काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला बिहीबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला ज्योतिषीले जुराएको साइतअनुसार बिहीबार बिहान पौने ११ बजे बालुवाटार सर्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ। 'बिहीबार बिहान १०:४५ मा बालुवाटार सर्ने साइत छ,' निकट स्रोतले भन्यो, 'सरकार विस्तार गरेर बालुवाटार सर्ने योजना हो।'कोइरालाले बुधबार मन्त्रिपरिषद विस्तारसँगै बालुवाटार सर्ने योजना बनाएका थिए। एमालेसँग सहमति जुट्न नसक्दा सरकार विस्तार अझै अन्योलमा छ। प्रधानमन्त्री कोइराला एमालेसँग निर्णायक छलफल गरेर केही दिनभित्रै सरकार विस्तार गर्ने तयारीमा छन्।
एमाले तत्काल सरकारमा सहभागी नभए कोइराला पार्टीका केही नेतालाई मात्र भए पनि सरकारमा सहभागी गराउने आन्तरिक तयारीमा जुटेका छन्। पार्टी केन्द्रीय सदस्य महेश आचार्य, नरहरि आचार्य, नारायण खड्का र पदमनारायण चौधरीलाई सरकारमा सहभागी गराउने पक्षमा प्रधानमन्त्री कोइराला रहेको उनीनिकट स्रोतको दाबी छ।