काठमाडौं– एकीकृत नेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका प्रधानमन्त्री अब्दुल्ला बिन नासिर बिन खालिफा अल थानीसँग भेटवार्ता गर्ने भएका छन्। संविधानसभा अध्यक्षको निर्वाचन भएको भोलिपल्ट पार्टी प्रवक्ता दीनानाथ शर्मा र मुख्य सहयोगी चूडामणि खड्कासहित कतार प्रस्थान गरेका दाहालले बिहान ११ बजे त्यहाँका प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ।'पूर्व प्रधानमन्त्रीको हैसियतमा बिहान ११ बजे कतारका प्रधानमन्त्रीसँग अध्यक्षको भेटवार्ता तय भएको छ, सो अघि बिहान ९ बजे त्यहाँका श्रममन्त्रीसँग आपसी हित र श्रम समस्याबारे छलफल हुनेछ,' अन्तर्राष्ट्रिय विभागका सदस्य युवराज चौलागाइँले भने, 'मुख्यतः नेपाली श्रमिकका बारेमा अध्यक्षले चासो राख्नु हुनेछ।' उनका अनुसार साँझ ५ बजे नेपालीले गठन गरेको सामाजिक संस्थाले आयोजना गर्ने अन्तर्क्रियामा दाहाल सहभागी हनेछन्। उनी शनिबार नेपाल फर्कने कार्यक्रम छ।
अर्को समाचार
दाहालले कतारका प्रधानमन्त्री भेट्ने
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ