काठमाडौं- एनेकपा माओवादीले बैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ। केन्द्रीय समितिले १ बर्ष पछि महाधिवेशन गर्ने भन्दै तत्कालको लागि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको नेता देबेन्द्र पौडेलले बताए।
बैठकले ७५ जिल्लामा नयाँ जिल्ला संयोजकहरु तय गरेको छ। यस्तै नेताहरुको कार्यविभाजन गरेको छ। नयाँ निर्णय अनुसार अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको प्रमुख रहने छन्। पूर्व उपाध्यक्ष बाबुराम भट्टराई स्कुलीङ विभाग प्रमुख, अर्का पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विदेश विभाग प्रमुख र पोष्टबहादुर बोगटीले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
संवैधानिक समिति वा सभामुख पार्टीको पोल्टामा आए कृष्णबहादुर महारालाई पठाउने एमाओवादीमा सहमति भएको छ। यता संसदीय दलको उप-नेतामा टोपबहादुर रायमाझीलाइ पठाउने भएको छ।
मुख्य सचेतकमा गिरिराजमणी पोखरेल र सचेतक महिला छान्ने निर्णय भए पनि नाम टुगो लागेको छैन।
बैठकमा भट्टराईले ११ बुँदे र श्रेष्ठले ९ बुँदे छलफलका बुँदा पेश गरेका थिए। पेश गरेका बुँदा अध्क्षयको दस्तावेजमा समावेस गर्ने पनि बैठकले निर्णय गरेको छ।