धनकुटा - नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले संसदवादी दलहरुले एकलौटी रुपमा संविधान लेख्न खोजे वैकल्पिक राज्य सत्ता निर्माण गर्ने बताएका छन्। जनयुद्धबाट पाएको उपलब्धी रक्षा गर्ने विषयमा सहमति नभएर विद्रोह समेत गर्न सक्ने उनले बताए।क्रान्तिकारी पत्रकार महासंघले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विप्लवले सर्वपक्षीय गोलमेच सभाबाट संविधान निर्माण गर्ने माओवादीको एजेण्डा भए पनि किसान, मजदुर, महिला, जनजाती, मधेसी र दलितको अधिकार र पहिचानलाई सुनिश्चित गर्ने विषयमा सहमति भए अहिलेको संविधानसभालाई समेत मान्न तयार रहेको बताए। तर, संसदवादी दलहरु गणतन्त्रको नाममा २०५२ साल भन्दा अगाडि फर्कन खोजे १० वर्षे सशस्त्र द्वन्द्वकै अवस्थामा देश जाने उनले बताए।
जिल्लास्तरीय कार्यकता प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनकुटा पुगेका सचिव विप्लवले शून्य मतदानको अवस्था समेत भएकाले संविधानसभाको निर्वाचन बहिस्कार गर्ने अभियान सफल भएको बताए। बाबुराम र प्रचण्डको कारण एमाओवादी विलयको बाटोमा गएकाले चुनाव हारेर दोष अरुलाई देखाइरहेको बताउँदै उनीहरुमा नैतिकता भए पार्टीको जिम्मेवारी छाड्न आँट गर्नु पर्ने उनले बताए।
विस्तृत शान्ति सम्झौताको मर्मलाई तिरस्कार गरेर बाबुराम र प्रचण्ड संसदवादीहरुकै बाटोमा गएकाले शान्ति र संविधान निर्माण कार्य पूरा नभएको र नेकपा–माओवादी शान्ति प्रक्रियाबाट अलग भएको सचिव विप्लवले बताए।
पत्रकारहरुले साधेको प्रश्नको जवाफ दिँदै विप्लवले भने, 'म भूमिगत भएको छैन। राज्य सत्ताले दमन र तिरस्कारको नीति लिए विकल्प रोज्न सकिन्छ। हातियार मान्छेले बनाउने हो। नेगेटिभ सोच बढे हातियार बोकेरै हिड्न सकिने उनले बताए।