काठमाडौं– नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सिंहदरबारस्थित व्यवस्थापिका संसद सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसमक्ष शपथ लिएपछि संसद सचिवालयमा बुधबार पदभार ग्रहण गर्दै सभाध्यक्ष नेम्वाङले अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व लिन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।'अघिल्लो संविधानसभामा धेरै विषयमा सहमति जुटिसकेको छ। त्यसलाई स्वामित्व ग्रहण गर्दै संविधान लेखनमा अघि बढ्नुपर्छ,' पदभारपछि उनले सञ्चारकर्मीलाई भने।
राजनीतिक दलहरूले जनतामाझ व्यक्त गरेको प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान जारी गर्न सक्दो प्रयास गर्ने उनको भनाइ थियो। 'एक वर्Èभित्र संविधान जारी गर्न दलहरू मिल्नुको विकल्प छैन,' उनले भने, 'त्यसका लागि मेरो तर्फबाट सक्दो पहल हुन्छ।'
राष्ट्रपति रामवरण यादवले संविधानसभा अध्यक्ष नेम्वाङलाई शीतल निवासमा बुधबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, कामु प्रधानन्यायाधीश दामोदर शर्मा, विभिन्न राजनीतिक दलका प्रमुख, संवैधानिक निकायका प्रमुख, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका विशिष्ट अधिकृत, कूटनीतिक नियोगका प्रमुख तथा सामाजिक जीवनका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। कार्यक्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेता भने सहभागी भएनन्।
संविधानसभाको मंगलबार बैठकले नेम्वाङलाई सभाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो। नेम्वाङले अघिल्लो संविधानसभाका साथै पुनर्स्थापित संसदमा समेत सभामुखको जिम्मेवारी सम्हालिसकेका छन्।
यसैबीच, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले नवनियुक्त महान्यायाधिवक्ता बाबुराम कुँवरलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति रामवरण यादवको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टै समारोहमा महान्यायाधिवक्ता कुँवरलाई कामु प्रधानन्यायाधीश शर्माले शपथ गराएका हुन्। त्यस अवसरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइरालाका साथै संवैधानिक निकायका प्रमुख सहभागी थिए। सरकारको सिफारिसमा राष्ट्रपति यादवले फागुन ५ गते कुँवरलाई अन्तरिम संविधानको धारा १३४ को उपधारा १ अनुसार महान्यायाधिवक्तमा नियुक्त गरेका थिए।