काठमाडौं– सरकारले कृषि मन्त्रालय मातहतका ८४ वटा निकायमा बिहीबारदेखि क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गर्ने भएको छ। बडापत्र लागू भएपछि सरकारी सेवाप्रदायकका कारण काम तोकिएको समयभन्दा ढिलो भए समय मूल्यांकन गरी सेवाग्राहीलाई क्षतिपूर्ति उपलब्ध गराइनेछ। यसअघि नौवटा विभाग मातहतका निकायमा यस्तो बडापत्र लागू भएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले बुधबार पशु स्वास्थ्य विभागमा आयोजित कार्यक्रममा क्षतिपूर्तिसहितको नागरिक बडापत्र शुभारम्भ गरेका थिए। बास्कोटाका अनुसार बिहीबारदेखि पशु सेवा विभाग, केन्द्रीय पशु चिकित्सालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला र पाँचवटा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला (मोरङ, जनकपुर, पोखरा, सुर्खेत र धनगढी) तथा ७५ वटा जिल्ला पशु सेवा कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू हुनेछ। हाल नागरिक बडापत्र राखिने ठाउँमै क्षतिपूर्तिसहितको बडापत्र राखिनेछ। बडापत्रमा कुन सेवा लिन कति समय लाग्छ, सम्बन्धित शाखा वा त्यो काम हेर्ने व्यक्ति, लाग्ने दस्तुर र ढिला भए वा काम नभए सेवाग्राहीले पाउने क्षतिपूर्ति उल्लेख गरिएको हुन्छ।
सरकारी व्यवस्थाअनुसार नयाँ बडापत्र लागू भएपछि सेवा लिन तोकिएकोभन्दा बढी समय लागे सेवाग्राहीलाई सम्बन्धित कार्यालयले क्षतिपूर्ति उपलब्ध गराउनेछ। कर्मचारीका कारण ढिलाइ भए कर्मचारीकै तलबभत्ताबाट काटिने गरी क्षतिपूर्ति दिइनेछ। कार्यालय वा व्यवस्थापनका कारण ढिलाइ भए सम्बन्धित कार्यालयले क्षतिपूर्ति उपलब्ध गराउनेछ। अधिकांश सरकारी कार्यालयमा कर्मचारीको लापरबाहीकै कारण सेवाग्राहीले ढिलासुस्ती व्यहोर्नुपरेकाले नयाँ व्यवस्था थालिएको बाँस्कोटाले बताए। 'आफ्नै कारणले सेवाग्राहीलाई सेवा दिन ढिला भएर क्षतिपूर्ति दिनुपर्ने भयो भने कर्मचारीले काम चाँडो गर्छन्,' उनले भने।
यसअघि अध्यागमन, वैदेशिक रोजगार, यातायात व्यवस्था, मालपोत, नापी, खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र मातहत कार्यालय एवं कृषि विभागअन्तर्गतका १ सय ५ कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र जारी भइससकेको छ। प्रधानमन्त्री कार्यालयको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र सम्बन्धित मन्त्रालयका सचिव रहेको चार सदस्यीय टोलीले यस्तो प्रणालीको प्रभाव मूल्यांकन सुरु गरेको छ।