काठमाडौं– सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मत दिने साना राजनीतिक दलले सत्ता बाँडफाँटको विषयमा दुई ठूला दल विभाजित हुँदा संविधान निर्माणमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सत्ता बाँडफाँटमा नेपाली कांग्रेससँग मतभेद भएपछि नेकपा एमालेले साना राजनीतिक दलको समर्थन खोज्दै बुधबार बैठक आयोजना गरेको थियो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी), नेकपा (संयुक्त), राष्ट्रिय जनमोर्चाले कांग्रेस र एमालेलाई मिलेर जान सुझाव दिएका थिए। कोइरालालाई प्रधानमन्त्री बनाउन पक्षमा १८ राजनीतिक दलले मतदान गरेका थिए।
'अलिखित सम्झौता हो। हामी साक्षी थिएनौं। कसले के भन्यो, कसले धोका दियो भन्ने अवस्थामा छैनौं,' नेकपा मालेका महासचिव सिपी मैनालीले नागरिकसँग भने, 'तर यो गठबन्धनलाई तोडेर अर्को बन्ने गठबन्धन प्राकृतिक हुँदैन। संविधान बन्ने सम्भावना न्यून हुन्छ भन्दै सकेसम्म लचिलो भएर मिलेर जाँदा राम्रो हुने बतायौं।'
बैठकमा एमालेबाट अध्यक्ष झलनाथ खनाल, संसदीय दल नेता केपी शर्मा ओली र उपाध्यक्षद्वय वामदेव गौतम तथा विद्या भण्डारी सहभागी थिए। साना दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा, मालेका महासचिव सिपी मैनाली, राजमोका अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका चन्द्रदेव जोशीको सहभागिता थियो।
बैठकमा एमालेका नेताहरूले सत्तामा दोस्रो मर्यादाक्रमसहित उपप्रधान तथा गृह मन्त्रालयसहितका महत्वपूर्ण मन्त्रालय दिने भनेर गरेको प्रतिबद्धताबाट पछाडि हटेर कांग्रेसले धोका दिएको बताएका थिए।
'एमाले नेताहरूले नेपाली कांग्रेसले हेपेर व्यवहार गरेको जनाउँदै पूर्व सहमतिअनुसार शक्तिको बाँडफाँट नगरेसम्म सरकारका सहभागी नहुने भन्नुभएको छ,' माले महासचिव मैनालीले भने, 'कांग्रेस र एमाले मिलेर प्रारम्भिक चरणमा सरकार गठन गर्न र अन्य दललाई पनि त्यसमा सहभागी गराएर संविधान निर्माणलाई पूर्णता दिन हामीले सुझाव दियौं।'
कांग्रेससँग असन्तुष्ट एमालेले मंगलबार प्रधानमन्त्री सुशील कोइरालाको शपथ ग्रहण समारोह बहिष्कार गरेको थियो।