ओलीको ६३औं जन्मदिन अस्पतालको शैयामा
११ फागुन २०७०
•
७ मिनेट पाठ
ओलीको ६३औं जन्मदिन अस्पतालको शैयामा
काठमाडौं- एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार आफ्नो ६३ औं जन्मदिन अस्पतालमा मनाए। भेट्न आउनेहरूले ल्याइदिएको लड्डु र फलफूल बाँडेर शुभकामना आदानप्रदान गरे। हात सुन्निएर युरिक एसिडको शंकामा शुक्रबार धापासीस्थित ग्रा्यन्डी अस्पताल भर्ना हुँदा एमाले सरकारमा जाने कि नजाने विवादले राजनीतिक माहोल तातेको थियो। त्यही सेरोफेरोमा आइतबार अस्पतालको बेडबाटै उनले कांग्रेस–एमाले नेताहरूसँग महत्वपूर्ण भेटघाट गरे।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका ओली यसपालि अस्पताल भर्ना हुनुपर्ने कारण भने 'राजनीतिक व्यवस्तता'सँग जोडिएको छ। संविधानसभा निर्वाचन अघिदेखि नै व्यस्त रहेका ओलीले नियमित रूपमा गराउनुपर्ने स्वास्थ्य परीक्षण बिराएकाले 'समयमै रोग पहिचान हुन नसकेर अस्पतालै भर्ना गर्नुपर्ने अवस्था आएको' उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। 
डेढ महिनाअघि नै दायाँ हात सुन्निन थाले पनि उनले राम्रो उपचार नगराई युरिक एसिडको शंकामा औषधि खाइरहेका थिए। सुन्निने क्रम नरोकिएपछि अस्पताल भर्ना भएका हुन्। उपचार क्रममा युरिक एसिड मात्रै समस्या नरहेको पाइएको छ। 'स्यालुलाइटिस भनिने छालाको संक्रमण र पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर हात सुन्निएको रहेछ,' ग्रा्यन्डीका कार्यकारी निर्देशक डा. चक्रराज पाण्डेले आइतबार नागरिकसँग भने, 'दुई दिनको उपचारले सुधार भएको छ, हि इज ह्याप्पी।'
सात वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता उनले नियमित रूपमा अपोलो गएर स्वास्थ्य परीक्षण गराउँदै आएका थिए। संविधानसभा चुनावको चटारोले त्यो नियमितता टुटेको छ। पछिल्लोचोटि हात सुन्निँदा पनि विस्तृत परीक्षण नगराई युरिक एसिडकै औषधिको भर पर्दा समस्या बल्भि्कँदै गएको डाक्टरहरूको राय छ।
अस्पताल भर्ना हुँदा उनको रगतमा चिनीको मात्रा पाँच सय नाघेको थियो। हेमोग्लोबिन एकदमै कम भइसकेको थियो। पायल्सका कारण दिशाबाट रगत खेर जानु र समयमा खाना नखाँदा हेमोग्लोबिन तल झरेको उपचारमा संलग्न मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिव्यासिंह शाहले जानकारी दिइन्।
मिर्गौला प्रत्यारोपणपछि सेवन गरिरहेका विभिन्न औषधि (शरीरलाई शक्ति दिने स्टोरोयडसहित) का कारण हातमा 'फंगल्स इन्फेक्सन' भई यी समस्या आएको उनको भनाइ छ। 'फंगल्स इन्फेक्सनकै कारण सुगर अनियन्त्रित बनेको हो र सुगरकै कारण हात सुन्निएको हो,' डा. शाहले भनिन्। उनका अनुसार सुगर घटाउन इन्सुलिन दिइएको छ भने संक्रमण रोक्न एन्टिबायोटिक्स चलाइएको छ। 'हेमोग्लोबिन बढाउने औषधि पनि दिइरहेका छौं,' उनले भनिन्, 'यही गतिमा सुधार भए २–३ दिनमै डिस्चार्ज गर्न सकिन्छ।'
ओलीले सुगर र उच्चरक्तचापको औषधिसमेत नियमित खाँदै आएका थिए। डाक्टरहरूले उनलाई मिर्गौला प्रत्यारोपणका कारण देखिने मधुमेह (न्युनो अनसेन्ट आफ्टर ट्रान्सप्लान्ट) को स्थायी समस्या भएको बताएका छन्। अस्पतालको अतिविशिष्ट कक्षमा उपचारत ओलीलाई एकैचोटि धेरैजनासँग भेट्नबाट परहेज राख्न लगाइएको छ। राष्ट्रिय महत्वको विषयमा निर्णय गर्नुपर्ने भएकाले मात्रै आइतबार अस्पतालमै छलफल गर्न अनुमति दिइएको डा.पाण्डेले बताए। 
'उहाँले व्यस्तताका कारण आफ्नो स्वास्थ्य विचार गर्न नभ्याउनुभएको हो कि जस्तो लाग्छ,' उनले भने, 'मिर्गौलाको अवस्था एकदम ठिक छ, सुगरको मात्रा पनि सामान्य भइसक्यो, आत्तिनुपर्ने केही छैन।' 
डाक्टरहरूका अनुसार मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि सेवनसँगै नियमित जाँच पनि गराउनुपर्छ। अघिल्लोचोटि परीक्षणका लागि दिल्ली जानुपर्ने समयमा संविधानसभा चुनाव परेकाले जान भ्याएनन्। मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउनसक्छ। प्रत्यारोपणपछि संक्रमणको जोखिम पनि बढी हुन्छ। त्यही भएर धेरै मानिसको 'सम्पर्कमा नआउनू' भनी डाक्टरहरू सल्लाह दिन्छन्। ओलीलाई यसअघि २०६९ कात्तिकमा अमेरिका भ्रमण बेला ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको थियो। पछि नेपाल ल्याएर नर्भिक अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनमा फोक्सोमा संक्रमणका कारण निमोनिया देखिएको थियो। 

ओलीले लामो समय जेल बस्ने क्रममा बारम्बार दोहोरिने पेट दुखाइ कम गर्न अत्यधिक 'पेन किलर' खाँदा मिर्गौला फेल भएको हुनसक्ने बताएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस