काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको बताएका छन्। संविधानसभाको बैठकबाट बुधबार बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको बताएका हुन्।गृह मन्त्रालय आफूलाई दिने पूर्वसहमतिबाट कांग्रेस पछि हटेको भन्दै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहसमेत बहिस्कार गरेको एमालेसँग छिट्टै सहमति हुने पनि कोइरालाले बताए। 'दुई दलका नेता बसेर छिट्टै सबै विषय टुंगोमा पुर्या उँछौं,' कोइरालाले भने, 'एक/दुई दिनमा उहाँ (एमाले) हरू सरकारमा सहभागी हुनुहुन्छ।'
कोइराला सरकारका बिनाविभागीय मन्त्री रामशरण महतले पनि एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको दाबी गरे। 'गृहमन्त्रीमा हाम्रो पनि दाबी हो,' महतले भने, 'एमालेलाई नै दिने सहमति भएको होइन।'
एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेस पूर्वसहमतिबाट पछि हटेको आरोप लगाउँदै सरकार सञ्चालनमा कांग्रेसले सम्मानजनक व्यवहार देखाउनुपर्ने धारणा राखे। 'संविधान निर्माणका लागि कांग्रेस–एमाले मिल्नुको विकल्प छैन,' खनालले भने, 'कांग्रेसले पनि त्यसै किसिमको व्यवहार देखाओस्।'
गृहमन्त्री पदका दाबेदार मानिएका एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेस पूर्वसहमतिबाट पछि हटेकोमा असन्तुष्टि जनाउँदै भने, 'सबै मन्त्रालय कांग्रेसलाई नै दिन एमाले शपथ ग्रहण कार्यक्रममा सहभागी भएन, सबै उसैले लेओस्।'
पूर्वसहमतिअनुसार गृह मन्त्रालय नदिएको भन्दै एमालेले प्रधानमन्त्रीमा कांग्रेस सभापति कोइरालालाई मतदान गरे पनि राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको प्रधानमन्त्रीको शपथ कार्यक्रममा अनुपस्थित रहेको थियो।