नातावादको चंगुलमा संवैधानिक नियुक्ति
०७ जेष्ठ २०७८
•
३ मिनेट पाठ
नातावादको चंगुलमा संवैधानिक नियुक्ति
माधव बेलवासे खानेपानी मन्त्रालयका बहालवाला सचिव हुन्। यही जेठ १४ गते उनले अवकाश पाउँदैछन्। त्यसअघि नै उनलाई सरकारले लोकसेवा आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ। यसैगरी डा.हरि पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन्। उनले अवकाश पाउन अझै तीन वर्ष बाँकी छ। तर सरकारले उनलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ।




वैशाख अन्तिम साता संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरिएका अधिकांशमा बहालवाला सचिव, पूर्वसचिव तथा संवैधानिक आयोगका सदस्यका नातेदार छन्। संवैधानिक परिषद्का सदस्यहरूले आयोगका पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अनुभव, योग्यता, व्यावसायिक दक्षता तथा विषयगत विशेषतालाई भन्दा पनि नातागोता र भनसुनलाई प्राथमिकता दिएका छन्।

वैशाख २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यमध्ये प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गरी तीनजनामात्र उपस्थित थिए। बैठकले अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोग, समावेशीलगायत संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ। अध्यक्ष तिमिल्सनाले सहोदर भाइ पुष्प तिमिल्सना समावेशी आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस भएका छन्। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशकै पहलमा समावेशी आयोग अध्यक्षमा रामकृष्ण तिमल्सिना पनि सिफारिसमा परेका छन्। उनी सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन्। समावेशी आयोग सदस्यमा सिफारिस गरिएका मानप्रसाद खत्री खस–आर्य समुदायका हुन्। संविधानले कल्पना गरेको समावेशी आयोगमा सिफारिस गरिएका तीनै सदस्य समावेशी चरित्रका छैनन्।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु माधव रेग्मीलाई संवैधानिक परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको गठन बदर गरी साबिकका एमाले र माओवादी केन्द्र अलगअलग बनाउने निर्णय कुमार रेग्मीको इजलासबाट भएको थियो। लोकसेवा आयोग सदस्यमा सिफारिस वीरबहादुर राई हालै अवकाशप्राप्त पूर्वसचिव हुन। उनले सचिव पदमा करिब दुई साता मात्रै काम गर्न भ्याए। अवकाश पाउनुभन्दा दुई साताअघि मात्र सरकारले उनलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो।

संवैधानिक आयोगमा सिफारिस गरिएका सदस्यहरूको संसदीय सुनवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइपछि मात्र ती सिफारिसले कानुनी मान्यता पाउँछन्। संवैधानिक परिषद्ले गरेका सिफारिसहरू संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा दर्ता गरिसकिएका छन्।

प्रशासनविद् एवं प्रशासकीय अदालतका सदस्य गोविन्द कुसुमले नेपालमा योग्यता मापन गर्ने वस्तुनिष्ठ आधार नभएकाले संवैधानिक आयोग तथा अन्य निकायहरूमा गरिने नियुक्तिमा भनसुन र नातागोता प्राथमिकतामा पर्ने बताए। ‘नियुक्तिहरूमा भनसुन र नातागोतालाई प्राथमिकता दिने परम्परा नै बसेको छ,’ कुसुमले भने, ‘नेपालमा योग्यता नाप्ने वस्तुनिष्ठ आधार नहुँदा यस्तो भएको हो।’

संवैधानिक आयोग, निकाय, परियोजना तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा पूर्वसचिव तथा पूर्वसहसचिवहरू नियुक्त हुने गरेका छन्। सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा तत्कालीन प्रशासनमन्त्री लालबाबु पण्डितको सक्रियतामा सरकारको स्वीकृतिबिना अवकाश पाएको दुई वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न नपाइने व्यवस्था गरिएको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस