कांग्रेस-एमालेबीचको गाँठो कसरी फुक्यो?
२६ माघ २०७०
•
११ मिनेट पाठ
कांग्रेस-एमालेबीचको गाँठो कसरी फुक्यो?
दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम घोषणा भएको दिनदेखि नै कांग्रेस–एमाले संयुक्त सरकारमा जोड दिइए पनि यी दुई प्रमुख दल आइतबार बिहानसम्म सहमतिमा आएका थिएनन्। एमालेले राष्ट्रपति र उपरराष्ट्रपतिको चुनाव तत्काल हुनुपर्ने अडान छाडेको थिएन भने कांग्रेस राष्ट्रपतिको मूल्य चुकाएर एमालेसँग सत्ता साझेदारी गर्न कुनै हालतमा तयार थिएन।




शनिबार राति अबेरसम्म भएको वार्तामा राष्ट्रपति निर्वाचनबारे अडान यथावत रहेपछि दुवै दलले आ–आफ्नै ढंगले अघि बढ्ने सुर कसिसकेका थिए। एमालेले आफू पनि प्रधानमन्त्रीको उम्मेदवारी दिने तयारीका साथ संसद सचिवालयबाट फारम लगेको थियो। कांग्रेसले त 'राष्ट्रपति चुनावको कुरा उठाएर एमाले खोँचे थापिरहन्छ भने एकीकृत माओवादीसँग मिलेर भए पनि सरकार बनाउने' सोच बनाइसकेको थियो। माओवादीको पनि समर्थन नरहे बरु सरकारै छाड्ने तर राष्ट्रपतिको निर्वाचन गर्ने पक्षमा सहमत नहुने उसको अडान थियो।
प्रधानमन्त्री निर्वाचन प्रक्रिया एक साता पछि सारेर एमाओवादी र अन्य साना दलसँग सहमति गरी अघि बढ्ने तयारीमा लागेको कांग्रेसले आइतबार बिहानै माओवादीसँग वार्तासमेत गर्योस।
सभापति सुशील कोइरालासहितका कांग्रेस नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बिहानै उनको निवास पुगेका थिए। छलफलमा कांग्रेसले 'एमालेसँग कुरा नमिलेको' भन्दै सत्ता साझेदारी गर्न एमाओवादीलाई औपचारिक प्रस्तावै गर्योल।
'माओवादीसँगको वार्ता एमालेलाई दबाब दिने उद्देश्यले मात्र गरिएको थिएन,' कांग्रेसका एक नेताले नागरिकसँग भने, 'राष्ट्रपति निर्वाचनको विषयमा सहमति जुट्न नसकेकाले माओवादीसँग सरकार गठबन्धनबारे गम्भीर छलफल गरेर अघि बढ्ने नै हाम्रो तयारी थियो।' 
कांग्रेसको यो तयारीविपरीत एमाओवादी अध्यक्ष दाहालले भने एमालेसँगै सहकार्य गर्न सहज हुने बताए। एमालेसँग सहमति हुनै नसकेको अवस्थामा कांग्रेस नेतृत्वको सरकारलाई बाहिरैबाट समर्थन गर्ने आश्वासन पनि उनले दिए। 'अहिलेको अवस्थामा कांग्रेस र एमालेकै सहकार्य सहज हुन्छ,' अध्यक्ष दाहालले कांग्रेससँगको बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'एमालेसँग सहमति भएन भने कांग्रेस नेतृत्वको सरकारलाई हामी बाहिरैबाट समर्थन गर्छौं।' माओवादीले समर्थन गरेको अवस्थामा साना दललाई पनि मिलाएर सजिलै सरकार बनाउन सकिने कांग्रेसको मनसाय थियो।
उता एमालेले पनि कांग्रेससँग सहमति नभए उपाध्यक्ष विद्या भण्डारीलाई प्रधानमन्त्रीमा अघि सार्ने योजना बनाएको एक नेताले जानकारी दिए। प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्न नपाइने प्रावधानका कारण एमालेले भण्डारीको नाम अघि सारेको स्रोत बताउँछ।
यसरी दुवै दल परस्परविरोधी तयारीमा अघि बढिसकेको अवस्थामा आइतबार दिउँसो एकाएक फेरि सहमतिको निम्ति वार्ता सुरु भयो। कांग्रेसका दोस्रो तहका केही नेताले माओवादीसँग मिलेर जाँदा संविधान बन्ने सम्भावना कम हुने तर्क गर्दै एमालेसँगै सहकार्य गर्नुपर्नेमा जोड दिए। एमालेभित्र पनि कांग्रेसबाहेकको गठबन्धन दीर्घकालीन हुन नसक्ने तर्क बढ्दै गयो। अहिले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अड्को थाप्दा समयमा संविधान लेखन पूरा नहुने र त्यसले राजनीतिक क्षति हुने भन्दै दबाब चर्कियो।
यसैबीच कांग्रेस संसदीय दलले सहमतिको निम्ति एमालेलाई चारबुँदे प्रस्ताव पठायो। जसमा संविधानसभामा राजनीतिक प्रस्ताव ल्याएर वर्तमान राष्ट्रपति तथा उपरराष्ट्रपतिलाई अनुमोदन गर्ने तथा एक वर्षभित्र संविधान जारी भएपछि संविधानसभा/व्यवस्थापिका–संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने प्रस्ताव थियो। यसका लागि नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि कांग्रेसले गरेको थियो।
यही प्रस्तावमाथि दुवै दलका नेताबीच आइतबार दिनभरि आठ–नौ चरण वार्ता भए। कांग्रेस आफ्नो अडानमा एक कदम पछि हटेर राष्ट्रपति तथा उपरराष्ट्रपतिलाई वर्तमान संविधानसभाबाट अनुमोदन गराउन राजी भएपछि तत्काल चुनाव गराउने अडान छाड्न तयार हुनुपर्ने धारणा एमाले नेताहरूबाटै आयो।
एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य घनश्याम भुषाल लगायत नेता सुरुदेखि नै राष्ट्रपति निर्वाचनलाई लिएर अड्को थाप्न हुँदैन भन्दै लबिङ गरिरहेका थिए। उनीहरूको जोड राष्ट्रपति तथा उपरराष्ट्रपतिलाई वर्तमान संविधानसभाबाट अनुमोदन गराएर निरन्तरता दिन सकिन्छ भन्ने नै थियो।
'यो अड्काएर राख्ने विषय होइन भनेर हामीले सार्वजनिक रूपमै भन्दै आएका थियौं,' पाण्डेले आइतबार नागरिकसँग भने, 'पार्टी (एमाले) भित्र पनि सुरुदेखि नै यसलाई मान्ने कि नमान्ने भन्नेबारे छलफल चलिरहेको थियो।'
कांग्रेसको प्रस्तावपछि एमाले स्थायी समितिका सबै सदस्य आइतबार दिउँसो संविधानसभा भवनमा भेला भए। त्यहीँ स्थायी समिति बैठक बस्यो। सबैको जोड एक वर्षभित्र संविधान लेख्न कांग्रेससँगै मिलेर जानुपर्छ भन्ने थियो। उनीहरूले कांग्रेसको नयाँ प्रस्तावबाट सैद्धान्तिक रूपमा एमालेकै जित भएको तर्क अघि सारे। बरु यसको निम्ति संविधानसभाको अध्यक्ष पद दाबी गर्नुपर्ने कुरा उठ्यो। त्यहीअनुरुप थप छलफल अघि बढ्यो। 
अन्तिममा 'संविधानसभाका अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गरी मतदान गर्ने' लगायत बुँदा थपेर सातबुँदे सहमति सार्वजनिक गरियो। कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद वडुले सुरुमा सार्वजनिक गरेको सहमतिमा छ बुँदा मात्र उल्लेख थियो। पछि छैठों बुँदालाई सात नम्बरमा सारेर संविधानसभा अध्यक्षसम्बन्धी सहमति छ नम्बरमा राखिएको हो।
गृह एमालेलाई
दुई दलबीच विभिन्न चरणमा भएका छलफल प्रमुख मन्त्रालय बाँडफाँटमा पनि केन्द्रित भयो। स्रोतअनुसार एमालेले गृहसहित सञ्चार र सामान्य प्रशासन मन्त्रालय पाउने पक्का भएको छ। एमालेले समर्थन गर्न राजी हुनुको एउटा कारण गृह मन्त्रालय पाउनु पनि हो। कांग्रेसले भने अर्थ, परराष्ट्र र रक्षा मन्त्रालय आफ्नो भागमा राखेको छ। अन्य मन्त्रालय भने आपसी सहमतिका आधारमा तय गर्ने सहमति भएको छ। साना दललाई सरकारमा सहभागी गराउने अवस्थामा कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति गरेको स्रोतको दाबी छ। 
एमालेबाट सरकारको नेतृत्व गर्दै उपाध्यक्ष वामदेव गौतम सहभागी हुनेछन्। सभापति कोइरालापछि कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंह दोस्रो र सरकारमा भने तेस्रो मर्यादाक्रममा रहने छन्। सिंहलाई पार्टी संसदीय दलको निर्वाचनअघि नै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन सभापति कोइराला राजी थिए। 
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने मन्त्रालय बाँडफाँटमा कुनै सहमति नभएको दाबी गरे। 'प्रधानमन्त्रीमा कांग्रेसलाई समर्थन गर्ने भन्ने एमालेसँग सहमति भएको छ,' उनले भने, 'आपसी सहमतिमा मन्त्रालय टुंगो लाग्नेछ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस