काठमाडौं– एमालेको नवौं महाधिवेशन वैशाखमा नहुने भएको छ। केन्द्रीय सचिवालयको मंगलबार भएको बैठकले पार्टी महाधिवेशन जेठ ३ बाट ८ गतेसम्म गर्ने प्रस्ताव गरेको छ।केन्द्रीय सचिवालयको प्रस्तावलाई बिहीबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन्। 'अधिवेशनका लागि तीन महिनाको विस्तृत कार्ययोजना तय गरेर अघि बढेको थियौं,' सचिवालयका ती सदस्यले नागरिकसँग भने, 'महाधिवेशन तयारीका लागि आयोजना गर्न लागिएको केन्द्रीय कमिटी बैठक नै एक महिना ढिलो भयो, त्यसैले महाधिवेशन पछि सार्न लागिएको हो।'
प्रस्तावित मिति जेठ ३ गते तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको दिन हो। उक्त दिनलाई एमालेले मदन–आश्रित स्मृति दिवसको रूपमा मनाउँदै आएको छ।
यसअघि स्थायी कमिटीले वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंमा नवौं महाधिवेशनको मिति तय गरेको थियो। महाधिवेशनका बारेमा विस्तृत कार्ययोजना तय गर्न माघ १० गते केन्द्रीय कमिटी बैठक आह्वान गरिएको थियो। तर, उक्त बैठकले संसदीय दलका नेता छनोटसम्बन्धी निर्णय मात्रै लियो। त्यसपछि सरकार गठनसहितको विषयले प्राथमिकता पाएकाले महाधिवेशनको विषय ओझेलमा पर्दै आएको छ।
माघमा भएको स्थायी कमिटी बैठकले राजनीतिक प्रतिवेदन लेख्नका लागि उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा २५ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ। उक्त मस्यौदामाथि चैतको दोस्रो साता बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ। मस्यौदा कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमाथि फरक मत आए त्यसलाई समेत छलफलका लागि तल्लो तहसम्म पुर्याटइनेछ। तल्लो कमिटीमा करिब तीनसाता छलफल गर्ने समय दिइएको छ। वैशाखको दोस्रो साता सबै जिल्लाबाट एकै दिन प्रतिनिधि छनोटका लागि मतदान हुने गरी नयाँ तालिका पनि सचिवालयले तयार पारेको छ।
'अघिल्लो संविधानसभामा धेरै विषयमा सहमति जुटिसकेकाले त्यसलाई स्वामित्व ग्रहण गर्दै संविधान लेखनमा अघि बढ्नुपर्छ'