काठमाडौं– नेकपा एमालेका सभासद तथा मनमोहन मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेले टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनलाई 'नाटक'को संज्ञा दिँदै नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिए आमरण अनशन बस्ने बताएका छन्।'सम्बन्धन नदिन माग गर्दै आमरण अनशनको नाटकसमेत गरेको देखियो,' उनले सोमबार संसद बैठकमा कड्किँदै भने, 'मेडिकल कलेजलाई सम्बन्धन नदिए म संसद भवनअगाडि आमरण अनशन बस्छु।'
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन राकेश श्रीवास्तवलाई हटाएर आफ्नो पुनर्बहालीको माग राख्दै पूर्वडिन डा. शशि शर्माले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले 'तत्काल अन्तरिम आदेश जारी गर्न' अस्वीकार गरेको भोलिपल्ट पाण्डेले संसदमा उक्त विषय उठाएका हुन्। केसीको अनसनका कारण सरकारले शर्मालाई बर्खास्त गर्नुपरेको थियो।
मनमोहन मेमोरियल मेडिकल कलजेका सञ्चालक समिति अध्यक्ष पाण्डेले सम्बन्धन रोक्ने निर्णय हटाउन सदनले सरकारको ध्यानाकर्षण गराउनुपर्ने माग गरेका थिए। निजी क्षेत्रले करोडौं खर्च गरेर पूर्वाधार बनाइसकेपछि सरकारकै अर्को निकायले सम्बन्धन रोक्नु जायज नभएको उनको भनाइ थियो।