काठमाडौं - सविधान सभा निर्वाचनमा समानुपातिकतर्फ अप्रत्यासितरुपमा २४ सिट ल्याएर चौथो ठूलो दल बनेको राप्रपा नेपाल संविधान सभा नबोलाइँदै फुटेको छ। कमल थापा नेतृत्त्वको राप्रपा नेपालमा समानुपातिक सभासदको सूची सार्वजनिक भएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।पूर्व मन्त्री टंक ढकालको अध्यक्षतामा गठन भएको नयाँ दलको नाम नेपाली राप्रपा राखिएको केन्द्रीय सदस्य श्याम तिमल्सिनाले जानकारी दिए। आज बिहान निर्वाचन आयोगमा राप्रपा नेपालका ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले नयाँ दल दर्ता गराउँदै राप्रपा नेपालको फुटलाई औपचारिकता दिए। उनीहरुले संविधान सभामा फुट अनुसार आफ्नो भागमा सभासदहरु पर्नुपर्ने मागसमेत गरेका छन्।
तर निर्वाचन आयोगले समानुपातिकमा सूचीमा हिस्सा खोज्ने ढकाल नेतृत्वको नेपाली राप्रपाको मागलाई अस्वीकार गरिदिएको छ। नयाँ पार्टी दर्ता गरेर समानुपातिक सूची बुझाउन आयोग पुगेका ढकाल सहितका व्यक्तिलाई आयोग कर्मचारीले सूची बुझ्न नसक्ने जानकारी दिएका हुन्।
यता राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले भने पार्टी फोड्ने प्रयास भएपनि नफुटेको दावी गरे। 'फुट्यो भनेर अनर्गल प्रचार गरिएको छ। देशी विदेशीको सक्रियतामा पार्टीलाई कमजोर बनाउने प्रयास भएको हो,' नयाँ दल दर्ता भएपछि नागरिकको प्रश्नमा गुरुङले भने, 'अहिलेको अवस्थामा ४० प्रतिशत भन्नेले कुनै अर्थ राख्दैन। दल दर्ता गर्दैमा के हुन्छ र!'
पूर्व पञ्च र शाहीकालीन मन्त्रीहरुसमेतको सक्रियतामा गठन भएको राप्रपा नेपाल हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको नारा लिएर संविधान सभा निर्वाचनमा उत्रिएको थियो। काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा समग्रमा समानुपातिकतर्फ सबै राजनीतिक दललाई पछि पारेर आफ्नो बलियो उपस्थिति देखाएको दलले प्रत्यक्षतर्फ कुनै क्षेत्रमा पनि सफलता हासिल गरेन्। तर, समानुपातिकतर्फ लोकप्रिय मत ल्याउँदै संविधान सभामा चौथो शक्तिकारुपमा यो दल उदाएको थियो।
पार्टी फुटेलगत्तै राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बसेको छ।