काठमाडौं - नेकपा एमालेको संसदीय दलका नेतामा चयन भएका केपी ओलीले कांग्रेस-एमालेबाहेकको गठवन्धनबाहेकका कुनै पनि गठवन्धन अनैतिक हुने बताएका छन्।प्रेस चौतारी नेपालको १६ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले भने, 'एमाले अहिलेको अवस्थामा कांग्रेसलाई बाहिर राखेर अरु कसैसँग पनि गठवन्धन गर्ने पक्षमा छैन।'
कांग्रेसले सरकार गठनको प्रस्ताव ल्याउन ढिलो गरेको केपीको कथन थियो। 'कांग्रेसल सक्दिन भनेर हात उठावस् अनिमात्र एमालेको नेतृत्वमा हामी सरकार बनाउँला।'
कांग्रेसले सरकार गठनको प्रस्ताव ल्याउन ढिलो गरेको केपीको कथन थियो। 'कांग्रेसल सक्दिन भनेर हात उठावस् अनिमात्र एमालेको नेतृत्वमा हामी सरकार बनाउँला।'