काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टीको साथ लिएर १ बर्ष भित्र संविधान निर्माण गर्ने दिशामा सरकार जानुपर्ने बताएका छन्।प्रधानमन्त्री सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेट्न पुगेका दाहालले सरकारले पूर्णता नपाउँदा जनतामा अविश्वास पैदा हुने भएकोले छिटो सरकारलाई पूर्णता दिन आग्रह गरेका थिए। दाहालले भेटमा १ बर्ष भित्र संविधान जारी गर्नको लागि एमाओवादीले सबै प्रकारको सहयोग गर्ने बताएका थिए।
सरकारको पूर्णताको विवाद चुँलिदै गर्दा दाहाल प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेका हुन्।
उनले दलहरुबीचमा सहमती जुटाएर छिटो भन्दा छिटो संविधान निर्माणको दिशामा सरकारलाई अघि बढाउन कोइरालालाई आग्रह गरेको दाहालको सचिवालयले बताएको छ।
शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सत्यनिरुपण तथा मेलिमलाप आयोग निर्माण गरेर जानु पर्नेमा दाहालले जोड दिएको उनका स्वकिय सचिव चुडामडी खड्काले जानकारी दिए। भेटमा कोइरालाले सरकारलाई एमाओवादीको सहयोग चाहिने बताएका थिए।