काठमाडौं– सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको आयोजक बन्न औपचारिक रुपमा प्रस्ताव गरेको छ। माल्दिभ्समा बिहीबार सकिएको सार्कको ३५औं परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपालले शिखर सम्मेलन काठमाडौंमा गर्ने प्रस्ताव गरेको हो।
'नेपालको शिखर सम्मेलन आयोजना गर्ने प्रस्तावलाई सार्क मन्त्रीस्तरीय बैठकले स्वागत गरेको छ,' परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। सन् २०१४ को नोभेम्बरमा शिखर सम्मेलनका लागि तयारी बैठक हुने पनि विज्ञप्तिमा जनाइएको छ।
सार्क सम्मेलन सदस्यराष्ट्रहरुले अंग्रेजी वर्णानुक्रमअनुसार पालैपालो आयोजना गर्ने अभ्यास छ। १७औं सार्क शिखर सम्मेलन सन् २०११ मा माल्दिभ्सले आयोजना गरेको थियो। नेपालले सन् २०१३ भित्रै सार्क शिखर सम्मेलन गर्नुपर्ने भए पनि राजनीतिक अस्थिरताका कारण गर्न सकेको थिएन।
मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट निमित्त परराष्ट्र सचिव शंकर बैरागी थिए। उनैले बैठकमा शिखर सम्मेलन आयोजना प्रस्ताव गरेका थिए। बैठकमा भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तानका विदेश (परराष्ट्र) मन्त्री उपस्थित भए पनि नेपालमा नयाँ सरकार गठन भई नयाँ मन्त्री नियुक्त हुन नसकेकाले निमित्त सचिवले प्रतिनिधित्व गरेका थिए।
मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै सोमबारको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्रीको अख्तियारी दिँदै वैरागीलाई बैठकमा सहभागी गराउने निर्णय गरेको थियो।
'बैठकमा अर्थ, वाणिज्य, व्यापार, लगानी, गरिबी निवारण, सडक सन्जाल, ऊर्जा, पूर्वाधार विकासलगायत विषयमा छलफल भयो, जसले क्षेत्रीय सहयोग तथा सहकार्य बढाउन मद्दत गर्नेछ,' विज्ञप्तिमा उल्लेख छ। सार्क विदेशमन्त्री स्तरीय बैठकको उद्घाटन माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुमले गरेका थिए।
बैठकको अध्यक्षता माल्दिभ्सकी विदेशमन्त्री दुनया मौमुनले गरेकी थिइन्।
सार्क परराष्ट्रमन्त्री स्तरीय बैठक बस्नुअघि बुधबार सार्क परराष्ट्र सचिव बैठक बसेको थियो। बैठकमा सार्क महासचिवले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो।