प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु
१२ जेष्ठ २०७८
•
२ मिनेट पाठ
प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका वारेमा छलफल गर्न संसदिय दलको बैठक वसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। भने प्रदेश सरकारमा भएका मन्त्रीहरुलाई सरकारवाट फिर्ता वोलाएको थियो। एमाले पार्टीको स्थाई कमिटीको निर्णय पछि सुदूरपश्चिम प्रदेशमा एमाले संसदिय दलको बैठक वसेको हो। 




माओवादी केन्द्रको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै आएका माधव पक्षिय सासंदहरुको बहुमत रहेको आजको संसदिय दलको बैठकलाई चासोको साथ हेरिएको छ। सुदूरपश्चिम प्रदेश शभामा ओली पक्षिय सांसद अल्पमतमा छन्। एमालेमा बहुमत सासंद रहेको माधव पक्षको समर्थनकै कारण यसअघि प्रदेश सरकारलाई असर परेको थिएन । प्रदेश सरकारमा मुख्य मन्त्री र एक मन्त्री गरि दुई माओवादी केन्द्र र ३ मन्त्री एमालेका छन्।  

नेकपामा ओली पक्ष र प्रचण्ड माधव पक्ष बिच राजनितिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए। ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीवाट प्रदेश शभा सदस्य निर्वाचित भएका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिएका थिए। दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त अहिलेसम्म गरिएको छैन।

सर्वोच्व अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भयो र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परे। त्यसपछि ओली पक्षले प्रदेश सरकार बदल्ने कोशिस गरेपनि सासंदको संख्या कम भएको र माधव पक्षको प्रदेश सरकारलाई समर्थन भएकाले संभव हुन सकेको थिएन।  

संसदिय दलका नेता प्रकाश बहादुर शाह, प्रमुख सचेतक तारालामा तामाङ माधव पक्षका भएकाले यस अघि ओली पक्षले सरकारको समर्थन फिर्ता लिने बिषयमा छलफल गर्न चाहेर पनि संसदिय दलको बैठक वस्न सकेको थिएन।  सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य छन्। यि मध्य ६ जना सासंद ओली पक्षतिर खुलेका थिए।  

५३ सदस्य रहेको प्रदेश शभामा नेकपा माओवादी केन्द्र वाट १३ सासंद रहेका छन्। ओली पक्षमा लागेकाले माओवादी केन्द्रवाट निर्वाचित झपट वोहरा सासंद छैनन् । नेपाली काग्रेसवाट १२ र जसपाका २ जना प्रदेश शभा सदस्य छन्। माओावादीलाई सरकार टिकाउन नेपाली काग्रेस र सजपा दुवै पार्टीको समर्थन आवश्यक पर्ने छ।  
अर्को समाचार
सुदूरपश्चिममा एमालेको विवाद चर्कदै
२६ जेष्ठ २०७८
•
४ मिनेट पाठ
सुदूरपश्चिममा एमालेको विवाद चर्कदै
नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभाका सदस्यहरुले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको बिश्वासको मतको पक्ष र बिपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको बिवाद चर्किएको छ । नेकपा एमालेको स्थाई कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले स्थाई कमिटीको निर्णय बमोजिम नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीले संसदिय दलका नेता प्रकाश बहादुर शाह र प्रमुख सचेतक दुर्गा कामीलाई मुख्यमन्त्री भट्टको बिश्वासको मतको विपक्षमा मतदान गर्नका लागी ह्विप जारी गर्न निर्देशन दिएको थियो । भने एमालेका सवै सासंदलाई पनि बिश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । माधव नेपाल पक्षको राम्रो पकड रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभाको संसदिय दलको बैठकले पार्टीको निर्णय र निर्देशन विपरित बिश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेर ह्विप जारी गर्यो । माधव पक्षका १७ सासंदले संसदिय दलको ह्विप अनुसार मुख्यमन्त्री भट्टको बिश्वासको मतको पक्षमा मतदान गरे भने ओली पक्षका ७ जनाले एमाले पार्टीको निर्देशन अनुसार बिश्वासको मतको विपक्षमा मतदान गरे ।  एमाले सुदूरपश्चिम प्रदेश शभा संसदिय दलका नेता प्रकाश बहादुर शाहले मंगलवार साँझ नै संसदिय दलको ह्विप उलंघन गरेको भन्दै ओली पक्षका ७ प्रदेश शभा सदस्यलाई २४ घण्टे स्पष्टिकरण सोध्यो । ओली पक्षका पठान सिंह वोहरा, रतन थापा, लिलाधर भट्ट, मायालु चौधरी, ग्याल्वु वोहरा, माया तामाङ र वलदेव रेग्मीलाई स्पष्टिकरण सोधीएको हो । बुधवार ७ जना सासंदले स्पष्टिकरणको जवाफ बुझाएका छन । एमाले पार्टीको निर्देशन बमोजिम मुख्यमन्त्रीको बिश्वासको मतको विपक्षमा मतदान गरेको र पार्टीले टिकट दिएर सुर्य चिन्हवाट चुनाव लडेर जितेका सवै सासंद र संसदिय दलले पार्टीको निर्देशन मान्नुपर्ने उनीहरुले स्पष्टीकरण पत्रमा लेखेका छन । आफूहरुले नभई पार्टीको निर्देशन विपरित मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउनेले गल्ती गरेको भन्दै उनीहरुले स्पष्टिकरण दिएका छन ।‘पार्टीले टिकट दिएर पार्टीको चुनाव चिन्ह सुर्यवाट चुनाव जितेका सासंदहरुको संसदिय दल पार्टीकै अंग हो, पार्टीको निर्देशन उलंघन गर्ने अधिकार संसदिय दललाई छैन’ओली पक्षका सासंद पठानसिंह वोहराले भने,‘हाम्रो नभई पार्टीको निर्देशन बिपरित ह्विप गर्नेले अपराध गरेका हुन भनेर स्पष्टिकरण बुझाएका छौं ।’




एमाले पार्टी स्थाई कमिटीको निर्णय विपरित मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा मतदान गर्ने १७ सासंदलाई पार्टीको सधारण सदस्यवाट निष्कासन गरिने नेकपा एमाले प्रदेश समितीका अध्यक्ष कर्ण थापाले बताएका छन । मुख्यमन्त्रीको बिश्वासको मतको पक्ष र बिपक्षमा मतदान गरेसँगै एमाले पार्टी र माधव पक्षको बहुमत रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश शभा संसदिय दल बिच विवाद बढेको छ ।  

एमाले संसदिय दलका प्रमुख सचेतक पार्टीले निर्देशन दिएपनि संसदिय दलले अहिलेको अवस्था अनुसार उपयुृक्त निर्णय गरेको बताइ्न । ‘संसदिय दललाई निर्णय गर्ने र त्यसअनुसार दलका सदस्यहरुलाई ह्विप लगाउने अधिकार रहेको छ’उनले भनिन् । एमाले प्रदेश समितीले पार्टीको निर्णय नमान्ने संसदिय दलका नेता, मन्त्री, प्रमुख सचेतक र सासंदहरुलाई कारवाही गर्न चाहेको छ भने माधव पक्षको बहुमत हरेको संसदिय दलका नेताले ओली पक्षिय सासंदलाई कारवाही गर्न खोजेको छ । दुवै पक्षको कारवाही गर्नका लागी स्पष्टिकरण सोध्ने दोहोरीका बिच कस कसलाई कारवाही हुन्छ भनेर चासोको साथ हेरिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा राजनीतिक दल र संसदिय दलका कामकारवाही एक अर्का संग जोडिएकाले सासंदवाट हटाउन त्यती सहज भने छैन ।  

नेकपा एमाले स्थाई कमिटीको बैठकले जेठ १० गते प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फवाट सहभागी मन्त्रीलाई सरकारवाट फिर्ता हुन निर्देशन दिने निर्णय गर्यो । जेठ १२ गते नेकपा एमाले प्रदेश शभा संसदिय दलको बैठकले स्थाई कमिटीको उक्त निर्णयलाई चुनौती दिदै सरकारको समर्थन कायमै राख्ने निर्णय गर्यो । भने जेठ १४ गते सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलले २ मन्त्री फिर्ता वोलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो।

एमाले स्थाई कमिटीको निर्णय नमानेको भनेर संसदिय दलका नेता प्रकाश बहादुर शाहलाई एमालेका अध्यक्ष केपी ओलीले शुक्रवार ४८ घण्टे स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरणको उनले जवाफ समेत फर्काएका छन । एमाले प्रदेश समितीले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक गरि १० जनालाई यस अघि नै स्पष्टिकरण सोधे सकेको थियो । 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस