पाँचथर- एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले नयाँ संविधान जारी गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन्। कार्यकर्ता प्रशिक्षणका क्रममा पाँचथर आइपुगेका पुनले आइतबार सञ्चारकर्मीसँग तत्काल स्थानीय निर्वाचन गरिए संविधान निर्माण प्रक्रिया अवरुद्ध हुने बताए।'दलहरूको ध्यान संविधान निर्माणमा नभई चुनावमा केन्द्रित बन्छ,' उनले भने, 'त्यसले संविधान निर्माण प्रक्रिया नै बिथोलिन्छ।'
कांग्रेस र एमालेले स्थानीय निकाय कब्जा गर्ने रणनीतिअनुरूप गृह मन्त्रालयमा लडाइँ गरेको उनको टिप्पणी थियो। 'सरकारलाई तत्काल पूर्णता दिनुपर्छ, सत्ता समीकरणमा सहमति गरेका कांग्रेस र एमालेले स–साना कुरामा अल्भि्कनु हुँदैन,' उनले भने, 'रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार छौं।' कांग्रेस र एमाले सत्ता, शक्ति र पैसाको ध्याउन्नमा लाग्न खोजेको आरोप उनको थियो।
अघिल्लो संविधानसभामा भएका निर्णयको स्वामित्व ग्रहण गर्दै अघि बढे निर्धारित समयमा संविधान निर्माण हुने पुनको दाबी थियो। पहिचान र सामर्थ्यका आधारमा राज्य पुनर्संरचना गर्न दलहरूबीच सहमति भइसकेको उनको भनाइ थियो।