काठमाडौं- सुशील कोइरालाले मंगलबार प्रधानमन्त्रीको सपथ ग्रहण गरेलगत्तै अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारको कार्यकाल सकिँदैछ। कुन दलको नेतृत्वमा सरकारले निर्वाचन गराउने भन्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठन भएको थियो। सरकारले दलहरूको म्यान्डेटअनुसार नै चुनावी सम्पन्न गराएका छन्। मंसिर ४ गते झन्डै ८० प्रतिशत मतदाताले भाग लिएको मतदानबाट चुनिएका जनप्रतिनिधिमार्फत प्रधानमन्त्री चयन भइसकेका छन्।
कोइराला नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संविधानसभा भवनमा बोल्दै रेग्मीले जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर आफूले जिम्मेवारी पूरा गरेको र त्यो नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको बताए। रेग्मीले भनेझैं यो सरकारको सबैभन्दा महŒवपूर्ण उपलब्धि भनेकै दोस्रो संविधानसभा निर्वाचन हो।
सर्वोच्च अदालतमा प्रधानन्यायाधिशसमेत रहेका रेग्मीले दलहरूबीच भएको ११ बुँदे सम्झौता र राष्ट्रपतिद्वारा गरिएको २५ बुँदे बाधाअडकाउ फुकाउ आदेशअनुसार गत चैत १ गते रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
निर्वाचनकै लागि गठन भएकाले उक्त सरकारका काम नीति, विकास निर्माणभन्दा पनि संविधानसभा निर्वाचनमै केन्द्रित भयो। सरकार गठनलगत्तै रेग्मीले निजामती सेवामा लामो समय बिताएका विशिष्ठ श्रेणीका पूर्व प्रशासकहरूलाई मन्त्री बनाएका थिए। दलीय सहमतिअनुसार नै ११ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो। आकार सानो भएकाले मन्त्रालय बाँडफाँटमा झमेला भएन।
अन्तर्मुखी स्वभावका अध्यक्ष रेग्मी सानोतिनो विवाद वा विरोधले पछि हट्ने मान्छे होइनन् भन्ने गत चैतयताका विभिन्न सन्दर्भले पुष्टि गरिसकेका छन्। नेपाल बार एसोसिएसन र सिंगै न्याय क्षेत्रले विरोध गर्दागर्दै पनि उनले मंसिरभित्रै चुनाव गराउने चुनौतीपूर्ण जिम्मेवारी लिएर सरकारको नेतृत्व सम्हालेका थिए।
प्रधानन्यायाधीशको समेत भूमिकामा रहेका रेग्मीले सरकारको नेतृत्व गरेपछि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै नेपाल बार एसोसिएन र कानुन व्यवसायीले लामो समय आन्दोलन गरेका थिए। मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले त चुनाव बहिष्कारै गर्योल, तर उनी पछाडि हटेनन्। पछि वैद्य माओवादीसँगको वार्ताका क्रममा दलहरूले नै उनलाई प्रधानन्यायाधीश पदबाट हटिदिन आग्रह गर्दा पनि उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर देखाइदिए।
माओवादीलगायतका दलको विरोधका बाबजुद पनि सरकारले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको थियो। निर्वाचन हुने अघिल्लो दिनसम्म स्वयं दलका नेता नै निर्वाचन हुने/नहुने अन्योल थिए। तर ऐतिहासिक जनसहभागितामा चुनाव भयो।
रेग्मी नेतृत्वको सरकार गठन भएपछि सम्पूर्ण नियुक्ति र निर्णय दलीय सहमतिमै गरिएको थियो। सरकारले दलीय सिफारिसको आधारमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, सर्वोच्च अदालतलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेको थियो। अख्तियारमा प्रमुख आयुक्त लोकमान सिंहको नियुक्तिको विषयलाई लिएर दलभित्र र बाहिरबाट विरोध भएको थियो।
सरकारले विगतमा झैं राजनीतिक कार्यकर्ता पोस्न गैरकानुनी निर्णय गरेन। सुशासन कायम गर्ने विषयमा रेग्मी स्वयं चनाखो रहे। पूर्व मुख्यसचिवसमेत रहेका गृहमन्त्री माधवप्रसाद घिमिरे सरकारको अवधिभर रेग्मीका विश्वासिला पात्र भए। घिमिरेसँगकै परामर्शमा रेग्मी निर्णय गर्थे।
सरकारकै केही मन्त्री र पदाधिकारीले भने आफ्नो जिम्मेवारीको दुरूपयोगसमेत गरे। अर्थमन्त्री शंकर कोइराला, पर्यटनमन्त्री रामकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्त सबैभन्दा विवादित बने। राज्यको ढुकुटी प्रक्रियाविनै जो पायो त्यसलाई बाँडेर अर्थमन्त्री कोइराला विवादित बने। पूर्वाधार निर्माण, नियुक्तिलगायतका काममा श्रेष्ठ र पन्त पनि विवादमा तानिए। मन्त्रीहरूले सार्वजनिक महŒवबाहेक आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा पनि मागेका र मिल्नेजतिलाई अनुदान दिए। तर पछिल्लो समय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति र अन्य केही नियुक्तिको विषयलाई लिएर सञ्चारमन्त्री माधवप्रसाद पौडेल पनि विवादमा आए। सरकारका अधिकांश मन्त्रीले राजनीतिक नेताले जस्तै केन्द्रीय विकास योजना आफ्नो ठाउँतिर पारे।
अन्य राजनीतिक दलका सरकारको पालामा भन्दा रेग्मी सरकारको ११ महिने कार्यकालमा प्रशासनिक सुधार भएको प्रशासकहरू नै बताउँछन्। दलीय सहमति भएको अवस्थामा बाहेक सरकारका निर्णय र गतिविधिमा राजनीतिक दल र भ्रातृ संगठन हाबी हुन पाएनन्। एकाध मन्त्रीबाहेक सरकारले कहिल्यै पनि आपराधिक गतिविधिमा लागेकाको संरक्षण गरेन।
निर्वाचनका लागि आवश्यक पर्ने कानुनबाहेक सरकारले सम्पत्ति शुद्धीकरण निवारण दोस्रो संशोधन अध्यादेश र कसुरजन्य सम्पत्ति साधन रोक्का, नियन्त्रण तथा जफत अध्यादेश जारी गरेको थियो।
यही सरकारले नेपाल वायुसेवा निगमलाई जहाज र सेनालाई हेलिकप्टर किन्ने प्रक्रिया अघि बढायो। तर यो निर्णयलाई लिएर केही टीकाटिप्पणी भएको छ।
रेग्मी सरकारको सबैभन्दा बढी आलोचना भने विदेश भ्रमण गर्दा भयो। यो सरकारले विदेश भ्रमणमा विगतका सरकारलाई उछिन्यो। अन्य कर्मचारी गए हुने कार्यक्रममा सरकारका प्रभावशाली मन्त्रीहरू आफंै पुगे। राजनीतिक नियुक्ति हुने ठाउँमै मन्त्रीहरूले सकभर आफन्त र चिनेजानेकै मान्छे राखे।
सरकार र राष्ट्रपतिबीच भने त्यति सौहार्द सम्बन्ध रहेन। पछिल्लोपटक त झन् रेग्मी र राष्ट्रपति रामवरण यादवबीच संविधानसभा बैठक कसले आह्वान गर्ने भन्ने विषयमा लामो समय विवाद भयो। जसका कारण निर्वाचन परिणाम घोषणा भएको करिब महिनादिनसम्म बैठक बस्न सकेन। अन्ततः रेग्मी आफंैले माघ ८ गते संविधानसभाको पहिलो बैठक बोलाए।
रेग्मी सर्वोच्च फर्कन्छन् कि फर्कदैनन् भन्ने अड्कलबाजी भइरहेका बेला उनी भने सर्वोच्च नफर्कने मनस्थितिमा पुगेका छन्। उनी राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष वा संवैधानिक समितिको सभापति हुने अड्कलबाजी पनि भइरहेको छ। सर्वाच्चमा जान नदिन नेपाल बार एसोसिएसन तथा कानुन व्यवसायीले आन्दोलन गर्ने भएपछि रेग्मी राजीनामा दिने मनस्थितिमा पुगेको रेग्मीनिकट स्रोतले बतायो। रेग्मीको प्रधानन्यायाधीशको कार्यकाल भने २०७१ जेठ १८ गतेसम्म छ।