काठमाडौँ - सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ।
“निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका मन्त्रालयले तयार गरी यसपछिका अरू प्रक्रियामा अगाडि बढाएको छ, छिटोभन्दा छिटो निर्वाचन होस् भन्ने मन्त्रालयको चाहना रहेको छ”–प्रवक्ता दिनेश थपलियाले जानकारी दिए।
प्रमुख दलहरूले संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने बताउँदै आएका छन्। संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ। स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको समेत आयोगले जनाइसकेको छ। स्थानीय निकायको निर्वाचन नभएको १५ वर्ष बितिसकेको छ।