मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताललाई संघ मातहत जान नदिने बताएका छन्। उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट २०७५ सालमा प्रदेश मातहतमा आएपछि कर्णाली प्रदेश अस्पतालले जनतालाई उत्कृष्ट सेवा दिइरहेको भन्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा अघि बढाइएको बताए। ‘चन्दा उठाएरै भएपनि प्रदेश अस्पताललाई यहाँका जनता र सरकारले सञ्चालन गर्छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले भने, ‘पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै विशिष्टिकृत सेवासहितको प्रदेश गौरवको अस्पतालको रुपमा कर्णाली प्रदेश अस्पताललाई विकास गछौं ।’
मुख्यमन्त्री शाहीले संघबाट प्रदेश मातहत आएपछि जनशक्ति व्यवस्थापन, मेडिकलजन्य उपकरण र भौतिक संरचना निर्माणमा महत्वपूर्ण काम भएको बताए। ‘संघ मातहत हुँदा तीन सय २५ दरबन्दीमा ७४ मात्रै थियो,’ सामाजिक विकास मन्त्रीको कार्यभारसमेत सम्हालेका मुख्यमन्त्री शाहीले भने, ‘यो दुई वर्षको अवधिमा तीन सय ६८ जना जनशक्ति पु¥याएका छौं।’ सामाजिक विकास मन्त्रालयका अनुसार ७१ जना पदपूर्ति, ८९ करार, दुई जना काज, विभिन्न कार्यक्रममार्फत् ५८ जना करार, २२ जना छात्रवृत्ति करार, विशेषज्ञ सेवा विस्तार कार्यक्रममार्फत् ७९ र अस्पताल विकास समितिमार्फत् ४७ जना चिकित्सक तथा कर्मचारीहरु प्रदेश अस्पतालमा कार्यरत छन्।
प्रदेश मातहत आउनुअघि संघ सरकारले अस्पताललाई वार्षिक पाँचदेखि नौ करोड रुपैयाँसम्म उपलब्ध गराउँथ्यो। प्रदेशले स्वामित्व लिएको दुई वर्षको अवधिमा एक अर्ब ९५ करोड रुपैयाँ प्रदेश अस्पताललाई छुट्याइएको छ। यस्तै एक सय बेड क्षमताको अस्पताललाई तीन सय पुर्याइएको छ भने विभिन्न सेवाहरु पनि थप गरिएको छ।
मुख्यमन्त्री शाहीले नजिकको सरकारको रेखदेखमा प्रदेश अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा दिइरहेको बताउँदै केहीले स्वास्थ्य सेवा विभागलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले पठाएको पत्र सार्वजनिक गरेर राजनीतिक गर्न लागेको आरोप लगाए। ‘यस्तो राजनीति कुनै पनि हालतमा सफल हुँदैन्,’ नेकपा एमालेतर्फ लक्षित गर्दै मुख्यमन्त्री शाहीले भने, ‘प्रदेशले पाएको अधिकारको राम्रोसँग उपयोग र सञ्चालन गर्न हामी सक्षम छौं।’
कांग्रेसको विरोध
नेपाली कांग्रेसले प्रदेश सरकार मातहतको कर्णाली प्रदेश अस्पताललाई संघमा लिने निर्णयप्रति आपत्ती जनाएको छ। २०७५ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहत ल्याइएको थियो। ‘प्रदेश सरकारबाट अस्पतालको संस्थागत विकास, पूर्वाधार संरचना निर्माण र क्षमता अभिवृद्धिका कार्यहरु भइरहेको बेला स्वास्थ्य सेवामा असर पर्ने गरी प्रादेशिक अस्पतालको स्वामित्व संघ सरकारले लिने उद्देश्यसहितको निर्णयले वर्तमान सरकार संघीयताप्रति गम्भीर छैन् भन्ने देखाएको छ,’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो विषयमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ ।’
वैशाख ३ गतेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले कर्णाली प्रदेश अस्पताललाई संघ मातहत ल्याउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको थियो।
संघीय सरकारमा सुर्खेतका नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन्। उनकै पार्टीका नेता एवम् एमाले कर्णाली प्रदेशसभाका संसदीय दलका नेता यामलाल कँडेलले सुरुमा स्वास्थ्य सेवा विभागमा पठाइएको पत्र सार्वजनिक गरेका थिए। प्रदेश अस्पताललाई संघ मातहत लिने प्रक्रियाको विरोध सुरु भएको छ।
कांग्रेसले जनचाहना विपरितका कार्यहरु गरेर संघ र प्रदेश सरकारबीचको दूरी बढाउने काम नगर्न पनि चेतावनी दिएको छ। ‘प्रदेश मातहत आइसकेर सञ्चालनमा रहेको अस्पताललाई फेरि संघमा लिने खेलले प्रदेश र संघ सरकारबीचको दूरी बढाउने काम गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसँग कुनै समन्वय, छलफल र सहकार्यविनै संरचनाको स्वामित्व लिने कुराको कांग्रेस विरोध र भत्सर्ना गर्दछ ।’