काठमाडौं – नेपाली कांग्रेससँग भएको औपचारिक एवम् अनौपचारिक सम्झौता पालन नभएसम्म एमालेले सरकारमा नजाने जनाएको छ।
प्रधान मन्त्रीमा सुशील कोइरालालाई भोट हाल्ने कांग्रेस इतरका दलका शीर्ष नेताहरुको नेकपा एमाले संसदीय दलको कार्यालय सिंह दरबारमा बसेको वैठकमा एमालेका नेताहरुले यस्तो जानकारी गराएका हुन्।
'कांग्रेसले सहमति तोड्यो। कांग्रेसले आफूलाई नसच्याएसम्म हामी सरकारमा जान्नौ,' एमाले नेता बामदेव गौतमले वैठकपछि भने, 'हाम्रो चाहना दुई तिहाईको सरकार होस् भन्ने थियो त्यो अहिलेलाई नहुने भयो।'
नेपाली कांग्रेससँग एमालेको चिसो बढिरहेको अवस्थामा अन्य दलहरुको वैठकलाई महत्वका साथ हेरिएको छ।
वैठकपछि साना दलतर्फ प्रतिनिधित्व गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई दलले आपसी समझदारीमा कुरो मिलाउनुपर्ने धारणा सान दलले राखेको जानकारी दिए।