यसरी सम्भव भयो प्रदेश २ मा सत्ता सहकार्य
२७ जेष्ठ २०७८
•
८ मिनेट पाठ
यसरी सम्भव भयो प्रदेश २ मा सत्ता सहकार्य
‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’




प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी (जसपा) का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ। आर्थिक समृद्धि, समावेशिता, संघीयतालाई संस्थागत गर्नुपर्ने बेला राजनीतिक दलहरू अझै सत्ताकै खेलमा अल्झिनु दुःखद रहेको उनले बताए। यसकारण संघीयता र समावेशितामाथिको प्रहार उचित नभएको र यसको रक्षाका लागि सबैलाई एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संविधानमाथि भइरहेको प्रहारको रक्षार्थ परिवर्तनकारी शक्ति मिलेर लड्नुको विकल्प नभएको उल्लेख गरे। ‘मुलुकमा संघीयता, गणतन्त्रलगायत परिवर्तन चामत्कारिक रूपमा आएको होइन,’ उनले भने, ‘धेरै सपूतहरूको बलिदानीबाट आएको परिवर्तनको रक्षा गर्न दिलोज्यान दिएर लाग्नुपर्छ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले संघीयता, गणतन्त्र, समावेशिताको मुद्दा संविधानमा संस्थागत भए पनि अहिलेको शासक यसलाई बलियो पार्नभन्दा पनि सिध्याउनतिर उद्यत रहेको बताए। अहिलेको शासकका कारण नेपाली जनताको शिर निहुरिएको उनको भनाइ थियो। उनका अनुसार देश तीव्र रूपमा ध्रुवीकरणतर्फ उन्मुख छ। एकथरी अग्रगमनतर्फ र अर्कोथरी प्रतिगमनतर्फ अघि बढिरहेका छन्। प्रतिगमनकारी शक्ति पहिचानवादीलाई समेत विखण्डित तुल्याएर त्यससँग सम्बन्धित मुद्दालाई कमजोर गर्न अग्रसर देखिएको साहको भनाय थियो। प्रतिगमनकारीले जति शक्ति लगाए पनि अग्रगमनसँग पराजित भएरै छाड्ने दाबी उनले गरे। अहिले देशैभरि प्रतिगमनविरुद्धको मोर्चा कसिलो पार्ने लहर चलिरहेको उनले बताए।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको छ।

ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ सालको आम निर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको थियो। तर एमाले र माओवादी केन्द्र अलग्गिएसँगै नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्तारोहणनजिक पुगेको छ। तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले दुई पार्टी पुरानै अवस्थामा फर्काइएपछि कांग्रेसका लागि सत्तारोहण सहज बनेको हो। त्यसमा पनि एमालेकै नेपाल समूह ओलीको विपक्षमा उभिएपछि कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन सहज बनेको हो।

प्रदेश २ सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएर उपेन्द्र पक्षले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने पहल गरेको थियो। कांग्रेस तीन महत्वपूर्ण मन्त्रालयसहित सत्ता सहकार्यमा सहभागी भइ नै सकेको छ भने माओवादी केन्द्रले पनि सरकारमा सहभागिता पक्का गरिसकेको छ। सत्ता साझेदारी गराउने प्रयत्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरमै छन्। कांग्रेससँग कुरा मिलिसकेपछि अब माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा उनी केन्द्रित भएका छन्। जसपाद्वारा वार्ताका लागि गठित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति अहिले सक्रिय भएर लागेको छ।

जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको थियो। सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले तीन मन्त्रालय मागेपछि बुधबार दिनभरिको छलफलबाट सोहीअनुरूप नै सहमति भएको थियो। माओवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ। ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरूले एउटाको कुरा गर्नुभएको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले भने, ‘तर छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ।’ दुईवटा मन्त्रालयमा कुरा मिलिसकेको समेत उनले बताए।’

यस्तो छ अंक गणित

प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन। यसअघि १ सय ७ सांसद रहे पनि माओवादी केन्द्रले तीन सांसदलाई निष्कासन गरेपछि सो संख्या १ सय ४ मा झरेको हो। प्रदेशमा अहिले सबैभन्दा ठूलो दल जसपा नै हो। जसपाको दुवै पक्षका (समाजवादी र राजपा) गरी ५५ सांसद छन्।  

अहिले संसदभित्रको अंकका आधारमा सरकार गठनका लागि ५३ सांसद आवश्यक पर्छ । जसपा ‘टुक्रिँदा’ यादव पक्षीय जसपासँग ३५ सांसद छन् । ठाकुर पक्षीय जसपाका २५ सांसद भए पनि पाँच सांसदले यादवतिरै हस्ताक्षर गरेका छन् । त्यसकारण ठाकुर पक्षसँग २० जना मात्र सांसद छन् ।

सोमबार ठाकुर पक्षको संसदीय दल बैठकमा १५ सांसद मात्र उपस्थित थिए । यादव पक्षले ठाकुर पक्षका थप पाँच सांसदलाई आफूतिर ल्याइसकेको दाबी गरेको छ । प्रदेशमा एमालेसँग २१ सांसद छन् । ती पनि ओली र नेपाल समूहमा विभक्त छन् । प्रदेश २ मा तेस्रो ठूलो दल कांग्रेस हो । कांग्रेससित १९ सांसद छन् । माओवादीसँग पनि आठ सांसद छन् । रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीको सांसद संख्याएक छ । प्रदेश २ को यही गणितका आधारमा जसपा उपेन्द्र पक्षका ३५ सांसद, कांग्रेसका १९ र माओवादीका आठ सांसद जोड्दा ६२ सांसद पुग्छ । एमाले नेपाल समूहको पनि साथ यही गठबन्धनलाई छ ।

हटाइए ओलीका सारथि

जसपा अध्यक्ष ठाकुरलाई एमाले अध्यक्ष शर्मा ओली नेतृत्वको सरकारमा जानबाट रोक्न जसपाका अर्का अध्यक्ष यादवले अनेक उपाय लगाए । मधेस आन्दोलनका बेला ओलीले मधेसमाथि मानवीय संवेदनासमेत ख्याल नगरी दिएको अभिव्यक्ति दिएकोदेखि संविधान संशोधनको प्रमुख बाधक बनेको समेत यादवले स्मरण गराए तर ठाकुर मानेनन् । ठाकुरले नेता राजेन्द्र महतोको नेतृत्वमा आफू पक्षीय सांसदहरूलाई सरकारमा सहभागी गराएपछि गत शुक्रबार दिउँसो अध्यक्ष उपेन्द्र यादव जनकपुर आइपुगे । हिँड्नुअघि उनले कांग्रेस उपसभापति विमलेन्द्र निधिसित काठमाडौंमै भेटेर प्रदेश २ सरकारमा कांग्रेसको सहभागिताबारे रोडम्याप प्रस्तुत गरेका थिए । निधिसित कुरा मिलाएर यादव जनकपुर आइपुगेका थिए । उता ठाकुर पक्षबाट महतोसहितकाले ओली सरकारको सारथि बनेको शपथ खाए । ओलीको पछिल्लो राजनीतिक कदमलाई प्रतिगामी, संघीयताविरोधी भन्दै चर्को विरोध गर्दै आएका यादव आफ्नै दलका सांसदलाई ओली सत्ताको सारथि बन्नबाट रोक्न नसकेको झोक प्रदेशमा उतार्दैछन् ।

मुख्यमन्त्री लालबाबु राउतसँग यादवले सरकार पुनर्गठन गर्नुअघि ठाकुर पक्षका मन्त्रीलाई फालिहाल्ने सल्लाह गरे । तर यो निर्णय तत्काल लागू गर्दा राउत नेतृत्वको सरकार धरापमा पर्ने खतरा देखियो ।  

उक्त खतरा टार्न कांग्रेस–माओवादी केन्द्रको साथ आवश्यक थियो ।

माओवादी केन्द्रको साथ लिन त्यति तनाव नभए पनि कांग्रेसको समर्थन लिन यादवलले धेरै पापड पेल्नुप¥यो । कारण, कांग्रेसले जसपा यादव पक्षको सत्ता जोगाउन मुख्यमन्त्री नै मागेका थिए । यस चुनौतीबाट पार पाउन यादवले कांग्रेससँग अर्को प्रस्ताव अघि सारे । त्यो थियो तीनवटा प्रदेश (१, २ र लुम्बिनी) का लागि प्याकेजमा सहमति । प्रदेश १ र लुम्बिनी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउन जसपाले समर्थन गर्ने र प्रदेश २ मा राउत नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गर्ने प्रस्ताव कांग्रेस शीर्ष नेतासमक्ष राखियो । कांग्रेसबाट ‘ग्रिन सिग्नल’ पाएपछि अध्यक्ष यादवकै उपस्थितिमा आइतबार मुख्यमन्त्री राउतलाई जसपा संसदीय दलको नेता चुनियो । नेतन चयन भएकै दिन आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर पक्षकनिकट (तत्कालीन राजपा) का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई पदमुक्त गरिदिए ।  

सत्यनारायण मण्डल र शत्रुधन महतोको बेग्लै रस्साकस्सी

प्रदेशसभा निर्वाचनपछि प्रदेश २ को प्रदेसभामा माओवादीका ११ सांसदले प्रतिनिधित्व गरेका थिए । एमालेका २१ जना भए । माओवादी र एमाले एकीकरण भएर गठित नेकपाको प्रदेश २ को प्रदेशसभामा ३२ सिट पुगे । एकीकरणअघि एमाले संसदीय दलको नेता सत्यनारायण मण्डल छानिएका थिए । त्यो बेला अर्का आकांक्षी शत्रुधन महतोको पक्षमा कम मत परेको थियो । त्यसपछि दुवै दलबीच एकीकरण भएपछि पनि संसदीय दलको नेतामा मण्डल नै कायम थिए । पछि नेकपाभित्र ओली र उनीइतरबीच तीव्र धु्रवीकरण भएपछि बहुमत सांसदको मतबाट संसदीय दलको नेतामा शत्रुधन महतो चुनिए ।  नेकपा दुई पक्षमा विभाजित भएपछि संसदीय दलका नेता मण्डलविरुद्ध नेकपा (दहाल–नेपाल) पक्षले पुस १३ गते विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गरायो । संसदीय दलको बैठक बोलाउन दहाल–नेपाल पक्षका सांसदले प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचु लुंगेलीलाई आग्रह गरेपछि बैठक बस्यो । 

मण्डललाई दलको नेताबाट हटाई महतोलाई चयन गरियो । सर्वोच्चको निर्णयले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा बदर गरिदियो । त्यसपछि एमालेको संसदीय दलका नेतामा पुनः मण्डल फर्किए । अहिले फेरि उनी हटाइएका छन् । एमाले ओली र नेपाल दुई समूहमा विभाजित छ । एमालेको संसदीय दलका नेता शत्रुधन महतो नेपाल पक्षका मानिन्छन् ।

तीन मन्त्रालयसहित कांग्रेस सरकारमा

प्रदेश २ मा नेपाली कांग्रेस जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा सहभागी भएको छ। कांग्रेस प्रदेश संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा तीन महत्वपूर्ण मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएका हो। यसका लागि कांग्रेस र जसपाबीच दुईबुँदे सहमति भएको थियो।

नवनियुक्त मन्त्री रामसरोज यादवलाई भौतिक पूर्वाधार, यातायात तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ। त्यस्तै कांग्रेस सांसदहरू ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले क्रमशः ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरूले बुधबार राति नै शपथग्रहण गरिसकेका छन्। कांग्रेस सरकारमा गएपछि पहिलाभन्दा फरक शैलीमा सरकार अघि बढ्ने मन्त्री रामसरोजले बताए। उनले नागरिकसँग भने, ‘अहिले नै धेरै भन्दिनँ तर सरकारको कामकाज पहिलाको भन्दा राम्रो तरिकाले अघि बढ्छ।’

माओवादी केन्द्रसँग मन्त्रालयकोे विषयमा टुंगो लाग्न ढिलाइ भएपछि साढे ७ बजेका लागि तय गरिएको नयाँ मन्त्रीहरूको शपथग्रहणमा ढिलाइ भएको थियो। माओवादी केन्द्रसँग जसपाको वार्ता टोलीको छलफल जारी राखेको छ। मन्त्रालय टुंगो लाग्नेबित्तिकै उक्त दल पनि सरकारमा सहभागी हुने जसपाकातर्फबाट गठित वार्ता टोलीले जनाएको छ।
अर्को समाचार
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
४ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।




काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्। 

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।

संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।

पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्। 

त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।

महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। 

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस