानमन्त्रीबाट पदमुक्त भए। माधव नेपाल समूह र जसपाको समर्थन पाउने भएपछि फेरि उनी धारा ७६(३) को प्रधानमन्त्री बनेका छन्।  

प्रधानमन्त्रीको शपथ लिँदा उनले ‘म प्रतिज्ञा गर्छु’ भन्ने पदावली उच्चारण नगरी ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई सिकाएको र राष्ट्रपति हाँसेको कुरा यतिबेला सर्वत्र विरोधको विषय बनेको छ। यस विषयमा अदालतमा रिटसमेत परेको छ। यति मात्र भएको छैन, उनले सांसद सदस्य नभएका व्यक्तिलाई पटकपटक मन्त्री बनाएका छन्। फेरि प्रधानमन्त्री भएको दुई दिन नबित्दै उनले नेतृत्व गरेको मन्त्रिपरिषद्ले निर्देशिका मिचेर राजदूत नियुक्तिको सिफारिस गरेको छ। ११ देशमा राजदूत सिफारिस गरेको सरकारले निर्देशिकाबमोजिम ५० प्रतिशत परराष्ट्र सेवाबाट हुनुपर्नेमा दुईजना मात्र छन्। अन्य ९ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटताका आधारमा सिफारिस गरिएको छ।  

उनले धारा ७६(३) को प्रधानमन्त्रीको रूपमा विश्वासको मत नलिएसम्म उनी नेतृत्वको सरकारका अर्थमन्त्रीले संसद्मा बजेट पेस गर्न पाउनेछैनन्। जेठ १५ गते सरकारले संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था छ। तर, ओली सरकारले विश्वासको मत नलिई बजेट पेस गर्न खोजेको हो कि भन्ने आशंका एकातिर देखिएको छ भने यस्तो अवस्थामा विपक्षीहरूले संसद्मा अवरोध गर्नसक्ने पनि देखिन्छ। त्यसैले ओलीले अध्यादेशबाटै बजेट ल्याउने तयारी गर्न पनि सक्ने अनुमान छ। यसलाई पनि ओली सरकारको भूलैभूलको रवैया भन्दै विश्लेषकहरू टिप्पणी गर्न थालेका छन्।
अर्को समाचार
संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर
०३ जेष्ठ २०७८
•
३ मिनेट पाठ
संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर
संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६(३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा संसद् विघटन हुनेछ।  




प्रधानमन्त्री ओलीको अन्तिम उद्देश्य पनि संसद् विघटन गरेर मध्यावधिमा नै जाने हो, तर नेपाल समूह र जसपाले साथ दिइरहयो भने संसद् विघटन हुनेछैन। सत्तामा रहने मान्छेले आफू सत्तामा रहिरहन पाए हुन्थ्यो भन्ने चाहना राख्ने भएका कारण ओलीले आफू प्रधानमन्त्री बनिरहने भएमा सत्ता साझेदारबाट कोही बाहिरिए पनि उनले अन्य दललाई साथमा लिएर सरकार गठन गर्न भने सक्नेछन्। आफू प्रधानमन्त्री बन्ने अवस्था नभएमा संसद्लाई विघट नै गर्नेगरी उनी अघि  

बढ्ने रणनीति कायमै रहेको स्रोतले बतायो। संसद् विघटन गरेका कारण संसद्भित्रका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले ओली नेतृत्वको सरकारप्रति रुष्ट छ। संसद्बाट हटाउन नसके पनि यो समूहको एकता आगामी निर्वाचनसम्म हुनपुग्यो भने पनि ओलीको राजनीति असफल हुने भएका कारण उनले यसबीचमा माओवादी केन्द्रलाई पनि साथमा ल्याउन सक्लान् कि भन्ने चासो पनि उब्जिएको छ। 

जसपा ठाकुर समूहसँग सहमति गरिसकेका ओलीले यतिबेला एमालेभित्रको असन्तुष्ट समूहको माग सम्बोधनमा ध्यान केन्द्रित गरेकाले पार्टीभित्रको विवाद समाधानमा भयो भने उनले अवश्य पनि अर्को बाटो बनाउनुपर्ने विष्लेषकहरूको भनाइ छ। माओवादी केन्द्रले यतिबेला कसरी आफ्नो तर्फबाट भूमिका खेल्नेबारे गृहकार्य गरिरहेको स्रोतले बताएको छ। 

नेकपा हुँदा सबैभन्दा असन्तुष्ट माधव नेपाल समूहले ओलीसँग सम्झौता गर्ने लगभग पक्का भएपछि के अब माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पनि ओलीसँग सम्झौता हुन सक्दैन भन्ने प्रश्न उठेको छ।  ओलीले माधव नेपाललाई ‘साइजमा’ ल्याउन कै लागि नै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई अध्यक्ष बनाएर नेकपा बनाएको विष्लेषकहरू बताउँछन्। के प्रधानमन्त्री ओलीले ठाकुर समूहलाई साथमा राखेर दुई वर्ष  

सरकार चलाउन सक्लान् ? ठाकुर समूहलाई आत्माले चल्ने भन्दा पनि परमात्माले चल्ने भनेर आरोप लगाउने गरिन्छ, जसबाट ओली सरकार धेरै नै कमजोर बन्ने बताइन्छ। ओली सरकारलाई बीचबाटोमा धोखा भयो भने ओलीले अपनाउने बाटो के हो ? यो ओलीले पनि अहिल्यै स्पष्ट गर्नुपर्ने अवस्था आइलागेको स्रोतले बताएको छ। स्रोत भन्छ, ‘जसपाले साथ नदिएमा संसद् विघटन गर्ने दिशातर्फ जाने हो भने पनि अहिल्यै स्पष्ट हुनुपर्दछ।’  

जसपाले साथ नदिए पनि सत्तामा आफू रहिरहन सक्ने अवस्था आयो भने उनले माओवादी केन्द्रलाई साथमा लैजानुपर्ने हुन्छ। कांग्रेस र जसपाभित्र डा. भट्टराई, यादव समूहको भन्दा माओवादी केन्द्रलाई साथमा राख्न ओलीलाई सजिलो पनि हुने विष्लेषण गरिएको छ। ‘एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण नै गर्नुपर्छ भन्ने छैन, तर सत्तासाझेदारी गरेर जान पनि सकिन्छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री ओली जसपालाई साथमा लिएर सरकार गठन गरेमा गत वर्षको ओली सरकारभन्दा अहिलेको ओली सरकार धेरै कमजोर हुनेछ, यो सरकाले ओलीलाई तीन वर्षसम्म जत्तिको इज्जत पनि दिदैन भन्ने अनुमान छ।  

संविधान जारी पछिको पहिलो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने कुराको आश्वासन दिएर नै नेकपाले झन्डै दुईतिहाइ मत ल्याएको थियो, यसको श्रेय ओलीले मात्र पाउँदैनन्, माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि दिनुपर्ने हुन्छ भन्ने विष्लेषकहरू बताउँछन्। ‘त्यसैले पाँच वर्ष सम्मको अवधिमा एमाले र माओवादीको सहमति गर्दा कुनै फरक पर्दैैछ,’ स्रोतले भन्यो। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आई संसदीय व्यवस्थाको समर्थन गरेको माओवादीलाई संसदीय प्रतिस्प्रर्धाबाटै ‘साइजमा’ ल्याउने हो, पाइलैपिच्छे षड्यन्त्र मात्रै गरेर राजनीति सफल नहुने एमालेका एक नेताले बताए ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस