काठमाडौं- संविधानसभा नियमावली मस्यौदा समितिले ‘फास्ट ट्र्याक'बाट संविधान निर्माण गर्ने प्रस्ताव ल्याए पनि त्यसको टुंगो लाग्न सकेको छैन।
एक वर्षभित्रै संविधान निर्माण हुने गरी ‘फास्ट ट्र्याक' प्रक्रियामा सहमति जुटाउन समितिको समयावधि एकसाता थप भएको छ। अबको एक सातामा संविधानसभाको नियमावलीलाई अन्तिम रूप दिइने समिति संयोजक लक्ष्मणलाल कर्णले बताए।अघिल्लो संविधानसभाको तुलनामा यसपटक समिति घटाउने प्रस्तावित नियमावलीमा छ। अघिल्लो संविधानसभामा १० विषयगत समितिसहित एक संवैधानिक समिति र तीनवटा प्रक्रियागत समिति थिए। यसपटक समिति संख्यालाई घटाएर पाँचवटामा सीमित राख्ने प्रस्ताव गरिएको समितिका सदस्य कर्ण बहादुर थापाले बताए।
प्रस्तावित पाँच समितिमा अभिलेख निर्धारण तथा निर्क्योल समिति, संविधान मस्यौदा समिति, संवैधानिक तथा राजनीतिक संवाद समिति, क्षमता अभिवृद्धि समिति र जनमत संकलन तथा नागरिक सम्बन्ध समिति छन्।
समितिले व्यवस्थापिका संसदको समितिलाई भने अन्तिम रूप दिई पारित गरेको छ। यसअघि व्यवस्थापिका संसदमा सातवटा विषयगत समिति थिए भने यसपटक समितिको संख्या ११ पुर्याइएको छ।
व्यवस्थापिका संसदअन्तर्गत अर्थ र श्रम, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुन, न्याय तथा मानवअधिकार समिति, उद्योग, वाणिज्य तथा उपभोक्ता समिति रहनेछन्। त्यस्तै, व्यवस्थापिका संसदका अन्य समितिमा कृषि तथा जलस्रोत, विकास, महिला तथा बालबालिका, राज्य व्यवस्था, वातावरण संरक्षण, लेखाका साथै भ्रष्टाचार, अनुगमन र सुशासन समिति छन्। व्यवस्थापिका संसदभित्र विशेष समितिअन्तर्गत सुरक्षा र संसदीय सुनुवाइ गरी अलग्गै २ समिति पनि हुनेछन्।