'एमालेको मात्र भर पर्नु हुन्न'
२५ माघ २०७०
•
४ मिनेट पाठ
'एमालेको मात्र भर पर्नु हुन्न'
काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपति निर्वाचनको विषय उठाएर नेकपा एमालेले शक्ति बाँडफाँटमा बार्गेनिङ गरेको आरोप लगाएका छन्। ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ, मदन अमात्य, चन्द्र महर्जन र उदयशमशेर राणाले सरकार गठनमा अब एमालेको मात्र भर पर्न नहुने तर्क गरे। एमालेले शक्ति बाँडफाँटमा बार्गेनिङ जारी राखे एकीकृत माओवादीसहितका दलसँग मिलेर सरकार गठन गर्नुपर्ने धारणा राखेका थिए। 
पूर्व महामन्त्री गुरुङले एमालेसँग गठबन्धन निर्माण गरेर अघि बढ्ने कांग्रेसको पटक–पटकको प्रयास एमालेकै कारण सफल हुन नसकेको बताए। 'कांग्रेसले २०४६ सालदेखि नै एमालेस“गै गठबन्धन निर्माण गरेर अघि बढ्न खोज्यो, तर समर्थन गरेको भोलिपल्टैदेखि उनीहरूले काठमाडौंमा रेलिङ भा“च्न थाले,' गुरुङले भने, 'सरकार गठनमा अहिले एमालेले अर्घेल्याइ गर्योै भनेर दुःखमनाउ गर्नुको अर्थ छैन।'
गुरुङले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता पूरा गर्न पार्टीको आदर्श, मूल्य–मान्यतामा सम्झौता नगरी वार्ता र छलफलबाट अघि बढ्नुपर्ने बताए। 'कसरी हुन्छ आफ्नो नेतृत्वमा सरकार बनाउँदै संविधान निर्माणमा कांग्रेस लाग्नुपर्छ,' उनले भने, 'समयमै शान्ति, संविधानसहित राजनीतिक स्थायित्व दिन सके मात्र पार्टीको साख जोगिन्छ।' 
एमाले संसदीय दलका नेता केपी ओलीले संसदमा दिएको अभिव्यक्तिको पछि नलाग्न पनि गुरुङले नेतृत्वलाई आग्रह गरेका छन्। थापाकै योगदानका कारण ललितपुरमा ५५ वर्षपछि कांग्रेस विजयी भएको गुरुङको दाबी थियो। 
ललितपुर कांग्रेसका सभापति एवं तीन नम्बर क्षेत्रका सभासद मदन अमात्यले अघिल्लो संविधानसभाका कामको स्वामित्व लिन तयार हुने एमालेले राष्ट्रपतिलाई संविधानसभाले चिन्दैन भनेर कुतर्क गरेको आरोप लगाए। 'राष्ट्रपतिको विषयलाई लिएर एमालेले अड्को थाप्छ भने नेतृत्वले अन्य विकल्प पनि सोच्नुपर्छ,' अमात्यले भने। 
ललितपुर २ का सभासद चन्द्र महर्जनले एमालेले निहु“ खोजे एमाओवादीलगायत अन्यस“ग मिलेर भए पनि सरकार गठन गर्न कांग्रेस लाग्नुपर्ने बताए। 
ललितपुर १ सभासद उदयशमशेर राणाले सरकार गठन तथा संविधान निर्माणमा नेतृत्व गर्ने जनादेश कांग्रेसलाई भएको बताए। 
ललितपुर कांग्रेसका तत्कालीन सचिव थापाको एक वर्षअघि निधन भएको हो। थापाको नाममा स्थापना भएको प्रतिष्ठानले असहाय, बालबालिकालाई सहयोग गर्ने जनाएको छ।
अर्को समाचार
कांग्रेस नेताहरुले भने:सरकार गठनमा एमालेको मात्र भर पर्नु हुन्न
२५ माघ २०७०
•
५ मिनेट पाठ
कांग्रेस नेताहरुले भने:सरकार गठनमा एमालेको मात्र भर पर्नु हुन्न
काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपति निर्वाचनको विषयलाई उठाएर नेकपा एमालेले शक्ति बाँडफाँटमा बारगेनीङ गरेको आरोप लगाएका छन्।

ध्रुब थापा स्मृति प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री कूलबहादुर गुरुङ, मदन अमात्य, चन्द्र महर्जन र उदयशम्शेर राणाले सरकार गठनमा अब एमालेको मात्र भर पर्न नहुने र्तक गरेका छन्। एमालेले शक्ति बाँडफाँटमा बारगेनीङ जारी राखे एकीकृत माओवादीसहितका दलसँग मिलेर सरकार गठन गर्नु पर्ने धारणा राखेका छन्। सरकार गठनका लागि एमालेको मात्र भर नपर्ने सुझाव दिंदै उनीहरुले विकल्प खोज्न नेतृत्वलाई आग्रह गरे।

पूर्व महामन्त्री गुरुङले एमालेसँग पटक पटक गठबन्ध निर्माण गरेर अघि बढ्ने कांग्रेसको प्रयास एमालेकै कारण सफल हुन नसकेको बताए। 'कांग्रेसले २०४६ सालदेखि नै एमालेसँगै गठबन्धन निर्माण गरेर अघि बढ्न खोज्यौ तर, समर्थन गरेको भोलिपल्टैदेखि उनीहरुले काठमाडौंमा रेलिङ भाँच्न थाले,' गुरुङले भने, 'सरकार गठनमा अहिले एमालेले अर्घेल्याइ गर्‍यो भनेर किन दुःख मनाउ गर्नुको अर्थ छैन।'

गुरुङले एक बर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धता पुरा गर्न पार्टीको आदर्श, मूल्य मान्यतामा सम्झौता नगरी नयाँ सरकार गठनका लागि सबै दलसँग वार्ता र छलफल अघि बढाउनु पर्ने जिकिर गरे। 'कसरी हुन्छ पार्टी नेतृत्वमा सरकार बनाउदै कांग्रेस संविधान निर्माणमा लाग्नुपर्छ,' गुरुङले भने, 'समयमै शान्ति, संविधानसहित राजनीतिक स्थायित्व दिन सकेमात्र पार्टीको शाख जोगिनेछ।' एमाले संसदीय दलका नेता केपी ओलीले संसदमा दिएको अभिव्यक्तिको पछि नलाग्न पनि गुरुङले नेतृत्वलाई आग्रह गरे।

आन्दोलनमा सहिद भएकाहरुको भन्दा थापा्के कांग्रेसमा पुर्‍याएको योगनाद कम नभएको भन्दै गुरुङले भने, 'पार्टीका लक्ष्यप्रति इमान्दारिता र प्रभावकारीता उहाँले कहिल्यै कन्जुस्याई गर्नुभएन।'

थापाले पुर्‍याएको योगदानका कारण ललितपुरमा ५५ वर्षपछि कांग्रेस विजयी भएको गुरुङले दाबी गरे।

कार्यक्रममा ललितपुर कांग्रेस जिल्ला सभापति एबं तीन नम्बर क्षेत्रका सभासद् मदन अमात्यले अघिल्लो संविधानसभाका कामको स्वामित्व लिन तयार हुने एमाले राष्ट्रपतिलाई संविधानसभाले चिन्दैन भनेर कुर्तक गरेको आरोप लगाए। 'राष्ट्रपतिको विषयलाई लिएर एमालेले टाङ अड्याउँछ भने नेतृत्वले अनय विकल्पमा पनि सोच्नु पर्छ,' अमात्यले भने, 'कसरी हुन्छ मुलुकले त्तकाल नयाँ सरकार पाउनु पर्छ, त्यसतर्फ नेतृत्वको ध्यान पुग्नु पर्‍यो।'

ललितपुर २ का सभासद् चन्द्र महर्जनले पनि एमालेले निहु खोजे अन्य माओवादीसग मिलेर भए पनि सरकार गठन गर्न लाग्नुपर्ने बताए। 'पार्टीमा अमूल्य योगदान पुर्‍याउनेहरुकै बलमा कांग्रेस विजयी भएको छ' महर्जनले भने, 'एमालेले समर्थन गर्दैन भने एकीकृत माओवादीको समर्थन लिगेर सरकार बनाउनु पर्छ।'

ललितपुर १ सभासद् उदयशमशेर राणाले पनि संविधानको स्वामित्व लिन तयार हुने तर त्यही संविधानसभाले चुनेका राष्ट्रपति र उपराष्ट्रपति मान्दैनौं भन्नु उचित नभएको बताए। 'सरकार गठनदेखि संविधान बनाउने नेतृत्व गर्ने जनादेश कांग्रेसलाई छ' राणाले भने, 'सबै पार्टीलाई मिलाएर अघि बढ्न कांग्रेस तयार छ।'

कार्यक्रममा थापाले कांग्रेसमा पुर्‍याएको योगदानको सबैले प्रशंसा गरेका थिए। थापा ललितपुर कांग्रेसको सचिव थिए। उनको एक वर्षअघि निधन भएको हो।

थापाको नाममा स्थापना गरीएको प्रतिष्ठानले असहाय, बालबालिकाको सहयोगमा काम गर्ने जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस