नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन्। साथै उनले तानाशाह बन्ने चाहना भएकासँग सचेत रहन समेत जनतालाई आग्रह गरेका छन्।
उनले सामाजिक संंजाल ट्विटरमार्फत प्रधानमन्त्रीकाे न्यायालय र वकिलहरुप्रतिको टिप्पणी लोकतन्त्रको उपहास र अवमूल्यन भएको आरोप लगाएका हुन्।
उनले लेखेका छन्, 'उनीहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मासिकताको उपज लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना सजक बनौँ। सबै क्षेत्रबाट शशक्त प्रतिकार गरौँ।'
सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधान न्यायाधीशरुलाई वर्तमान न्यायलयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गरेको टिप्पणी गरेका थिए।