काठमाडौं– संविधानसभा नियमावली मस्यौदा समितिले संविधानसभा नियमावलीका लागि प्रस्ताव गरिएका विषयमध्ये १० बुँदामाथिको छलफललाई अन्तिम रूप दिएको छ। समितिको आइतबार बैठकमा संविधानसभा रहने प्रक्रियागत र विषयगत समिति कति बनाउने भन्ने विषयमा छलफल भएको थियो। मस्यौदाका लागि प्रस्ताव गरिएको प्रतिवेदनमा त्यस्ता समितिको संख्या छ वटा कायम राख्नु उपयुक्त हुने उल्लेख छ। बैठक समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा भएको थियो।
समितिको शनिबार बैठकले संविधानसभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली २०७० को मस्यौैदालाई परिमार्जनसहित सर्वसम्मत पारित गरेको थियो।
समितिको शनिबार बैठकले संविधानसभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली २०७० को मस्यौैदालाई परिमार्जनसहित सर्वसम्मत पारित गरेको थियो।