दबाबमा देउवा: सजिलो छैन नेतृत्वमा दोहोरिन
१० असार २०७८
•
६ मिनेट पाठ
दबाबमा देउवा: सजिलो छैन नेतृत्वमा दोहोरिन
‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन्। पपुलर भोटमा कांग्रेस पहिलो पार्टी भए पनि प्रत्यक्षतर्फ प्राविधिक कारणले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको दोहोर्‍याउँदै पहिलो पार्टी बनाएर मात्र राजनीतिबाट विश्राम लिने चाहना देउवाले प्रकट गरेका छन्।  




देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्‍याएको छ। तर, निकटहरूले देउवालाई सभापतिको उम्मेदवार बन्न अर्को सर्त अघि सार्दै भनेका छन्, ‘विमलेन्द्र निधिको कुरा के हो ? उहाँलाई समेटेर अघि बढ्नुहोला नत्र अप्ठेरो पर्छ।’ पार्टी उपसभापतिको जिम्मेवारीमा रहेका निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन्। देउवाले भन्ने निकटहरूसँग भन्दै आएका छन्, ‘ऊ (निधि) पनि लड्छ, म पनि सभापतिमा लड्छु, केही फरक पर्दैन।’

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरूको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ। आफ्नो समूहबाट सर्वसम्मतिले १४औं महाधिवेशनमा नेतृत्वको प्रत्यासी बन्ने देउवाको चाहनालाई निधिले खण्डित गरिदिएका छन्। देउवाले पूर्वसहमति पालना नगरेको भन्दै आफू पनि पार्टी नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै निधिले भेटघाटलाई तीव्र बनाएका छन्। उनी पार्टी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित युवा केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफलमा जुटेका छन्। निधिको सक्रियतासँगै देउवानिकट नेताहरूले भन्न थालेका छन्, ‘उहाँ (निधि) आफैं सभापति बन्न मत पु¥याउनुहुन्छ कि हुन्न थाहा छैन तर देउवालाई हराउने सामथ्र्य भने राख्न सक्नुहुन्छ।’

तर सभापति देउवा र उनीनिकट केही नेता भने उपसभापति निधिले टिममा अझै विद्रोह गर्ने सम्भावना नरहेको र गरिहाल्दा पनि आफूहरूका लागि १४औं महाधिवेशन १३औं भन्दा अनुकूल हुने बुझाइमा छन्। संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा एउटै मात्र उम्मेदवार बन्ने सम्भावना नरहेको बताउँदै एकभन्दा बढी उम्मेदवार हुँदाको लाभ आफ्नो पक्षलाई स्वाभाविक हुने विश्लेषण छ। नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला नेतृत्वको प्रतिस्पर्धामा रहेको बताउँदै देउवानिकट ती नेताले भने, ‘गुटहरूको महासंघजस्तो उक्त समूहले सभापतिदेखिको टिम तत्काल बनाउन सक्ने पनि देखिँदैन। त्यहाँ गएर निधि दाइको भूमिका के हुन्छ र ?’

१३औं महाधिवेशनपछि पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छदार, सुनिल थापासहितको समूह आफूहरूसँगै रहने बुझाइमा रहेको देउवा पक्ष पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि समेटेर अघि बढ्ने रणनीतिमा देखिन्छ। नेता रामचन्द्र पौडेललाई सभापतिमा अस्वीकार गर्दै सिटौलाले १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। 

तत्कालीन संस्थापन पक्षबाट सिटौलाको विद्रोहले नै देउवालाई कांग्रेस नेतृत्वमा पु¥याउन सहयोगी बनेको थियो। अहिले पनि देउवा र सिटौला सम्बन्ध सुमधुर रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘निधिसहितका नेताहरू सम्भाव्य विद्रोहलाई सिटौला पक्षको सहयोगले भरथेग गर्छ। गच्छदार र थापा समूहको सहयोगले नेतृत्वमा पुग्न सहयोगी बन्छ।’ सिटौलानिकट केही केन्द्रीय सदस्यहरू देउवाले बोलाएको बैठकमा सहभागी भए पनि १४औं महाधिवेशनमा उक्त समूहको भूमिका कस्तो हुन्छ, स्पष्ट छैन।  

१३औं महाधिवेशनमा पार्टीभित्रको प्रतिपक्षीमा रहेका देउवा १४औं महाधिवेशन आफैंले गराउँदा त्यसको लाभ पनि उठाउन सकिने विश्लेषण छ। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यताको टुंगो लाग्नै बाँकी रहेका बेला आफैं नेतृत्वमा अघि सर्ने देउवाको घोषणाले उक्त कार्य पनि प्रभावित हुन सक्ने इतर पक्षको आशंका छ। छोटो समयमा छानबिनको काम सक्नुपर्ने दबाबमा सदस्यता छानबिन समिति रहेको र अहिले शतप्रतिशत सदस्यता थप भएको छ।  

गत वर्ष विभागहरू गठन र विस्तार गर्दा इतर समूहले सभापति देउवा नेतृत्वमा पुनः दोहोरिने उद्देश्यले पार्टी कब्जाको रणनीति लिएको भन्दै नेता पौडेल, महामन्त्री कोइरालासहितले विरोध गर्दै आएका छन्। त्यसले पनि सदस्यताको विषय निकै पेचिलो बन्न सक्ने देखिन्छ। सदस्यता टुंगो लाग्न सकेन भने पछिल्लोपटक तोकिएको भदौ १६ देखि १९ गते पनि महाधिवेशन कठिन हुनेछ।  

त्यस्तै राष्ट्रिय राजनीति पनि देउवाको वरिपरि घुमिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा आफैं प्रधानमन्त्री बन्ने सम्भावना पनि उनको छ। पार्टी मात्र होइन, राज्यसत्तामा बसेर महाधिवेशन गराउँदा नेतृत्व दौड देउवाका लागि सहज हुने निकटहरूको विश्लेषण छ। महाधिवेशन नगराउन खोजेको आरोप खेपेका सभापति देउवाले नेतृत्वका लागि ‘एग्रेसिभ’ तयारी थालेपछि संस्थापन इतर पक्ष नै महाधिवेशनको विपक्षमा उभिन सक्ने बताउँदै ती नेताले भने, ‘अब देउवा प्रधानमन्त्री पनि बन्छ। सबै उसको अनुकूल हुन्छ भनेर महाधिवेशन गराएन भन्नेहरू नै कोरोना र बाढीपहिरोका बेला कसरी महाधिवेशन गर्ने कुनै उपाय खोजौं भन्न पनि सक्नुहुन्छ। तर, अब महाधिवेशन रोकिँदैन। हाम्रा लागि अहिले अनुकूल छ।’

तर, कांग्रेसभित्रैबाट नेतृत्व हस्तान्तरणको आवाज उठ्नुका साथै पार्टीभित्र देउवाविरोधी जनमत निर्माण हुँदै गएको छ। र, जनतामा पनि सोहीअनुसार धारणा बन्दै गएको भन्दै उपसभापति निधिले नेतृत्वका लागि थालेको प्रयासबाट संस्थापन इतर समूह भने उत्साहित छन्। निधि देउवाको सबैभन्दा ठूलो भरथेग रहेको बताउँदै संस्थापन इतर समूहका ती नेताले भने, ‘शेरबहादुरजीलाई उहाँको टिमभित्र मात्र होइन, नेतृत्वका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल छैन।’

राजनीति देखेको जस्तो मात्र नहुने र नभएको दाबी गर्दै ती नेताले थपे, ‘सिटिङ सभापतिले नेतृत्व प्रतिस्पर्धामा हार्दा देउवालाई मात्र होइन, कांग्रेसलाई पनि नोक्सान पुग्छ। उनले आफू अनुकूल व्यक्तिलाई नेतृत्व हस्तान्तरण गरेर आफ्नो स्थान सुरक्षित गरे राजनीतिक उचाइ बढ्छ।’ आफू हुनुभन्दा देउवालाई हराउन अन्य नेताहरू एक ठाउँमा उभिन सक्ने सम्भावना टरिनसकेको बताउँदै विजयकुमार गच्छदार, सुनिल थापासहितले अहिले समर्थन जनाए पनि परिस्थिति फेरिन सक्ने संस्थापन इतरको बुझाइ छ।  

निधिसँगै देउवा समूहमा रहेका धेरै नेता बाहिरिने विश्लेषण गर्दै इतर पक्षले प्रतिनिधिसभा क्षेत्रको अधिवेशनपछि मात्र त्यसको प्रभाव देखिने बताए। १३औं महाधिवेशन निधि, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महतसहितका संस्थापन इतरका नेता देउवालाई जसरी हुन्छ सभापति जिताउन लागेका थिए। तर १४औं महाधिवेशनमा आफैं नेतृत्वको कसरतमा जुटेका छन्। त्यति मात्र होइन, पार्टीको संशोधित विधानले सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। ‘अन्य उम्मेदवारजस्तो उहाँ आफैं तयारीमा खट्न सक्ने देखिँदैन। कसलाई के गर्ने के भन्ने थाहा भएका नेताहरू कोही लाखापाखा लाग्ने कोही आफै पदाधिकारी उम्मेदवार बन्नेछन्,’ निकटहरू भन्छन्, ‘तयारीका हिसाबले अघिल्लोपटक भन्दा केही चुनौती छ।’

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह पार्टीको नयाँ नेतृत्व चयनका विषयमा निरन्तर छलफलमा जुटेका छन्। शुक्रबार महामन्त्रीको निवासमा तीन नेता फेरि बस्ने तय भएको जानकारी दिँदै ती नेताले भने, ‘अहिले नै पदका विषयमा छलफल प्रवेश भएको छैन। तर परिस्थितिले उहाँहरू त्यो चरणमा पुग्ने भयो भने आश्चर्य मान्ने अवस्था छैन।’ तीन नेता एक ठाउँमा उभिए संस्थापन इतरका अन्य नेताहरू स्वाभाविक रूपमा सहमतिमा पुग्ने विश्लेषण गर्दै उनले भने, ‘यो त्यति सहज कुरा त होइन तर असम्भव पनि छैन।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस