काठमाडौं- मङ्सिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाका सबै विजयी उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। निर्वाचनमा पराजित केही उम्मेदवारले भने खर्च विवरण अहिलेसम्म बुझाएका छैनन्। कार्यालयले विजयी सबै उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले तोकेको मापदण्डभित्रमै आएको तर पराजित हुने उम्मेदवारहरुको खर्च विवरण आउन बाँकी नै रहेको जानकारी दिएको छ।
काठमाडौँको दस क्षेत्रमध्ये सात वटामा नेपाली काँग्रेस र तीन वटामा नेकपा (एमाले)ले विजय प्राप्त गरेको थियो। मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।
निर्वाचन क्षेत्र नं १ मा ४७ उम्मेदवारमध्ये १३ जना, क्षेत्र नं २ मा ४६ मध्ये १३ जना, क्षेत्र नं ३ मा २८ मध्ये नौ जना, क्षेत्र नं ४ मा ४२ मध्ये १४ जना र क्षेत्र नं ५ मा २८ मध्ये १३ जनाले मात्र निर्वाचन खर्चको विवरण कार्यालयमा बुझाएका छन्।
कार्यालयका अनुसार क्षेत्र नं ६ मा ३५ मध्ये १३ जना, क्षेत्र नं ७ मा ३२ मध्ये ११ जना, क्षेत्र नं ८ मा २८ मध्ये १४ जना, क्षेत्र नं ९ मा ४० मध्ये १४ जना र क्षेत्र नं १० मा ३९ मध्ये १५ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्। रासस