काठमाडौं– नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन विस्तार सुरु गर्ने भएको छ। संविधानसभा निर्वाचनमा जनताले दिएको विश्वास गुम्न नदिन स्थानीय निकाय निर्वाचनमा उठ्न सक्ने मुद्दा र स्थानीय जनताका माग सम्बोधनका बारेमा कांग्रेसले वडा तहसम्म प्रशिक्षण दिने तयारी पनि गरेको छ। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मधेसका सवाल विषयमा तराई–मधेस क्षेत्रका केन्द्रीय सदस्य, सभासद, जिल्ला तहका नेता र विज्ञलाई राखेर अन्तर्क्रिया सुरु गरेको छ। संविधानसभा निर्वाचनअघिको प्रशिक्षण अभियान तथा पार्टीका कार्यकर्ताका लागि तयार प्रशिक्षण सहयोगी पुस्तिकाजस्तै प्रकाशनलगायतका काम थाल्न प्रतिष्ठानले पूर्व तयारी स्वरूप छलफल सुरु गरेको हो।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मधेस, लोकतन्त्र र कांग्रेस एकअर्काको पर्याय रहेको जनाउँदै मधेसमा विद्यमान शोषण, उत्पीडन र विभेदका समस्यालाई सम्बोधन गरी आर्थिक, सामाजिक तथा सांस्कृतिकसहित समग्र विकासको बाटोमा पार्टी अघि बढ्ने बताए। 'मधेसको चित्त दुखेको छ,' पौडेलले भने, 'कांग्रेस र मधेसको पुरानो सम्बन्ध मजबुत बनाउँछौं।'
पौडेलले स्थानीय निकायको निर्वाचनमा उठ्न सक्ने जनताका माग सम्बोधन गर्न घोषणापत्रको आधारमा कार्यक्रम तयार गरेर विभागले काम थाल्ने पनि जानकारी दिए।