ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन
३१ जेष्ठ २०७८
•
४ मिनेट पाठ
ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ। ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ।  




विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो। नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, वाग्मती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ। ‘हामी सत्तापक्ष भएर पनि विपक्षीजस्तो बस्नुपर्ने अवस्था सिर्जना हुँदै थियो। (वाग्मती प्रदेशका) मुख्यमन्त्रीले मिल्ने आधार तय गरौं, केन्द्रलाई पनि यहींबाट दबाब दिनुपर्छ भनेपछि हामीले धेरै पक्षबारे छलफल गर्‍यौं’, नेपाल समूहकी नेत्री अष्टलक्ष्मी शाक्यले भनिन्, ‘मुख्यमन्त्रीले दलको बैठकमा बोलाएपछि त्यहाँ मैले हाम्रा कुरा राखें। त्यसपछि एकताबद्ध गरेर अघि बढ्न उहाँ सहमत हुनुभयो। प्रदेशमा पार्टीलाई एकजुट बनाएर अघि लैजान राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समाधान खोजी गर्ने सहमति भएको छ।’ प्रदेश १ मा पनि नेपाल समूहको सहयोगका कारण आइतबार नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। 

नेपाल समूहले प्रदेश सरकारका बजेट र नीति तथा कार्यक्रम पारित गर्न संस्थापन पक्षलाई समर्थन गरेपछि एमालेमा विवाद सुल्झिने आशा पलाएको छ। 
सर्वोच्च अदालतले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीलाई नचिन्ने आशयको फैसला बिहीबार गरेपछि ओलीले असहज महसुस गरेका छन्। यही बीचमा वाग्मती प्रदेशमा पार्टी एकताका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा एकजुट भएर प्रस्तुत हुने निर्णय नेपाल पक्षले गरेपछि एमालेभित्रको विवादले नयाँ मोड लिने देखिएको छ।

गण्डकी प्रदेशमा नेपाल पक्षका इन्द्रलाल सापकोटा र विष्णु पन्थीले पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत दिएका थिए। प्रदेश १ मा भीम आचार्यले पार्टी मिलाउन पहल गरिरहेका छन्। वाग्मती प्रदेशमा विवाद समाधानका लागि राजेन्द्र पाण्डेको संयोजकत्वमा कार्यदल बनाइएको छ। केन्द्रमा नेपाल पक्षले नयाँ दल दर्ता गर्ने कि एमालेभित्रै अन्तर्संघर्ष गर्ने भन्नेबारे छलफल गरिरहेका बेला प्रदेशमा नेपाल पक्षकै प्रभावशाली नेताहरूले संस्थापन पक्षलाई समर्थन गरेर एकताका लागि दबाब दिएका छन्।

नेपाल पक्षको यो रणनीतिबाट ओली समूहमै पार्टी मिलाउनुपर्छ भन्ने दबाब सुरु भएको छ। ‘आआफ्नो स्वार्थका लागि पार्टीलाई विभाजन उन्मुख गराउने नेताहरूलाई दबाब होस् भनेर यो निर्णय गरिएको हो। पार्टी, आन्दोलन र जनतालाई धोका दिनुहुँदैन, नेताहरूले सोच्नुपर्छ भन्ने सन्देश जाओस् भनेरै बजेट र नीति तथा कार्यक्रम पास गराउने निर्णय गरेका हौं’, एमाले स्थायी कमिटी सदस्य एवं नेपाल पक्षका प्रभावशाली नेता भीम आचार्यले भने। उनका अनुसार पार्टी एकतामा कुनै पनि सर्त लागु हुँदैन, २०७५ जेठ २ मा फर्केर नवौं महाधिवेशनले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यमा पार्टीलाई अघि बढाउने काम गर्नैपर्ने भएकाले पनि प्रदेश सरकार बचाउन निसर्त समर्थन गरिएको हो।  

ओली सच्चिने सम्भावना नभएकाले नयाँ पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने बताउँदै आएकी स्थायी कमिटी सदस्य शाक्यको पहलमा वाग्मतीमा पार्टी एकताबद्ध भएकाले विवाद सुल्झने सम्भावना पनि बढेको छ। ओली पक्षले राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापालाई मतदान नगरेको अभियोग लगाएर वाग्मती प्रदेशका नेपाल पक्षका सांसदलाई स्पष्टीकरण सोधिएको थियो। तर, मिलौं भन्दै लिखित रुपमा नै कारबाही फिर्ता लिएपछि नेपाल पक्ष पनि सहमत भएको हो।  

एमालेको आन्तरिक विवाद मिलाउने गरी केन्द्रीय कार्यालयमा दुवै पक्षका औपचारिक–अनौपचारिक बैठक बसिरहेका छन्। अध्यक्ष ओलीले ल्याएको ६ सूत्रीय एकताको प्रस्तावका आधारमा विवाद निरुपण हुनुपर्ने ओली पक्षको अडान छ भने नेपाल पक्षले संसद् पुनर्स्थापना गर्नुपर्ने, संसद् विघटनमा ओलीले गरेको कमजोरीमा आत्मआलोचना गर्नुपर्ने जस्ता विषय उठाएको छ।

ओली पक्षका नेताले आफूहरू एकताका लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किन तयार भए पनि नेता नेपालले वक्तव्य जारी गरेर झन् समस्या थपिएको गुनासो गरेका छन्। नेपाल पक्षका नेताहरूले भने अध्यक्ष ओलीको वक्तव्य गोलमटोल भएको, कारबाही फुकुवाको विषय नआएको, जेठ २ को न्यूनतम सर्त नमानेको, नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई ओलीको एकल निर्णयले हटाएको जस्ता विषयमा मौन रहेकाले थप स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।

ओली पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट पार्टीका सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। तर नेपाल पक्षले ओलीकै कमजोरीका कारण संसद् पुनर्स्थापना गर्न रिट दायर गर्नुपरेकाले हस्ताक्षर फिर्ता नहुने बताउँदै आएको छ। सो पक्षले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउनुपर्ने, फागुन २८ पछि भएका निर्णय खारेज गर्नुपर्ने सर्त राखेको छ।
अर्को समाचार
एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल
०८ भदौ २०७८
•
१ मिनेट पाठ
एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल
माधव कुमार नेपाले एमाले विभाजन हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन्। सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको आरोप लगाए।  




जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्नेछ। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ।

पार्टीमा एक अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन्। उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन्।

नेपालले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त निवदेनमा बुधवार निर्वाचन आयोगले नेताहरुलाई सनाखत गर्न बोलाएको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस