लुम्बिनी प्रदेशः विश्वासको मत नलिने पोखरेलको संकेत
२९ जेष्ठ २०७८
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेशः विश्वासको मत नलिने पोखरेलको संकेत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको छ।’ विश्वासको मत लिनुपर्ने अडान विपक्षी गठबन्धनले लिइरहेका बेला पोखरेलले भने सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा विपक्षीको अनुपस्थिति र सत्तापक्षको उपस्थितिले नै सरकार बहुमतमा भएको पुष्टि गर्ने दाबी गरेका हुन्।  




‘सदनमा प्रदेश प्रमुखको सम्बोधन विपक्षीका साथीहरूले नबुझेरै हुन सक्छ, बहिष्कार गर्नुभयो। त्यही नराम्रोभित्र राम्रो कुरा पनि भयो। प्रतिपक्ष अनुपस्थित हुँदा सत्तापक्षका सदस्यको उपस्थित संख्याले सरकारसँग बहुमत रहेको पुष्टि गरिदियो’, पोखरेलले भने। प्रदेश प्रमुखले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएको भन्दै विपक्षी गठबन्धनले गत मंगलबारको बैठकमा सांकेतिक रूपमा प्रदेश प्रमुखको विरोध गरेका थिए। उनीहरूले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा दलगत रूपमा एकएकजना सदस्यलाई मात्रै बैठकमा उपस्थित गराएका थिए। विपक्षीको त्यही कार्यलाई मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा बहुमत पुष्टि गर्ने अस्त्रका रूपमा सदनमा व्याख्या गरे। उनले बहुमत गुम्दाको दिन एक मिनेट पनि सत्तामा नबस्ने भन्नसमेत भ्याए। जसपाले कारबाही गरेर पदमुक्त भएका चार मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक बहुमत रहेको उनको दाबी छ।  

शुक्रबार नै बसेको प्रदेश सभा दोस्रो बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सेचतक फकरुद्दिन खानले मुख्यमन्त्रीको भनाइको खण्डन गरे। प्रदेश प्रमुखले चालेका असंवैधानिक क्रियाकलाप र मुख्यमन्त्री नियुक्तिपछि सांसदमाथि भएको दुर्व्यवहारको विरोधस्वरूप प्रदेश प्रमुखलाई सदनमा बहिष्कार गरिएको उनले स्पष्ट पारे। ‘वैशाख १९ गते प्रदेश सभाका माननीयमाथि जुन दुर्व्यवहार र धरपकड भयो, त्यो घटनाले विपक्षी गठबन्धनका सबै माननीय सदस्य प्रदेश सभामा बसेर उहाँ (प्रदेश प्रमुख) लाई सम्मान गर्नुपर्ने देखिएन’, मुख्यमन्त्रीलाई जवाफ दिँदै खानले भने।  

नेपाल समूहका दुई सांसद निर्णायक

वैशाख १९ गते बिहान बहुमत गुमाएको भन्दै राजीनामा दिएका मुख्यमन्त्री पोखरेल सोही दिन अपराह्न संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बने। तत्कालीन समयमा माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेपछि सांसद संख्या ८१ थियो। एमालेले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको भनिए पनि पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुअघि नै दाङकी विमला खत्रीले माओवादी रोजेकी थिइन्। आफ्नो हस्ताक्षर दुरूपयोग भएको दाबी उनको छ। अरू दुई सांसदले पनि सोही दिन विपक्षी गठबन्धनलाई साथ दिँदै माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि पोखरेलको पक्षमा ३८ सांसदमात्रै रहेको दाबी विपक्षीको छ।  

विपक्षी गठबन्धनले पोखरेलसँग बहुमत संख्या नभएकाले मुख्यमन्त्रीमा नियुक्त नगर्न प्रदेश प्रमुखलाई जानकारी गराउँदै आफ्नो पक्षबाट बहुमत सदस्यको हस्ताक्षर बुझाएको थियो। त्यसका बाबजुद प्रदेश प्रमुखले पोखरेलाई मुख्यमन्त्री नियुक्त गरे। विपक्षी गठबन्धन प्रदेश प्रमुखकै कार्यालयमा धर्ना बसेका बेला बल प्रयोग गरी प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालय पुगे र त्यहीं पोखरेललाइ सपथ खुवाए। प्रहरीले बल प्रयोग गर्दा केही महिला सांसद घाइते भए।  

गठन हुँदा एकल बहुमत भनिए पनि पोखरेल नेतृत्वको सरकारमा सोही दिन जसपाका विवादित ४ सांसदलाई पनि मन्त्री बनाइयो। पोखरेल सरकार अहिले संविधानको धारा १६८ (२) बमोजिमको स्वरूपमा छ। जसमा सरकार गठन भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। विपक्षी गठबन्धन पोखरेललाई बहुमत पुष्टि गर्न चुनौती दिँदै विश्वासको मत लिनुपर्ने अडानमा छ। तर पोखरेलले न यसअघि अविश्वास प्रस्तावको सामना गरे न अहिले विश्वासको मत लिने पक्षमा छन्। जेठ १९ गते राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले माधव नेपाल पक्षका दुई सांसदले विपक्षी गठबन्धनका उम्मेदवारलाई मत दिएपछि पोखरेल विश्वासको मत लिन डराएका हुन्। 

नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन विपक्षी सांसद सांकेतिक विरोधमा उत्रेर सदनमा अनुपस्थित हुँदा नेपाल पक्षका ती सांसद बैठकमा सहभागी भएपछि पोखरेलले बहुमत सदस्य सरकारसँगै रहेको दाबी दोहोर्‍याएका हुन्। विपक्षी गठबन्धन भने नेपाल पक्षका तिनै सांसदको सहयोगमा नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने रणनीतिमा छ। मुख्यमन्त्री पोखरेलले विपक्षीको रणनीति असफल बनाउन माधव नेपाल पक्षका सांसदलाई फकाइरहेका छन्। यता विपक्षी गठबन्धन पनि केन्द्रदेखि लबिङमा लागिरहेको बताइन्छ।

कुल ८७ सांसदमध्ये माओवादीका २ सांसद कारबाहीमा परेको र एमालेका दुई सांसदले राजीनामा दिएकाले अहिले सांसद संख्या ८३ छ। जसमा पोखरेलसँग एमालेका ३८ (दुईजना नेपाल पक्षका) र राजपाका ४ जना छन्। विपक्षी गठबन्धनमा ४१ जना छन्।
अर्को समाचार
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
५४ सेकेन्ड अघि
•
१ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 




केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन बोलाउन र संवैधानिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरेका हुन्।

पौडेलले सरकार गठनको सुरुवाती कमजोरीलाई अनुभवको कमीका रूपमा लिएर कांग्रेसले संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको कार्यशैली र नेतृत्वको सोचमाथि प्रश्न उठेको उनको भनाइ थियो। संसद्लाई छल्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

बैठकले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, विभिन्न प्रकरणमा राज्य शक्तिको दुरुपयोग र राजनीतिक हस्तक्षेप भएको भन्दै निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने निर्णय गरेको पौडेलले बताए।

कांग्रेसले अर्थतन्त्र कमजोर हुँदै गएको, महँगी बढेको र नागरिकको जनजीविका कठिन बनेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। निजी क्षेत्रको विश्वास फर्काउन, लगानीको वातावरण बनाउन तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उसको माग छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक माने पनि सीमा विवादलगायतका महत्त्वपूर्ण विषय उठाउन नसकेको भन्दै प्रश्न गरेको छ। भैरहवा हुँदै दुईतर्फी हवाई मार्ग सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई भने स्वागत गरेको पौडेलले जानकारी दिए।

बैठकले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रका बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पहल गर्नुपर्ने निर्णय गरेको छ। सुकुमबासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउने काम रोक्न र उनीहरूको व्यवस्थापन मानवीय ढंगले गर्न पनि कांग्रेसले माग गरेको छ।

त्यस्तै, पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायतका समिति गठनका लागि सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।

कांग्रेसले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ।

किसानका समस्या समाधान र उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने विषयलाई पनि बैठकले निर्णयमा समेटेको पौडेलले बताए। कांग्रेसले सरकारका कामकारबाहीमाथि संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने जनाएको छ।

https://images.nagariknewscdn.com/pdf/jpg2pdf.pdf
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
यो पनि पढौँ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस