आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित
३१ जेष्ठ २०७८
•
२ मिनेट पाठ
आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित
निर्वाचन आयोगको फैसलाबाट कार्यकारिणी समितिमा बहुमत जुटाएको उपेन्द्र यादव पक्ष आक्रोशित भएको छ। कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्दागर्दै पनि असफल भएको महन्थ ठाकुर पक्षलाई भने राहत मिलेको छ।  




कार्यकारिणी समितिमा बहुमत जुटाएर आइतबार निर्वाचन आयोगमा दस्तावेज बुझाउने ठाकुर पक्षको तयारी थियो। यसका लागि आइतवार ठाकुर पक्षले कार्यकारिणी समितिको बैठक बोलायोे। आइतबार आयोगमा कागजपत्र बुझाउने अन्तिम दिन थियो। जेठ २३ मा निर्वाचन आयोगले भनेअनुसार ढाँचा पुर्‍याई दस्तावेज बुझाउन ठाकुर पक्षले एक साता मागेको थियो। सो समय आइतबार सकिँदै थियो।  

उपेन्द्र यादव पक्षले भने निर्वाचन आयोगले भनेको भोलिपल्टै आयोगले भनेअनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७४ को अनुसूची १८ बमोजिम ढाँचा पुर्‍याएर दस्तावेज बुझाएको थियो। ठाकुर पक्षले आइतबार दुईपटक कार्यकारिणी समितिको बैठक राख्यो। पहिलो बैठकमा उद्योगमन्त्री राजकिशोर यादव नै अनुपस्थित भए।

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।  
ठाकुर पक्षले फेरि दुई घण्टापछि अर्को बैठक राख्यो। अर्को बैठकमा जसपाका १९ जना मात्र कार्यकारिणी समिति सदस्य उपस्थित भए। त्यस बैठकमा राजकिशोर उपस्थित भएका थिए। बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित नभएपछि ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगमा दस्तावेज बुझाउन गएनन्। उनीहरू नयाँ पार्टी दर्ता गर्ने निष्कर्षमा पुगे। यस विषयमा पनि ठाकुर पक्षले बोलाएको कार्यकारिणीको बैठकमा छलफल भएको स्रोतको भनाइ छ। ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्न विधानको मस्यौदासमेत तयार पारेको छ। विधानमा दुईवटा अध्यक्ष राख्ने कि एउटा अध्यक्ष राख्ने भन्नेमा दुईवटा धारणा आएको स्रोतको भनाइ छ।

ठाकुर पक्षले दस्तावेज बुझाउने समय सकिएपछि आयोगले फैसला सुनायो। आयोगको फैसलाबाट ठाकुर पक्षलाई राहत पुगेको छ।

तर उपेन्द्र यादव पक्षका नेताहरू भने आयोगको निर्णयबाट आक्रोशित भएका छन्। उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले आयोगको फैसलाबाट आयोगको निष्पक्षता र तटस्थतामाथि गम्भीर प्रश्न उठेको बताए। ‘हामीले आयोगले भनेअनुसार नै सबै कागजात बुझाएका छौं। तपाईंहरूले बुझाएको कागजात सबै पुगेका छन् भनी आयोगले भनेको पनि थियो’, यादवले भने, ‘तर आयोगले अर्को निर्णय सुनायो। यसबाट हामी आश्चर्यचकित र दुखी भएका छौं।’ आयोगको निर्णयबाट राजनीतिक दलहरूमा अराजकता निम्तिने बताउँदै उनले अन्ततः लोकतान्त्रिक मूल्य र मान्यता ध्वस्त गर्ने प्रतिक्रिया दिए।
अर्को समाचार
निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
१५ साउन २०७८
•
१ मिनेट पाठ
निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका छन्।




ठाकुरले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गर्दै शुक्रबार रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्।

आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई साउन ११ गते आधिकारिकता दिएको थियो। १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस