प्रक्रियामै विवाद सुरु
०८ फागुन २०७०
•
७ मिनेट पाठ
प्रक्रियामै विवाद सुरु
काठमाडौं- संविधानसभा सञ्चालन तथा निर्माण सहजताका लागि गठन गर्ने भनिएका समिति कति संख्यामा रहने भन्नेबारे सहमति हुन नसक्दा संविधानसभा नियमावली मस्यौदा अझै टुंगोमा पुग्न सकेको छैन।बिहीबार संविधानसभा सचिवालयले प्रस्तुत गरेको मस्यौदामा संवैधानिक समितिको व्यवस्था खारेज गरी पाँचवटा मात्र समिति बनाउने प्रस्ताव गरेको र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनबारे कुनै विषय उल्लेख नगरेको भन्दै सभासदहरुले असहमति जनाएपछि मस्यौदा परिमार्जनका लागि पुनः सचिवालयमा फर्काइएको छ। 
अघिल्लो संविधानसभाका १० वटा समितिको सट्टा यसपटक सचिवालयले राजनीतिक संवाद समिति, अभिलेख निर्धारण समिति, विवाद समाधान समिति र संविधान मस्यौदा समिति गरी चारवटा विषयगत तथा प्रक्रियागत समितिका रुपमा जनमत संकलन समितिलाई मात्र राखेर पाँचवटा समिति प्रस्तावित गरेको थियो। 
संविधानसभाभित्रको मूल समिति मानिने संवैधानिक समितिको परिकल्पना नै सचिवालयको प्रस्तावमा गरिएको थिएन। समितिका संयोजक लक्ष्मणलाल कर्णले दलहरुको सुझावका आधारमा शुक्रबार सचिवालयले परिमार्जित मस्यौदा ल्याउने भएको छ। 'संविधानसभा सचिवालयलाई मस्यौदाको नमुना तयार पार्न निर्देशन दिइएको थियो, जुन मस्यौदामा राजनीतिक दलहरुले असहमति प्रकट गरेका छन्,' संयोजक कर्णले नागरिकसँग भने, 'राजनीतिक दलको सुझावअनुसार पुनः परिवर्तन गरी ल्याउन सचिवालयलाई बिहीबार नै निर्देशन दिइएको छ।' उनका अनुसार सचिवालयले तयार पारेको परिमार्जित सो मस्यौदाबारे शुक्रबार ३ बजेबाट छलफल सुरु हुनेछ।
अघिल्लो संविधानसभामा विषयगत १०, प्रक्रियागत ३ र संवैधानिक गरी १४ समिति क्रियाशील भए पनि दोस्रो संविधानसभाका लागि पाँचवटा मात्रै समितिमा सीमित गर्ने प्रस्ताव ल्याइएको हो। 'सचिवालयले जसरी संवैधानिक समितिको परिकल्पना नै नगरी संविधान नियमावलीको मस्यौदा छलफलका लागि प्रस्तुत गर्योच, त्यसमा दलहरुले असहमति प्रकट गरेका छन्,' समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नागरिकसँग भने, 'नयाँ संविधान निर्माण गर्न संवैधानिक समिति बनाउने विश्वभर अभ्यास छ, यसलाई किन हटाउने काम गरियो भन्ने प्रश्न उठेको छ।' 
उनका अनुसार समिति कति संख्यामा बनाउने भन्नेबारे अझै राजनीतिक दल र सचिवालयबीच एकरुपता हुन सकेको छैन। 
सचिवालयले अघिल्लो संविधानसभा रहेको संवैधानिक समितिको कार्यभार सम्हाल्ने गरी 'राजनीतिक संवाद समिति' को अवधारणा प्रस्ताव गरेको थियो। सो समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता तथा संसदीय दलका नेता सदस्यका रुपमा रहने व्यवस्था छ। यसमा राजनीतिक दलहरुले सहमति जनाउन सकेका छैनन्। 
विवाद समाधान समिति भने राजनीतिक दलका दोस्रो तहका नेता सहभागी रहनेगरी समिति प्रस्ताव गरिएको थियो। मस्यौदा निमार्ण गर्नु अघि टुंगोमा पुर्यातउनु अघिको काम सो समितिले गर्ने उल्लेख गरिएको स्रोतले बतायो। 
त्यसैगरी, सचिवालयले अघिल्लो संविधानसभामा जुटेका सहमतिलाई संस्थागत गर्नका लागि अभिलेख समितिको प्रस्ताव छ। सोही समितिमार्फत अघिल्लो संविधानसभाको स्वामित्व ग्रहणलाई प्रवेश गराउने कार्यक्रम निर्माण गरिएको थियो। चौथो समितिको रुपमा संविधान मस्यौदा समिति प्रस्तावमा आएको थियो, जुन समितिले नयाँ संविधानको मस्यौदा निर्माण गर्ने प्रस्ताव थियो।
यता, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमबारे नियमावली मौन बसेको भन्दै संविधानसभा दोस्रो ठूलो दल एमालेले आपत्ति जनाएको छ। 'राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे नियमावली मौन बसेको भन्दै एमालेले असहमति प्रकट गरेको छ,' संघीय लोकतान्त्रिक मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीले भनिन, 'त्यसैगरी, साना दलले अघि सारेका माग पनि नियमावलीमा सम्बोधन भएर नआएपछि मस्यौदा पुनः सचिवालयमा फर्केको हो।'
उनका अनुसार नयाँ संविधान निमार्णमा विवेकको मत प्रयोग गर्न पाउनुपर्ने तथा राजनीतिक दलले ह्विप लगाउन नपाउने व्यवस्था गर्नुपर्ने, ककस निर्माण गर्न पाउनुपर्ने, संविधानसभाभित्रका पदाधिकारीको परिभाषा उल्लेख गर्नुपर्नेजस्ता विषयलाई नियमावलीले समेट्नुपर्ने भन्दै फरक मत दर्ज गराइएको छ।
'हिजो क्रियाशील समिति र व्यवस्था यथावत राख्नुपर्ने तथा सानो संख्यामा समिति बनाएर जानुपर्ने दुवैखाले धारणा आएका छन्,' संयोजक कर्णले नागरिकसँग भने, 'यी सबै धारणाबारे शुक्रबारदेखि छलफल सुरु गरेर निर्णयमा लिइनेछ।' 
उनका अनुसार संविधानसभाको 'बिजनेस' प्रभावित नगर्ने गरी समितिले काम अघि बढाउनेछ। समितिको म्याद फागुन १० गते सकिँदैछ।


अर्को समाचार
प्रसूतिको 'टेस्ट ट्युब बेबी' अलपत्र
१४ फागुन २०६८
•
२ मिनेट पाठ
प्रसूतिको 'टेस्ट ट्युब बेबी' अलपत्र
पवित्रा सुनार, काठमाडौं, फागुन १५- प्रसूति गृह अस्पतालमा उट्घाटन भएको टेस्ट ट्युब बेबी सेवा ६ महिना बितिसक्दा पनि सञ्चालन भएको छैन।
गत आर्थिक वर्षमै सुरु गर्ने घोषणा गरिएको टेस्ट ट्युब बेबी सेवा उपकरण खरिद प्रक्रियामै विवाद छ।




सेवा तयारी भएको भन्दै गत भदौमा उद्घाटन गरिएको थियो। सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण जुटाउने तयारी नपुगेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार एनेस्थेसिया मेसिन, डोक्लार अल्ट्रा साउन्ड, ब्यायलर मेसिन, अपे्रसन थिएटर टेबल र जनशक्तिलाई तालिम दिने तयारी पुगेको छैन।
'सबै तयारी गर्दा ढिलाइ भइरहेको छ,' अस्पताल निर्देशक डा. शीला बर्माले भनिन्, 'भारतीय विज्ञ झिकाउने तयारीमा छौं।'
समयमै सेवा सञ्चालन नभएपछि सेवा लिन आएका निःसन्तान दम्पतीको पर्खाइको चाप बढेको अस्पतालको निःसन्तान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सेवा लिन आउनेको नाम दर्ता गर्दै राखिएको छ। 'बिरामीले कहिले सुरु हुन्छ भनेर सोध्छन्,' अस्पतालको निःसन्तान विभागकी प्रमुख डा. केशरी बज्राचार्यले भनिन्, 'हामीले निश्चित जवाफ दिन सकेका छैनौं।'
डा. बर्माका अनुसार एक साताअघि दुई चिकित्सक र दुई नर्स भारतको ग्वालियर अस्पतालमा टेस्ट ट्युब बेबी सेवा अवलोकन तालिममा सहभागी भएर फर्किसकेका छन्। दुई साताभित्र सोही अस्पतालबाट विज्ञ झिकाएपछि छिट्टै सेवा सुरु हुने उनले बताइन्।
निःसन्तान सेवा केन्द्र प्रमुख डा. बज्राचार्यले भारतमा तीनवटा टेस्ट ट्युब बेबी सेवा अवलोकन गरी फर्किएको र विज्ञको सहयोगमा छिट्टै सञ्चालन हुने बताइन्। 'विज्ञ आए छिट्टै सुरु हुन्छ,' उनले नागरिकसँग भनिन्।
तयारीका लागि ग्वालियर अस्पतालका विज्ञ उट्घाटनलगत्तै भारत फर्किएका थिए। ग्वालियर अस्पतालले जनशक्तिलाई आवश्यक तालिम दिँदै जाने जनाएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस