सिरहा– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार होइन, संविधान निर्माणप्रति आफ्नो अर्जुन दृष्टि रहेको बताएका छन्।
'संघीय संविधान पार्टीको मुख्य एजेन्डा हो, हाम्रो दृष्टि त्यसमै केन्द्रित छ,' सिरहा ५ स्थित माध्यमिक विद्यालय चन्द्रोदयपुरमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुक्रबार उद्घाटन गर्दै दाहालले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं, सत्ताधारी बन्दैनौं।’
ठूलो र पहिलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमाले मिलेर छिट्टै सरकार बनाएको देख्न आतुर रहेको उनले सुनाए। 'प्रतिपक्षमा बसेर सहयोग गर्न हामी व्यग्र छौं,’ सिरहा ५ बाट निर्वाचित सभासदसमेत रहेका दाहालले भने, ‘निर्वाचनका बेला सिरहाबासीसँग गरेको विकासका प्रतिबद्धता बिर्सेको छैन।'