काठमाडौं– नेकपा एमालेको नवौं महाधिवेशन वैशाख ९ गतेदेखि काठमाडौंमा हुने भएको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।
यसअघि पार्टी सचिवालयले महाधिवेशन ११ गतेदेखि पोखरामा गर्ने प्रस्ताव गरेको थियो। तर आइतबारको बैठकले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर छोपेको हो। महाधिवेशन तयारीका लागि माघ १० र ११ गते केन्द्रीय कमिटी बैठक डाकिएको एमाले उपाध्यक्षा विद्या भण्डारीले जनाइन्।