काठमाडौं-नेकपा एमालेको स्थायी कमिटि बैठकले संसदीय दलको नेताबारे सहमित जुटाउन नसके पछि केन्द्रीय कमिटिको बैठकमा प्रस्ताव लाने भएको छ। आज बसेको स्थायी कमिटि बैठकले संसदीय दलको नेता चयनको लागि प्रयास गरेको थियो।
'संसदीय दलको नेताको बारेमा छलफल भए पनि सहमतिमा पुग्न सकिएन' एमाले सचिव युवराज ज्ञवालीले भने 'यसलाइ केन्द्रीय कमिटिबाटै टुंग्याउने निर्णय गरियो।'
बैठकले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा माहाधिवेसनमा प्रस्तुत गरिने दस्तावेज लेखनका लागि २५ सदस्यिय समिति गठन गरेको छ।
समितिका सदस्यमा विद्या भण्डारी, युवराज ज्ञवाली, विष्णु पौडेल र शंकर पोखरलेल लगायत छन्। यो निर्णयलाइ आइतबार बस्ने केन्द्रीय कमिटिबाट पारित गरिने सचिव ज्ञवालीले बताए।