कोइरालालाई भारत भ्रमणको निम्तो
२७ माघ २०७०
•
२ मिनेट पाठ
कोइरालालाई भारत भ्रमणको निम्तो
काठमाडौं- नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले बधाई दिएका छन्। व्यवस्थापिका संसदबाट सोमबार कोइराला प्रधानमन्त्री चयन भएलगत्तै भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई टेलिफोनबाट बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए।सिंहले भारतीय जनता र आफ्नो तर्फबाट प्रधानमन्त्री कोइरालालाई लिखित बधाई सन्देशसमेत पठाएको कोइरालाको निजी सचिवालयले जनाएको छ। 'प्रधानमन्त्री पदमा तपाईंको विजय राजनीतिक संक्रमणमा रहेको नेपालले हालै हाशिल गरेका प्रजातान्त्रिक उपलब्धिलाई संस्थागत र एकीकृत गर्न थप महत्वपूर्ण कोशेढुंगा हुनेछ,' कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
'तपार्इंको विवेकपूर्ण नेतृत्व र मार्गदर्शनले नेपालमा स्थायित्व र आर्थिक विकासलाई सबल बनाउनेछ, बृहद सम्भाव्य सहमति र तपाईंको मुलुकका सबै वर्गका नागरिकको इच्छालाई विम्बित गरी नयाँ संविधान घोषणाको वातावरण बनाउन सघाउनेछ,' सिंहको सन्देशमा भनिएको छ। 
भारतीय प्रधानमन्त्री सिंहले नेपाली जनताको राजनीतिक स्थायित्व, प्रजातन्त्र र समृद्धिको चाहनालाई आपसमा साझेदारी गर्ने तथा नेपाल सरकार र नेपाली जनतालाई लक्ष्य प्राप्तिमा सहयोग गर्ने पनि बताएका छन्। उनले दुवै देशको हितका लागि सम्बन्ध अझ प्रगाढ बनाउने जनाएका छन्। 'जीवनका हरेक पक्षका अनुपम र गहन सम्बन्धले वेष्ठित निकट छिमेकी भएकाले हाम्रा भाग्य जोडिएका छन्,' सिंहको सन्देशमा भनिएको छ।
सिंहले नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निमन्त्रणासमेत दिएका छन्। भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री सिंहको बधाई सन्देश कोइरालालाई भेटेर दिएका हुन्।


अर्को समाचार
प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्तो
१९ साउन २०७१
•
७ मिनेट पाठ
प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्तो
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालालाई उचित समयमा भारतको भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलनमा आफू नेपाल आउने जानकारी गराउँदै प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्ता गरेका हुन्।
दुई देशबीच राजनीतिक तहमा वार्ता र संवादको प्रक्रिया सुरु भएको र १७ वर्षपछि छिमेकी राष्ट्रका कार्यकारी प्रमुखको नेपाल भ्रमणको नेपाल भ्रमणले आपसी सम्बन्ध नयाँ उचाइमा स्थापित भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जनाए।
राससका अनुसार विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले कर्मचारी तहमा मात्रै रहेको सम्बन्ध राजनीतिक तहमा विस्तार भएको र आगामी दिनमा सो सम्बन्ध अझ प्रगाढ हुने वातावरण बनेको बताए। दुई देशबीचमा रहेको आपसी अविश्वास भारतीय प्रधानमन्त्रीको मोदीले आइतबार संविधानसभा–व्यवस्थापिका–संसदमा गरेको सम्बोधनले हटेको उहाँको कथन थियो।
गौतमबुद्धको जन्मस्थलको विषयमा संसारभर रहेको गलत प्रचारसमेत प्रधानमन्त्री मोदीको सम्बोधनले प्रस्ट भएको बताउँदै परराष्ट्रमन्त्री पाण्डेले भने, 'सबै अविश्वासका बादल सफाचट भएका छन्, आगामी दिनमा सम्बन्ध उन्नत तहमा विस्तार हुन्छ।'
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुलुकले के पायो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले १७ वर्षपछि भएको प्रधानमन्त्री तहको भ्रमणले दुवै देशबीचको राजनीतिक सम्बन्धमा नयाँ कोसेेढुंगा थपेको बताए। उनले सदनमा गरेको सम्बोधनका क्रममा एक खर्ब सहुलियत ऋणको घोषणा र पशुपति क्षेत्रको संरक्षण र सम्वर्द्धनका लागि ४० करोड रुपैयाँ सहयोग पनि भ्रमणको उपलब्धि रहेको जनाए।
लामो समयदेखि प्रक्रिया अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एक वर्षभित्र प्राधिकरण गठन गर्ने विषयमा समझदारी जानकारी गराउँदै मन्त्री पाण्डेले सो सम्बन्धमा कागजातसमेत आदानप्रदान भएको बताए। यस्तै विद्युत् खरिद सम्झौता (पिटिए) र परियोजना विकास सम्झौता(पिडिए)को विषयमा आवश्यक तयारी नपुगेकाले आगामी ४५ दिनभित्र सबै पक्षसँग छलफल गरी सहमतिमा पुग्ने विषयमा दुई प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएका छन्।
'हतारोमा काम गर्ने र फुर्सदमा पछुताउनुभन्दा सबै पक्षलाई मिलाएर दीर्घकालीन लाभका हिसाबले काम गर्नुपर्दछ भन्नेमा हामी दुवै पक्षको मतैक्य रह्यो, दुई मुलुकको आपसी विश्वासका आधारमा ती दुवै सम्झौता गरिनेछ,' उनले भने।
लामो समयदेखि विवादित रहँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनका सम्बन्धमा प्रधानमन्त्री मोदीले नेपालको स्पष्ट धारणाबारे जिज्ञासा राखेको मन्त्री पाण्डेले अवगत गराए।
नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ५:३५ बजे भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश लागेका हुन्। उनको सम्मानमा नेपाली सेनाले उनको सम्मानमा १९ तोपको सलामी दिएको छ। उनलाई विदाई गर्न प्रधानमन्त्री सुशील कोइराला स्वयं त्रिभुवन विमानस्थल पुगेका थिए। बिदाइका बेला प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिमा उपहार दिए। उनलाई बिदाइ गर्न सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्य, मुख्यसचिव लीलामणि पौडेल, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायत विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री मोदी आगामी नोभेम्बरमा काठमाडौंमा आयोजना हुने सार्क शिखर सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुनः नेपाल आउने कार्यक्रम छ।

अन्य-



मोदीले मधेसी नेताहरुलाई भने- क्षेत्रीयताको मात्र कुरा नगर्नोस्




मोदीले पशुपतिमा के के गरे ? (फोटो फिचर र भिडियो)

ओलीलाई मोदीको बधाई

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस