काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकार गठनमा सहयोग माग्दै वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारीपछि सरकारको नेतृत्व सुम्पने आश्वासन दिएका छन्।
सरकार गठनलगायतका विषयमा छलफल गर्न शनिबार बिहान देउवा निवास पुगेका सभापति कोइरालाले सरकार गठनमा देउवासँग सहयोग मागेका हुन्। वरिष्ठ नेता देउवाले पार्टी नेतृत्वमा सरकार गठन गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने सभापति कोइरालालाई बताएका थिए। सरकार गठनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको जनाउँदै देउवाले गृहकार्यमा जुट्न आग्रह गरेका थिए। उनले सरकार विस्तारमा समेत सहयोग गर्ने आश्वासन दिए।
देउवाले आन्तरिक एकताका लागि आफू सधैं सकारात्मक रहेको कोइरालालाई बताएका थिए। पार्टीलाई मिलाएर लैजानुपर्छ भन्नेमा आफू सधैं रहेको जनाउँदै उनले त्यसका लागि कोइरालासँग प्रस्तावसमेत गरे।
देउवाले विगतको सहमतिसमेत कार्यान्वयन नभएको कोइरालालाई स्मरण गराएका थिए। उनले पार्टीभित्रका सबै विषयलाई टुंगो लगाएर अघि बढ्नुपर्ने भन्दै दुवै तर्फबाट दुई–दुई जनालाई जिम्मेवारी दिन प्रस्ताव गरेका थिए।
अढाइ घन्टा लामो भेटका क्रममा सभापति कोइरालाले आन्तरिक एकताको पक्षमा आफू पनि रहेको बताएका थिए। तर केन्द्रीय समिति, विभागलगायतका सबै विषय टुंगो लगाउने विषयमा उनले केही नबोलेको स्रोतले जनायो।
सहमहामन्त्री पूर्णबहादुर खड्काले दुई नेताबीच अहिलेको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको जानकारी दिए। 'सरकार गठनका साथै अहिलेको अवस्थाको विषयमा छलफल भयो,' खड्काले भने, 'भेट अत्यन्त सौहार्दपूर्ण भयो।'
संसदीय दलको नेतामा निर्वाचित भएपछि कोइराला पहिलो पटक देउवालाई भेट्न निवास पुगेका थिए। झन्डै छ दशक एउटै पार्टीमा बसेर काम गरे पनि दुई नेताले मात्र यति लामो समय बिताएको यो पहिलो पटक हो।
दोस्रो तहका नेताहरूले आन्तरिक एकताविना अन्य दलसँगको वार्ता प्रभावकारी नहुने भन्दै कोइरालालाई वरिष्ठ नेता देउवासँग कुरा गर्न सुझाएका थिए। नेताहरूको आग्रहपछि कोइराला बिहानको खाना खाने गरी देउवा निवास पुगेका हुन्।