काठमाडौं— तराई–मधेसकेन्द्रित तीन साना दलका अध्यक्षले श्रीमतीलाई समानुपातिक सभासद बनाएका छन्। निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन तोकेको म्यादको अन्तिम दिन सोमबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले श्रीमती सहिलदेवी, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले श्रीमती डिम्पल र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले श्रीमती सरिताको नाम बुझाएका छन्।
यी तीनै दलमा केन्द्रीय समितिले सभासद छान्ने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । प्रत्यक्षतर्फ एक सिट जित्न नसकेको झा र यादव नेतृत्वको पार्टीले समानुपातिकमा एक–एक सिट पाएको छ ।
महतो नेतृत्वको सद्भावनाले अन्य चार सिटमा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, विमल केडिया, नरसिंह चौधरी र माधुरी रानालाई सभासद बनाएको छ । चौधरी र राना नयाँ अनुहार हुन् । प्रत्यक्षतर्फ सद्भावनाबाट एकमात्र विजेता धनुषा–४ का सञ्जयकुमार साह हुन् ।
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने पहाडी समुदायका उम्मेदवारलाई समेत समानुपातिक सभासदमा सिफारिस गरेको छ । १० जनाको सूचीमा पहाडी समुदायका बाबुराम पोखरेल, गीता राणा र सुबोध पोखरेल परेका छन् । पोखरेल भिएस निकेतन (स्कुल) का प्रिन्सिपल तथा प्याब्सन अध्यक्ष हुन् । राणा एन–प्याब्सनका अध्यक्ष तथा ग्यालेक्सी कलेजकी प्रिन्सिपल हुन् भने सुबोध पोखरेल चिकित्सक हुन् ।
फोरम लोकतान्त्रिकले बुझाएको सूचीका अन्य सातजनामा रमणी राम, आशा चतुर्वेदी, दिनबन्धु अग्रवाल, पवनकुमार सारडा, सुमित्रा थरुनी, योगेन्द्र चौधरी र कल्पना चौधरी छन् । रमणी रामबाहेक सबै नयाँ अनुहार हुन् ।
महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि अकवाल अहमद साहबाहेक ६ नयाँ अनुहारलाई संविधानसभामा पठाउने भएको छ । साह फोरम गणतान्त्रिक त्यागेर तमलोपा आएका हुन् ।
तमलोपाबाट विजय सिंह, केदारानन्दन चौधरी, रमेश पट्टेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमार गडेरी समानुपातिक सूचीमा परेका छन् । प्रत्यक्षमा ४ सिट जितेको तमलोपाले समानुपातिकतर्फ ७ स्थान पाएको छ ।
महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी (तमसपा) ले नयाँ अनुहार अमेरिका कुमारी र नरेन्द्रकुमार साहलाई सूचीमा समावेश गरेको छ । प्रत्यक्षतर्फ अध्यक्ष यादव सर्लाही–३ बाट विजयी भएका थिए ।
शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले निर्जला राउत, धर्मेन्द्र साह र दिनेश साहलाई संविधानसभामा पठाउने भएको छ ।
प्रत्यक्षतर्फ एक सिट नजितेको रामसपाको केन्द्रीय समितिले सभासद छान्ने जिम्मेवारी अध्यक्ष भण्डारीलाई दिएको थियो । सूची बुझाइसकेपछि भने अध्यक्ष भण्डारीले आफूखुसी सभासद छानेको भन्दै रामसपामा असन्तुष्टि बढेको छ । महासचिव रामेश्वर साहले उनीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।
पहिलोपटक संविधानसभामा प्रवेश पाएको मधेस समता पार्टीले पाएको एक सिटमा अध्यक्ष मेघराज नेपाली निषाधको नाम पठाएको छ ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले भने निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छैन । 'पार्टीभित्र निर्णय हुन नसकेकाले आज (सोमबार) बुझाइएन,' फोरम नेपालका एक नेताले भने, 'दुई÷चार दिनमा बुझाउँछौं ।'
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि समानुपातिक सभासद सूची बुझाएको छैन । कार्यदलले काम नसकेकाले सूची बुझाउन नभ्याएको पार्टी प्रवक्ता गोपाल ठाकुरले बताए । उक्त पार्टीले उपाध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा कार्यदल बनाइएको थियो । सभासद छनोटमा विवाद देखिएकाले कार्यदलले टुंगो लगाउन नसकेको एक नेताले जनाए ।

दुई दलले बुझाउन बाँकी