आक्रामक कूटनीतिमा चीन
१३ पौष २०७०
•
२० मिनेट पाठ
आक्रामक कूटनीतिमा चीन
काठमाडौं— संविधानसभा निर्वाचन सम्पन्न भएको दुई साता बित्न नपाउँदै मंसिरको तेस्रो साता चिनियाँ विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय सुरक्षा विभागप्रमुख क्यु ग्योहोङ काठमाडौं आइपुगे।नेपाल जानकारमध्ये एक चिनियाँ सुरक्षाविज्ञ क्यु नेपालका लागि पूर्व चिनियाँ राजदूतसमेत हुन् । आफ्नो भ्रमणका क्रममा उनले शीर्ष दलका प्रमुख नेतालाई भेटी हालै चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं बैठकले पारित गरेको विदेश नीतिबारे जानकारी गराए ।




मंसिरको चौथो साता नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले काठमाडौंको होटल याक एन्ड यतिमा एक रात्रिभोज दिए, चीनसँग सीमा जोडिएका हिमाली जिल्ला र आसपासका जिल्लाबाट निर्वाचित सभासदलाई । रात्रिभोजमा डेढ दर्जन सभासद उपस्थित थिए । रात्रिभोजबारे सरकार भने बेखबर थियो । चीनले यो भेटघाटलाई 'तिब्बत सरकारका उपमहासचिव वाङ वेडाइको सम्मान' नाम दियो । अर्थात् त्यसताक तिब्बत सरकारका उपमहासचिव वेडाई पनि नेपाल भ्रमणमै थिए ।

पुसको पहिलो साता चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री आई पिङ १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगे । नेपाली कांग्रेसको निमन्त्रणामा आएका पिङको भ्रमणबारे सरकारलाई कुनै जानकारी थिएन । उनले कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, मधेसवादी दल र नेकपा–माओवादीका प्रमुख नेतालाई भेटे ।

कांग्रेस सभापति सुशील कोइरालासँगको भेटमा 'आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने' प्रतिबद्धता जनाएका पिङले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई 'परिपक्व ढंगले अघि बढ्न र प्राप्त उपलब्धि जोगाउन' सुझाव दिए ।

चारदिने भ्रमण सकेर पिङ त स्वदेश फर्के, तर उनीसँगै आएका केही सदस्य भने नेपालको अवस्था बुझ्न भन्दै केही दिन काठमाडौंमा रहे । उनीहरुले नागरिक समाज, पत्रकार, विभिन्न क्षेत्रका अगुवालाई भेटी नेपालको अवस्थाबारे प्रश्न गरे ।

'नेपालको अवस्थाबारे चीनले सधै ध्यान दिँदै आएको छ । तपाईंहरु यहाँको अवस्था बारे बढी जानकार हुनुहुन्छ । राजनीतिक अवस्था सकारात्मक-नकारात्मक कस्तो हुँदैछ, हामीलाई बताउनुस्,' सोमबार काठमाडौंको होटल याक एन्ड यतिमा केही पत्रकारसँग चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकी उपमहानिर्देशक राओ हुइहुवाले आग्रह गरिन् ।

पत्रकारहरुसँग दुइटा प्रश्नको स्पष्ट जवाफ आफूले चाहेको उनले बताइन् । पहिले अनुमान गरेभन्दा संविधानसभा निर्वाचन परिणाम फरक थियो कि थिएन ? अहिलेसम्म संविधानसभा बस्न सकेको छैन अब संविधान बन्ला कि नबन्ला ? उनले आफ्नै प्रश्नको जवाफ पनि दिइन्, 'प्रक्रिया सजिलो छैन । राजनीतिक दलबीच मतभेद छ । सबै पार्टीले एउटै लक्ष्य बनाए संविधान जारी हुन्छ ।'

उनकै शब्दमा 'राष्ट्रको स्थिरता' सबैको साझा लक्ष्य बन्नुपर्छ । माओवादीको हारमा चीन चिन्तित भएको हो ? पत्रकारको प्रश्नमा हुइहुवाले जवाफ दिइन्, 'चिन्ता होइन, ध्यान दिएको हो । नेपाल मैत्रीपूर्ण सम्बन्ध रहेको छिमेकी हो । छिमेकीकोमा समस्या उत्पन्न भएको छ÷छैन चासो दिएको हो, चिन्ता गरेको होइन ।'

पहिले कूटनीतिक तवरमा आउने चीन पछिल्ला वर्ष 'उद्देश्यसहित' आउन थालेको छ– बढी आक्रामक र त्यत्ति नै गोप्य । गत वर्ष चीनमा भएको नेतृत्व परिवर्तन र नयाँ नेतृत्वले नयाँ विदेश नीति अँगालेपछि नेपालमा चिनियाँ टोलीमा आगमन ह्वात्तै बाक्लिएको छ । औपचारिक रुपमा आउने चिनियाँहरु अहिले नेपाल सरकारलाई पत्तै नदिई यहाँका पूर्वप्रधानमन्त्रीदेखि र प्रमुख पार्टीका शीर्ष नेतालाई भेटी स्वदेशतिर लस्किने गरेका छन् ।

'साइलेन्स डिप्लोमेसी' को पक्षपाती चीन नेपालमा भने बिस्तारै त्यतैतर्फ ढल्किन थालेको भान हुन थालेको छ ।

'चीनले नेपाल हेर्ने नीति परिवर्तन गरेको छैन, तर पहिलेभन्दा फरक ढंगले आएको महसुस सबैले गरेका छन्,' पूर्व परराष्ट्रमन्त्री तथा एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले चीनको पछिल्ला गतिविधिबारे नागरिकसँग भने, 'चीन उदाउँदो विश्वशक्ति हो । उसलाई छिमेकमा अरूको प्रभाव कसरी कम गर्ने र आफ्नो बढाउने भन्ने पनि छ ।'

चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यका अनुसार नेपालमा चीनको बढ्दो उपस्थिति उसको घोषित नीतिअनुसार नै हो ।

चिनियाँ नीतिमा तीन परिवर्तन


सि जिन पिङले गत वर्ष चीनको राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै देशको विदेश नीतिका मामिलामा सक्रिय हुने नीति तय गरे । जिन पिङ राष्ट्रपति भएपछि चीनको विदेश नीतिमा मुख्य तीन परिवर्तन आएका छन्– चीन केन्द्रित दृष्टिकोणको विकास, विश्वव्यापी मुद्दाहरुमा बढ्दो सक्रियता र छिमेकी राष्ट्रसँग बढ्दो सम्पर्क । चीनको १५ वटा राष्ट्रसँग २२ हजार किलोमिटर सीमा जोडिएको छ । नेपालसँग मात्र चीनको एक हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ । १८ हजार किलोमिटर समुन्द्री किनार छ । यसै कारण पनि चीनले आफ्नो विदेश नीतिमा छिमेकीलाई उच्च प्राथमिकतामा राखेको भनाइ विश्लेषकहरुको छ ।

नयाँ नीतिअनुरुप नै राष्ट्रपति जिन पिङले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी रुसबाट सुरु गरेका थिए । पछिल्लो ८ महिनामा मात्र चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले विश्वका २२ देशको भ्रमण गरिसकेका छन् भने ६४ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई आफ्नो देशमा स्वागत गरेका छन् । यसबीच, चीनले ३ सयभन्दा बढी विशेष विदेशी अतिथिको सत्कार गरिसकेको छ । ८ सयभन्दा बढी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

'घरेलु राजनीतिक स्थिरता' चीनको विदेश नीतिको प्रमुख उद्देश्य हो । छिमेकमा अस्थिरता र अशान्ति भए देशभित्रको शान्तिले मात्र विकास सम्भव नहुने चीनको बुझाइ छ । सीमा विवादका कारण युद्ध नै लडेको भियतनामसँग चीनले अहिले यसै कारण पनि सम्बन्ध सुधारेको छ । जापान र दक्षिण कोरियासँग भने सम्बन्ध तनावपूर्ण नै छ । छिमेकी राष्ट्र भारतसँग चीनको अझै सीमा विवाद कायम छ जुन तत्काल समाधान हुने पनि देखिँदैन ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको छिमेकी पाकिस्तानसँग भने चीनको सम्बन्ध राम्रो छ । अर्को छिमेकी अफगानिस्तानको भविष्यलाई लिएर चीन चिन्तित छ । अफगानिस्तानमा तालिबान फर्केलान् भन्ने डर त छँदैछ, त्यसको प्रभाव आफ्नो सिन्जियाङ प्रान्तमा सर्ला भन्ने चिन्ता पनि चीनलाई छ ।

दक्षिण एसियामा अमेरिकाको प्रभावलाई लिएर पनि चीन चिन्तित छ, भारत–अमेरिका सम्बन्धप्रति अझ सशंकित बन्दै गएको छ । भारत–अमेरिकाको सम्बन्धले आफू 'घेराबन्दी'मा पर्ने डर चीनलाई छ । भुटानसँग पनि चीनको केही सीमा विवाद बाँकी छन् । बंगलादेश, माल्दिभ्स, श्रीलंका र म्यानमारसँग चीनको सम्बन्ध राम्रो मानिन्छ । छिमेकीहरुसँग चीन होसियारीपूर्वक सम्बन्ध विस्तार गर्न चाहिरहेको छ । नेपालसँग भने चीनको विवादरहित सम्बन्ध रहँदै आएको छ । तर, तिब्बत नेपालसँग जोडिँदा चीनको चासो पछिल्लो समय नेपालप्रति बढेको हो । 'नेपालमा संक्रमणकाल बढेर गएको हुँदा चीन चिन्तित भएको हो,' चीनको नेपालप्रति बढ्दो चासोप्रति आचार्यले भने, 'संक्रमणकाल लम्बिँदा फाइदा हुँदैन भन्ने बुझाइ चीनको छ । नेपालमा चिनियाँ टोली बढी आउनुको कारण पनि यही हो ।'

'शान्ति, स्थिरता र विकास' चीनको घोषित नीति हो । यो शान्ति, स्थिरता र विकास देशभित्र मात्रै होइन छिमेकमा पनि हुन जरुरी छ । चीनको नयाँ नेतृत्वले 'छिमेकीसँग पनि आर्थिक विकासका सम्भावना खोज्ने, जसले दुवै देशलाई फाइदा होस्' भन्ने चाहेको छ । त्यसैले नेपालको स्थिरताको लागि चीन समयमै नेपालमा संविधान जारी होस् भन्ने पक्षमा देखिन्छ । 'गत असारमा चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको नेपाल भ्रमणको सन्देश यही थियो,' आचार्यले नागरिकसँग भने ।

चीनका तीन स्वार्थ


चीनले आफ्नो विदेश नीतिअनुरुप नै नेपालमा तीनवटा स्वार्थ राखेको छ । पहिलो, शान्ति, स्थिरता र विकास । नेपाल चीनको समस्यारहित मित्रराष्ट्र हो । तर यहाँ बेलाबखत तिब्बती शरणार्थीबाट हुने चीन विरोधी गतिविधिका कारण नेपाललाई लिएर चीन सधैँ चिन्तित हुँदै आएको छ ।

शान्ति र स्थिरता नहुँदा नेपालबाट पश्चिमा राष्ट्रले आफुविरुद्ध चलखेल गर्ने बुझाइ चीनको छ । 'तिब्बत मुद्दाप्रति चीन बढी नै संवेदनशील छ । नेपाल प्रवेश गर्ने तिब्बतीलाई पक्राउ गर्नेबित्तिकै चीनलाई बुझाउनुपर्छ भन्ने उसको धारणा छ । तिब्बतका नाममा पश्चिमाहरुलाई नेपालमा खेल्न दिनुहुँदैन भन्ने चाहना चीनको हो,' श्रेष्ठले भने ।

तिब्बतको स्थिरताकै लागि भए पनि सबैभन्दा पहिले नेपालमा शान्ति र स्थिरता भएको हेर्न चाहन्छ चीन । यसै कारण गत असारमा जेइची नेपाल आई चुनावमा तोकिएकै मितिमा गर्न भनेका थिए र आवश्यक परे जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । संविधान जारी भएपछि स्थिरता कायम हुने र नेपाल विकासको बाटोतर्फ बढ्नेमा चीन विश्वस्त छ ।

चीनको दोस्रो स्वार्थ शक्तिसन्तुलन र सुरक्षा हो । छिमेकमा अशान्ति र अस्थिरता भए पश्चिमाहरु छिमेकीमार्फत आफ्नो देशमा छिर्लान् भन्ने डर चीनलाई छ । छिमेकमा अशान्ति बढ्दा आफ्नो देशलाई सधैँ 'थ्रेट' रहने बुझाइ चीनको हो । जोडिएको छिमेकी राष्ट्र नेपालमै तिब्बती शरणार्थीले आत्मदाह गर्दा त्यसको ठूलो झट्काको रूपमा चीनले महसुस गरेको छ । आचार्यले थप स्पष्ट पारे, 'आन्तरिक र बाह्य रुपमा देशको विकासमा दाग नलागोस् भन्ने चीनको इच्छा हो ।'

नेपालमा राजतन्त्र रहँदासम्म चीनले उसैलाई विश्वास गरेको थियो र विश्वासमा लिएको थियो । राजतन्त्र अन्त्यसँगै चीन नेपालमा 'नयाँ विश्वासिलो पार्टनर' को खोजीमा छ । तर, सँगै एक्लो पार्टनर भेटिन मुश्किल रहेको कुरालाई चीनले बुझेको छ । त्यसैले पछिल्लो समय चीनले सरकार, जनता र प्रमुख राजनीतिक दलहरुसँग पनि पार्टीगत सम्बन्ध विस्तार गर्दैछ । चिनियाँ भ्रमण टोली बढ्नुको कारण यो पनि हो । 'नेपालमा टिकाउ शक्ति छैन । यहाँ कसले दिएको आश्वासन मान्ने, चीनलाई गाह्रो छ । ऊ जसरी पनि नेपालमा तिब्बती गतिविधि रोक्न चाहन्छ', आचार्यले भने, 'यसै कारण चीन आक्रामक रुपमा आउन बाध्य छ ।'

संक्रमणकाल रहेकाले चीन सबैभन्दा बढी सुरक्षा निकायलाई विश्वासमा लिन खोजेको छ । यसकै परिणाम हो– असारमा चिनियाँ स्टेट काउन्सिलर जेइची नेपाल आउँदा तीनवटा सम्झौता हुनु । उनले निर्वाचन र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न करिब ३ अर्ब २६ करोड रुपैयाँ दिने सहमति गरेका थिए । सशस्त्र प्रहरीलाई मात्र होइन, चीनले मंसिर २८ गते मात्र नेपाली सेनालाई ५ करोड चिनियाँ युआन (करिब ८१ करोड ६० लाख रुपैयाँ) सहयोगस्वरुप दिने घोषणा ग¥यो ।

संघीयतामा जाने नेपालको परिस्थिति चीनको अर्को टाउको दुखाइ बनेको छ । नेपालमा जति बढी राज्य हुन्छ, तिब्बत सुरक्षामा त्यति नै बढी चुनौती बढ्ने विश्वास चीनको छ । हिमाली क्षेत्रमा बढी राज्य हुँदा अझ समस्या बढ्ने चीनको बुझाइ छ ।

नेपाल भ्रमण गर्दा चिनियाँ नेताले नेपाली नेतासँग स्पष्ट भन्ने गरेका छन्, 'तपार्इंहरुलाई किन संघीयतामा जानुप¥यो, फेरि यति धेरै राज्य किन चाहियो ? भारततिर एउटामात्र राज्य माग्ने, चीनतिर किन बढी राज्य बनाउनुपर्‍यो?'

चीन मामिलाका जानकारका भनाइमा चीन नेपाल संघीय नहोस् भन्ने चाहन्छ, तर भइहाले पनि जातीय र हिमाली क्षेत्रमा जतिसक्दो ठूला राज्य हुनुपर्ने पक्षमा छ । 'भारततिर एक मधेस एक प्रदेश भन्ने, चीनतिर किन बढी प्रदेश भनेर चीनले प्रश्न उठाउँदै आएको छ,' आचार्यले भने, 'त्यसैले पनि चीन आक्रामक र अदृश्य रुपमा कूटनीति गर्दैछ ।'

मंसिरको चौथो साता नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले काठमाडौंको होटल याक एन्ड यतिमा हिमाली र केही पहाडी जिल्लाबाट निर्वाचित सभासदलाई रात्रिभोज दिनुका पछाडिको कारण पनि संघीयता र तिब्बती गतिविधि रोक्नु नै हो । 'केही बुझ्न खोजेजस्तो गरेनन् । भोजमा सामान्य चिनापरिचयमात्र भयो । उनीहरुले सम्बन्ध विस्तार गर्न खोजेको जस्तो लाग्यो,' रात्रिभोजमा सहभागी दोलखा–१ का एमाले सभासद पार्वत गुरुङले भने ।

भारत र पश्चिमी राष्ट्रको प्रभाव बढेकै कारण चीनले पछिल्लो समयमा नेपलमा आक्रामक कूटनीति अपनाएको हो । चीनको तेस्रो स्वार्थ भनेको– आर्थिक तथा व्यापारिक हो । चीन विश्वकै उत्पादन केन्द्र हो । विश्वभरि उसका उत्पादन पुगेका छन् । नेपालमा शान्ति र स्थिरता भए चीन व्यापार बढाउनमात्र होइन, लगानी र प्रविधि भित्र्याउन पनि आतुर रहेको बुझाइ आचार्यको छ ।

नेपालमा समस्या उत्पन्न भए हस्तक्षेप गर्ने नीति चीनको नभएको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकी उपमहानिर्देशक राओ हुइहुवा बताउँछिन् । बढी चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउनुको कारण प्रभाव बढाउन नभई सहयोगात्मक सम्बन्ध विस्तार गर्न भएको उनको भनाइ छ । 'आफ्नाबारे आफैँलाई बढी थाहा हुन्छ । अरुले त सुझाव मात्र दिने हो । नेपालले रोजेको बाटोलाई हामी सम्मान गर्छौं । नेपालमा छिटो विकास होस् भन्ने हाम्रो चाहना छ,' हुइहुवाले भनिन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस