काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेस नेतृत्वको सरकारमा जाने निर्णय भइनसकेको बताएका छन्। पार्टीको छैटौं स्थापना दिवसको अवसरमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा ठाकुरले सरकार जाने नजाने निर्णय भइनसकेको बताए।
'हामी सरकारमा जाने भनेर निर्णयमा पुगिसकेका छैनौं,' उनले भने, 'अहिलेसम्मको निर्णय प्रतिपक्षमा बस्ने हो।' उनले सरकारमा जाने नजाने विषय भोलिको परिस्थिति र समीकरणले निर्धारण गर्नसक्ने बताए।
ठाकुर नेतृत्वको तमलोपाले प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ७ वटा सिट जितेका छन्। उनका अनुसार समसयसीमामै समानुपातिक सूची बुझाउनेछ। आयोगले समानुपातिकतर्फको सूची बुझाउने अन्तिम मिति पुस १५ लाई तोकेको छ।