काठमाडौं– नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेसको सहभागिताविनाको सत्ता गठबन्धन दिगो नहुने बताएका छन्। युवा संघ नेपालले संसदीय दलको नेता चुनिएकोमा बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा ओलीले कांग्रेसको समर्थन र सहयोगबाट मात्र सरकार गठन हुने बताए। 'कांग्रेसबाहेकको सत्ता गठबन्धन अहिलेका लागि कृत्रिम हुन्छ। कांग्रेसले सरकार बनाउन नसके मात्रै एमालेले गठन गर्ने हो। तर उनीहरूको सहयोग र समर्थनबिना एमालेले सरकार बनाउँदैन,' ओलीले भने।
संघले सोही अवसरमा प्रमुख दलका नेताहरूलाई तीव्र गतिमा संविधान निर्माण गर्ने प्रतिबद्धतामा ध्यानाकर्षण गराउन खेलौना विमान उपहार दिएको थियो।
एमालेका सचिव शंकर पोखरेलले शान्ति सम्झौताको एक पक्ष एकीकृत एमाओवादी सत्ताबाहिर बस्न नसक्ने बताए। 'उहाँहरू १२ बुँदे सहमति, शान्ति सम्झौता, अन्तरिम संविधानको आधारमा नयाँ संविधान बन्नुपर्छ भन्नुहुन्छ,' पोखरेलले भने, 'त्यस्तो हो भने एकीकृत माओवादी कसरी विपक्षमा बस्नसक्छ!' उनले अहिलेको कार्यविधिबाट एक वर्षभित्र संविधान बन्न नसक्ने ठोकुवा गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले संविधान बन्ने आशमा जनताले कांग्रेस र एमालेलाई ठूलो दल बनाएको बताए। एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले विपक्षमा बसेर आफ्नो दलले संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरूको प्रवृत्ति पुरानै देखिएकाले चार वर्षमा पनि संविधान बन्न नसक्ने दाबी गरे। संविधानको प्रारम्भिक खाकाका बारेमा राजनीतिक दलहरूबीच सहमति हुनुपर्ने उनको भनाइ थियो।